English

निषेधाज्ञामा घर बस्दा के खाने, के नखाने ?



डा. अरुणा उप्रेती, जनस्वास्थ्यविद्

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएका कारण नेपालका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । त्यसैले मानिसहरु घरभित्रै छन् । यस्तो बेला धेरैजसोले समय बिताउनका लागि घरमै मीठो–मीठो परिकार बनाउने खाने गर्छन् । यसरी घरमै स्वस्थकर खानेकुरा बनाएर खानु त राम्रै हो । तर, त्यसको मात्रा नमिल्दा विभिन्न खाले स्वास्थ्य समस्या देखिन सक्छ ।

यस्तो अवस्थामा शारीरिक कसरत कम नहुने हुँदा खानाको मात्रा नमिल्दा मोटोपना, मधुमेह र प्रजनन स्वास्थ्यमा असर पर्दछ । त्यसैले यस्तो अवस्थामा घरमा बस्दा के खाने के नखाने भन्ने बारे चर्चा गरिएको छ:

के खाने ?

– घरमै बनेको स्वस्थकर खानेकुरा खानुपर्छ । जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्धत गर्छ । तर, घरमा बनाएको खाना खाँदा सन्तुलन मिलाउनुपर्छ ।
– हरिया सागपात तथा फलफुल प्रशस्त खाने ।
– टुसा उमारिएका गेडागुडी खाने ।
– झोलिलो खानेकुरामा बढी जोड दिने ।
– नियमित दही सेवन गर्ने । यसले पाचन प्रणाली राम्रो हुन्छ ।
– कागती र गोलभेडाको अचारहरु तथा अन्य भिटामीन सी प्राप्त हुने खानेकुरा खाने ।
– स्वस्थकर खाना खाएर मात्र पनि हुँदैन खाएको कुरा पचाउनका लागि घरभित्रै योग तथा व्यायाम पनि एकदमै जरुरी छ ।

यी नखाने ?

– चिल्लो अथवा तारेका खानेकुरा नखाने ।
– एकैपटक धेरै नखाने । किनभने शारीरिक व्यायाम कम हुनाले अपच हुन सक्छ ।
– चाउचाउ, चिप्स तथा अन्य जंक फुडको सेवनले बालबालिकामा कुपोषण र वयस्कमा माटोपन देखिने हुँदा यस्ता खानेकुरा नखाने ।
– रेष्टुरेन्टहरुबाट अर्डर गरिएका खानेकुरा नखाने ।
– अत्याधिक मसला प्रयोग गरिएका खानेकुरा नखाने ।
– अहिले गर्मीको मौसम छ त्यसैले बासी खानेकुराहरु नखाने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

Latest










Popular
Suggested