English

कोभिसिल्डको दोस्रो डोज अन्योलमा, पहिलो डोज लगाएका कतिको सुरक्षित ?



नेपालमा यतिबेला कोभिड–१९ विरुद्धको खोप ‘भेरोसिल’को दोस्रो मात्रा लगाईंदै छ । तर, कोभिसिल्डको पहिलो मात्रा लगाएका १३ लाख ६४ हजार ७ सय १ मानिसहरु दोस्रो खोपको प्रतिक्षामा छन् । तर, कोभिसिल्ड खोप उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युटले तत्काल खोप नदिने निर्णय गरेसँगै दोस्रो डोज कहिलेबाट सुरु हुने भन्नेमा अन्योलता छाएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतम तत्काल कोभिसिल्ड खोप आउने वातावरण नरहेको बताउँछन् । ‘हामी प्रतिक्षामै छौं,’ गौतमले भने, ‘तर, खोप आउने निश्चित भइसकेको छैन ।’

शर्माका अनुसार करिब १८ लाख २३ हजार ६ सय ६३ जनालाई कोभिसिल्डको पहिलो डोज लगाइएको छ । जसमध्ये ३ लाख ७० हजार ३ सय २६ ले दोस्रो डोज पनि लगाइसकेका छन् । अब सरकारसँग करिब १ लाखको हाराहारीमा खोप बाँकी छ ।

भारत सरकारबाट अनुदान स्वरुप आएको १० लाख, सिरम इन्स्टिच्यूटसँग किनेको १० लाख र खोप सम्बन्धि विश्वव्यापी अभियान ‘कोभ्याक्स’बाट उपलब्ध भएको ३ लाख ४८ हजार र भारतीय सेनाले नेपाली सेनालाई छुट्टै १ लाख मात्रा खोप दिएको थियो । सबै गरी नेपालमा २४ लाख ४८ हजार कोभिसिल्ड खोप भित्रिएको थियो ।


शर्माका अनुसार करिब १८ लाख २३ हजार ६ सय ६३ जनालाई कोभिसिल्डको पहिलो डोज लगाइएको छ । जसमध्ये ३ लाख ७० हजार ३ सय २६ ले दोस्रो डोज पनि लगाइसकेका छन् । अब सरकारसँग करिब १ लाखको हाराहारीमा खोप बाँकी छ ।

क–कसलाई दिइयो कोभिसिल्ड ?

खोप अभियानको पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका र उच्च जोखिममा रहेका मानिसलाई खोप दिइएको थियो । माघ १४ गतेबाट सुरु भएको अभियानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, सफाई कर्मचारी, महिला स्वास्थ्य स्वयम््सेविका, सरकारी कर्मचारी, बैंकका कर्मचारी, एम्बुलेन्स चालक, शव व्यवस्थापक, शवबहान चालक लगायतलाई खोप दिइएको थियो । यस्तै, जोखिम समूह अन्तर्गत कैदीबन्दी र वृद्धाआश्रममा बस्नेहरुलाई पनि त्यतिबेला नै खोप दिइएको थियो ।

त्यतिबेला ४ लाख ५८ हजार ९ सय ६२ जनाले खोप लगाएका थिए । यिनीहरुले दोस्रो मात्रा पनि लगाइसकेका छन् । तैपनि, ९० हजारको जति अझै खोप लगाउन बाँकी रहेको डा. गौतमले बताए । ‘पहिलो चरणमा खोप लगाएका सबैले दोस्रो डोज लगाएका छैनन्,’ उनले भने, ‘९० हजार जति अझै बाँकी छन् ।’

कोभिसिल्ड लगाएको ८ देखि १२ हप्ता भित्र दोस्रो मात्रा लगाउनुपर्छ । त्यसो त दोस्रो चरणमा अर्थात फागुन २३ गतेदेखि चैत ३ गतेसम्म खोप लगाएकाहरुको जेठ ११ गतेबाट दोस्रो चरणको खोप सुरु गर्नुपर्छ । ‘हामीले जेठ ११ गतेबाट कोभिसिल्डको दोस्रो मात्रा लगाउने योजना गरिरहेका थियौं,’ उनले भने, ‘अब खोप नै नभएपछि त्यो सम्भव नहुने देखिन्छ ।’

यसैगरी, सरकारले दोस्रो चरणमा ६५ वर्ष उमेरभन्दा माथिका वृद्धवृद्धा, सार्वजनिक यातायातका चालक-सहचालक, विद्यालय तथा विश्वविद्यालयका शिक्षक, प्राध्यापक तथा कर्मचारीहरुलाई कोभिसिल्ड खोप लगाइएको थियो । फागुन २३ गतेदेखि चैत ३ गतेसम्म सञ्चालन भएको उक्त खोप अभियानमा १३ लाख ६४ हजार ७ सय १ जनालाई खोप दिइएको शर्मा बताउँछन् । जसमध्ये ९ लाखभन्दा बढी ६५ वर्षभन्दा माथि उमेरसमूहका मानिसहरु छन् ।

समयमै दोस्रो मात्रा नलगाउँदा के हुन्छ ?

