English

यस्ता हुन्छन् निमोनियाका लक्षण, कसरी बच्ने ?



डा.निरज बम, छाती रोग विशेषज्ञ

निमोनिया भन्नाले कुनै जिवाणुबाट फोक्सोमा हुने संक्रमणलाई बुझिन्छ । कुनै भाइरस, ढुसी, भ्याक्टेरिया र विभिन्न रसायनको कारणले निमोनिया हुने गर्दछ । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, दीर्घरोगी, दम, सुगर, क्यान्सर, कलेजो र मिर्गौला प्रत्यारोपण गरेका, वृद्धा र ७ वर्ष मुनिका बालबालिका निमोनियाको जोखिममा रहन्छन् । अहिले अधिकांश कोरोना संक्रमितमा निमोनियाको समस्या देखिएको छ ।

जसले गर्दा आईसियु वा भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने अवस्था छ । यस्तो अवस्थामा निमोनिया कसरी हुन्छ ? यसबाट कसरी बच्न सकिन्छ ? यसका लक्षण के हुन् भन्ने बारे वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमको सुझाव यस्तो छ ।

निमोनियाका लक्षण

– खोकी लाग्ने

– खकारमा रगत देखापर्ने ।

– श्वास फेर्न गाह्रो हुने

– टाउको दुख्ने

– छाती दुख्ने

– शरीर कमजोर हुने

– भोक नलाग्ने

– खानामा नरुच्ने

– पखला लाग्ने

– ज्वरो आउने

कसरी जोगिने ?

– कोरोना र निमोनियाको लक्षण करिव मिल्दो जुल्दो छ जसकारण केही समस्या देखिएमा तुरुन्तै उपचार गर्ने तर्फ ध्यान दिने ।

– श्वास फेर्न गह्रो हुने र अक्सिजनको लेबल घट्ने समस्या देखिएमा निमोनिया जाँच गराउने । निमोनिया देखिएमा अनिवार्य पीसीआर जाँच गराउनु पर्छ ।

– कोभिड र निमोनियासँगै देखा परेका व्यक्तिलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्छ ।

– चिकित्सकको सल्लाहमामात्र औषधि सेवन गर्ने ।

– दीर्घरोगीहरुले निमोनियाको खोप लगाउने ।

– नियमित मास्कको प्रयोग गर्ने ।

– वातावरणमा भएको धुवाँ धुलोबाट बच्ने ।

यो पनि पढ्नुहोस्
नयाँ भेरियन्टबारे विज्ञको यस्तो सुझाव
डा. भोला रिजालको नजरमा पढ्नै पर्ने ५ पुस्तक
‘अब पनि हेलचेक्रयाइँ गरे अर्को महामारीले सताउँछ’
संक्रमित वा संक्रमणमुक्त भएकाले कोरोना खोप कहिले लगाउने ?
मुटुका बिरामी घरमै कसरी सुरक्षित रहने ?
आत्मानुशासन नै कोरोनाको औषधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested