English

एकैदिन ५ हजार २२५ जना कोरोना संक्रमण मुक्त



नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ३ लाख १२ हजार १९ पुगेको स्वासथ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा नेपालमा २ सय २५ जनाको मृत्यु भएको छ । योसंख्या नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेको समेत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या नेपालमा ४ हजार ८४ पुगेको छ ।

त्यस्तै नेपालमा आज (मंगलवार) ९ हजार ४ सय ८३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १ सय ११ रहेको छ । त्यस्तै नेपालको क्वारेन्टाइनमा ४ सय ४८ जना रहेका छन् भने ९७ हजार ८ जना आइसोलेशनमा रहेका छन् ।

यो पनि पढ्नुहोस्

‘नेपालमा स्वास्थ्य संकटकाल घोषणा गर्न ढिलो भइसक्यो’
के कोरोना जैविक हतियार हो ?
गाउँका डाक्टर : पुछारे माइला
निषेधाज्ञामा घर बस्दा के खाने, के नखाने ?
होम आइसोलेसनमा बस्दा के गर्ने, के नगर्ने ?
कोरोना संक्रमितले कस्तो अवस्थामा अस्पताल जाने ?
निषेधाज्ञामा घरमै समय कसरी बिताउने ?
कोरोनासँग जोडिएका १० भ्रम र सत्य



सम्बन्धित खबरहरु

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा

स्याङ्जाको एउटा सामान्य गाउँमा जन्मिएका राज गुरुङको जीवन यात्रा कुनै चलचित्रको कथा भन्दा कम छैन । बाल्यकाल भारतको देहरादूनमा बिताएका

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

Popular
Suggested