कोभिसिल्ड लगाएको ८ देखि १२ हप्ता भित्र दोस्रो मात्रा लगाउनुपर्छ । त्यसो त दोस्रो चरणमा अर्थात फागुन २३ गतेदेखि चैत ३ गतेसम्म खोप लगाएकाहरुको जेठ ११ गतेबाट दोस्रो चरणको खोप सुरु गर्नुपर्छ । ‘हामीले जेठ ११ गतेबाट कोभिसिल्डको दोस्रो मात्रा लगाउने योजना गरिरहेका थियौं,’ उनले भने, ‘अब खोप नै नभएपछि त्यो सम्भव नहुने देखिन्छ ।’

कोभिड खोप विज्ञ सल्लाहकार समितिका सल्लाहकार डा. श्यामराज उप्रेति खोप ढिलो हुँदा जोखिम बढ्ने तर, खोप आउन ढिला भएपनि त्यो दोस्रो मात्रा नै हुने बताउँछन् ।


तैपनि, सरकारले सिरमसँग २० लाख डोज किन्नका लागि खरिद सम्झौता गरेकोमध्ये १० लाख डोजमात्र नेपाल आएको छ । अझै १० लाख खोप आउन बाँकी नै छ । तर, त्यो जेठ ११ गते भित्र आउने सम्भावना छैन । यसैगरी कोभ्याक्सले दिने भनिएको १ करोड ३० लाख डोज खोप पनि तत्काल आउने सम्भावना छैन । त्यसैले तोकिएकै मितिमा दोस्रो मात्रा कुरिरहेकाहरुलाई खोप लगाउन असम्भव छ ।

यसरी दोस्रो मात्रा समयमै नलगाउँदा जोखिम हुन्छ कि हुँदैन ? कोभिसिल्डको पहिलो डोज लगाइसकेका मानिसहरुको प्रश्न यहि छ । यद्यपि यसका बारेमा अहिलेसम्म कुनै वैज्ञानिक आधार बाहिर आएको छैन । कोभिड खोप विज्ञ सल्लाहकार समितिका सल्लाहकार डा. श्यामराज उप्रेति खोप ढिलो हुँदा जोखिम बढ्ने तर, खोप आउन ढिला भएपनि त्यो दोस्रो मात्रा नै हुने बताउँछन् । ‘

कोभिसिल्डको पहिलो मात्राले तीन महिनासम्म सुरक्षा प्रदान गर्छ त्यसपछि रोगसँग लड्ने क्षमता घट्दै जान्छ त्यसैले कोरोनाको जोखिम त बढ्छ नै,’ डा. उप्रेतिले भने, ‘तर, पहिलो मात्राको खोपले मेमोरीको काम गरिरहेको हुन्छ, दोस्रो मात्रा लगाउन एकदुई महिना ढिलो भएपनि केही फरक पर्दैन त्यसले बुस्ट गर्छ ।

खोप नलगाएका मानिसहरु सिकिस्त भएर आईसियू अथवा भेन्टिलेटरमा पुगेका छन् तर, खोप लगाएका मानिसहरु कमै मात्रामा आइसीयूमा पुगेको डा. बास्तोला बताउँछन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला दुईवटै डोज लगाएमा यसको प्रभावकारिता अझै बढ्ने बताउँछन् । ‘अध्ययनहरुका अनुसार पहिलो मात्राको खोपले पनि तीन महिनासम्म सुरक्षित गरेको पाइएको छ,’ डा. बास्तोला भन्छन्, ‘दुईवटै डोज समयमै लगाउन पाए अझै राम्रो हुन्थ्यो तर, समयमै नलगाउँदैमा अर्को समस्या देखिने भन्ने हुँदैन ।’

खोप लगाएका कतिको सुरक्षित ?

कोभिड खोप लगाएका मानिसहरु नलगाएका भन्दा बढी सुरक्षित रहेको चिकित्सकहरु बताउँछन् । खोप नलगाएका मानिसहरु सिकिस्त भएर आईसियू अथवा भेन्टिलेटरमा पुगेका छन् तर, खोप लगाएका मानिसहरु कमै मात्रामा आइसीयूमा पुगेको डा. बास्तोला बताउँछन् । अझै दुईवटै खोप लगाएका मानिसहरुलाई आईसियूको समेत आवश्यक नपरेको उनको अनुभव छ । ‘मैले डाटा निकाल्न भ्याएको त छैन,’ उनले भने, ‘तर, टेकु अस्पतालमा पूर्ण खोपको मात्रा लगाएका मानिसलाई भेन्टिलेटरमा उपचार गर्नुपरेको छैन, तर पहिलोमात्रा लगाएका दुई तीन जनालाई आईसियूमा उपचार गर्नुपरेको थियो ।’

खोप शाखाका प्रमुख गौतमका अनुसार भेरोसिलको दोस्रो मात्रा शनिबारसम्म १ लाखभन्दा बढीलाई लगाइसकिएको छ । १८ देखि ५९ वर्ष उमेरसमूहका २ लाख ८८ हजार ८ सय ३० जनाले भेरोसिलको पहिलो मात्रा लगाएका थिए । चीनबाट अनुदानस्वरुप ८ लाख डोज भेरोसिल आएको यो खोप अब ४० हजारलाई पहिलो दोस्रो दुवै मात्रा दिन सकिने उनले बताए ।

वुटवलस्थित तिनाउ इन्टरनेशनल अस्पतालका ट्रान्सप्लान्ट सर्जन डा. प्रविन जोशी खोप प्रभावकारी रहेको बताउँछन् । उनलाई कोभिडको खोप लगाएको ५–६ दिनमा संक्रमण पुष्टि भयो । एकदिन ज्वरो आयो त्यो बाहेक अरु कुनै लक्षण नदेखिएन । जसलाई उनी खोपकै परिणामको रुपमा लिन्छन् । ‘मलाई खोप लगाएको केही दिनमा ज्वरो आयो त्यसपछि कोभिड परीक्षण गर्दा पोजेटिभ देखियो तर, ज्वरो बाहेक अरु कुनै समस्या आएन,’ उनी भन्छन्, ‘खोप लगाएकै कारण धेरै गाह्रो नभएको हो भन्ने ठानेको छु ।’ यस्तै उनको श्रीमतीले पनि खोपको दुवै मात्रा लगाएकी थिइन् । उनलाई पनि कोभिड पुष्टि भयो तर, कुनै लक्षण नदेखिएको उनले सुनाए ।

भेरोसिलको दोस्रो मात्रा १ लाखभन्दा बढीलाई

खोप शाखाका प्रमुख गौतमका अनुसार भेरोसिलको दोस्रो मात्रा शनिबारसम्म १ लाखभन्दा बढीलाई लगाइसकिएको छ । १८ देखि ५९ वर्ष उमेरसमूहका २ लाख ८८ हजार ८ सय ३० जनाले भेरोसिलको पहिलो मात्रा लगाएका थिए । चीनबाट अनुदानस्वरुप ८ लाख डोज भेरोसिल आएको यो खोप अब ४० हजारलाई पहिलो दोस्रो दुवै मात्रा दिन सकिने उनले बताए । यद्यपि यस विषयमा सरकारले कुनै निर्णय भएको छैन ।

भेरोसिल र कोभिसिल्ड गरी हालसम्म २१ लाख १२ हजार ४ सय ९३ जनाले पहिलो डोजको खोप लगाइसकेका छन् । यो कुल जनसंख्याको ७.०४ प्रतिशत हो ।

५९ देखि ६५ वर्ष उमरसमूहले किन पाएनन् खोप ?

कोभिसिल्ड होस् या भेरोसिल दुईवटै खोपको प्राथमिकतामा ५९ देखि ६५ वर्ष उमेरका मानिसहरु परेनन् । आखिर किन ? सरकारले सुरुमा कोभिसिल्ड ५५ वर्षभन्दा माथिका मानिसलाई खोप दिने निर्णय गर्यो तर, खोपको मात्रा नपुग्ने भएपछि पुनः ६५ वर्षभन्दा माथिलाई लगाउने निर्णय गरेको थियो । तर, चीनबाट आएको भेरोसिल ५९ वर्षभन्दा माथिका नागरिकलाई लगाउन नमिल्ने भयो जसले गर्दा ५९ देखि ६५ वर्ष उमेरसमूहका नागरिक छुटेको डा. गौतम बताउँछन् ।

पहिलो डोज पनि नलगाएकालाई कहिले आउँछ खोप ?

भेरोसिल र कोभिसिल्ड गरी हालसम्म २१ लाख १२ हजार ४ सय ९३ जनाले पहिलो डोजको खोप लगाइसकेका छन् । यो कुल जनसंख्याको ७.०४ प्रतिशत हो । यसमध्ये ३ लाख ७० हजार ३ सय २६ जनाले मात्र कोभिसिल्डको दोस्रो मात्रा लगाएका छन् भने भेरोसिलको दोस्रो डोज लगाइँदै छ । त्यसैले नेपालमा कुल जनसंख्याको १ भागले पनि पूर्ण खोप पाउन सकेका छेनन् । त्यसैले खोप कहिले आउँछ भन्ने आम मानिसको चासो छ । यसबारेमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरु नै अनुत्तरित छन् । कोभ्याक्स मार्फत आउने भनिएको खोप समयमै आयो भने अर्को चरणको खोप अभियान सुरु गर्न सकिने खोप विज्ञ डा. उप्रेतिले बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली