English

निषेधाज्ञामा घरमै समय कसरी बिताउने ?



नेपालमा फैलिरहेको कोरोना संक्रमणको जोखिमलाई कम गर्ने उद्देश्यले ४१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा घरभित्रै बस्दा छटपटी, अल्छिपन, दिक्दारी लाग्न सक्छ । यतिमात्र होइन घरमै बसिरहँदा मानिसमा तनाव, चिन्ता, डर लाग्ने जस्ता समस्याहरु देखिन सक्छ । महामारीको अवस्थामा घरभित्रै कसरी समय बिताउन सकिन्छ त ? मनोविश्लेषक वासु आचार्य यस्तो सुझाव दिन्छन् ।

पुस्तक पढ्ने

महामारीको त्रासका बीचमा अरु कुरा सोच्नुभन्दा पुस्तक र उपन्यास पढेर दिन बिताउन सकिन्छ । घरमा किताव छैन भनेपनि अहिले विभिन्न वेबसाइटमा निःशुल्क पुस्तक पाइन्छन् । स्क्रिब्ड डटकम scripd.com, गुटेन बर्ग डट ओआरजी Gutenberge.org, गूगलबुक्स books.google.com र विकिसोर्स wikisource.org, इपुस्तकालय डट कम लगायतका वेबसाइटमा निःशुल्क पुस्तक अध्ययन गर्न सकिन्छ ।

चित्रहरु बनाउन, गीत गाउन, गजल, कविता लेख्न सकिन्छ । साथै खाना बनाउन मन पर्छ भने विभिन्न परिकारका खाना बनाएर परिवारसँग रमाइलोसँग दिन बिताउन सक्नुहुन्छ ।

बालबालिकालाई जीवन उपयोगी काम सिकाउने

यदि घरमा आफ्ना बालबालिका छन् भने उनीहरुलाई जीवनमा उपयोग हुने आधारभुत कुराहरु सिकाउन सकिन्छ । जस्तै, पानी तताउन, चिया बनाउन, अमलेट बनाउन, खानाका परिकार पकाउन लगायतका विभिन्न कामहरु सिकाउन सकिन्छ । जसले बालबालिकालाई आत्मनिर्भर बन्न प्रेरित गर्छ ।

बालबालिकालाई पढाउने

विद्यालयहरु बन्द छन् । यस्तो बेलामा बालबालिकाहरु पढिसकेका विषयवस्तु बिर्सन सक्छन् । त्यसैले घरमै उनीहरुलाई पुस्तक पढ्न प्रेरित गर्नुपर्छ । अनलाइन कक्षामा बालबालिकासँगै बसेर पढाईमा सहजिकरण गरिदिन सकिन्छ । यसका साथसाथै उनीहरुलाई युट्युवबाट पढ्ने विषयको छनौट गरी सँगै भिडियो हेर्न सक्नुहुन्छ । यसरी बालबालिकालाई समय दिएमा पढाई राम्रो हुनुका साथै उनीहरुलाई एक्लोपन महशुस हुनबाट जोगाउन सक्नुहुन्छ ।

परिवारसँग खेल खेल्दा परिवारिक सम्बन्धमा मिठास आउँछ । एक्लै हुनुहुन्छ भने आनलाइनमा साथीहरुसँग लुडो, चेस लगायत विभिन्न खेल खेल्न सक्नुहुन्छ अथवा फोनमा कुराकानी गरेर पनि समय बिताउन सकिन्छ ।

खेल खेल्ने

यस्तो बेला घरभित्रै विभिन्न प्रकारका खेल खेल्न सकिन्छ । परिवारको सदस्यसँग बसेर लुडो, क्यारेमबोर्ड, चेस, चोरपुलिस लगायतका विभिन्न खेलहरु खेल्न सक्नुहुन्छ । यसरी परिवारसँग खेल खेल्दा परिवारिक सम्बन्धमा मिठास आउँछ । एक्लै हुनुहुन्छ भने आनलाइनमा साथीहरुसँग लुडो, चेस लगायत विभिन्न खेल खेल्न सक्नुहुन्छ अथवा फोनमा कुराकानी गरेर पनि समय बिताउन सकिन्छ ।

फिल्म हेर्ने

घरमा बसेर विभिन्न किसिमका फिल्म, नाटक, सिरिज हेरेर पनि समय बिताउन सकिन्छ । जसले मनमा सकारात्मक भावना उब्जाउन मद्दत गर्छ ।

आफूलाई मन पर्ने काम गर्ने

व्यस्तताले घरमा बसेर गर्ने काम गर्न नपाएका मानिसले सिर्जनात्मक काम गर्न सक्नुहुन्छ । चित्रहरु बनाउन, गीत गाउन, गजल, कविता लेख्न सकिन्छ । साथै खाना बनाउन मन पर्छ भने विभिन्न परिकारका खाना बनाएर परिवारसँग रमाइलोसँग दिन बिताउन सक्नुहुन्छ ।

यो पनि पढ्नुहोस्
चार्टर तथा उद्धार उडान सञ्चालन हुने
निषेधाज्ञामा घरमै समय कसरी बिताउने ?

अन्योलमा राष्ट्रिय जनगणना

कोरोनासँग जोडिएका १० भ्रम र सत्य

दैनिक उपभोग्य वस्तुको आयात र ढुवानीमा नयाँ नियम लागू

यी हुन् निषेधाज्ञा जारी भएका ४१ जिल्ला

काठमाडौं उपत्यकाका कुन अस्पतालमा कति छन् आईसीयू र भेन्टिलेटर ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली