English

दैनिक उपभोग्य वस्तुको आयात र ढुवानीमा नयाँ नियम लागू



सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तुहरुको आयात, ढुवानी, सञ्चय र वितरण गर्ने कार्यलाई नियमित बनाउने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्णय गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यो जानकारी गराएको हो ।

देशभर कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि विभिन्न जिल्ला प्रशासन कार्यालयहरुबाट निषेधाज्ञा आदेश जारी भएकोले सर्वसाधारणलाई दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरुको आयात, ढुवानी, सञ्चय र वितरण गर्ने कार्यलाई नियमित बनाउन नेपाल सरकारका सम्बन्धित निकाय तथा निजी क्षेत्रमा संगठित छाता संगठनका प्रमुख तथा प्रतिनिधिहरुको संयुक्त छलफल बैठकबाट आपूर्ति प्रणाली सहज बनाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

यस्तो छ नयाँ नियम

१. दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरुको आयात, ढुवानी, सञ्चय र वितरण गर्ने कम्पनी, उद्योग र संस्थाहरुले सो कार्यमा प्रयोग गरिने सवारी साधनको नम्बर, किसिमसहित संलग्न कामदार कर्मचारीको नाम, ठेगाना र मोबाइल नम्बरको विवरण आफ्नो औपचारिक पत्रबाट, प्रमुख जिल्ला अधिकारी र आफ्नो संस्था दर्ता भएको प्रमुखलाई विद्युतीय माध्यमबाट जानकारी गराउने ।

२. प्रमुख जिल्ला अधिकारी र आफने संस्था दर्ता भएको संस्थाको प्रमुखलाई सम्बोधन गरी पठाएको पत्रको एक एक प्रति चालक र कामदार कर्मचारीले आफ्नो परिचय पत्रसहित साथमा राख्नुको साथै उक्त कार्यका लागि प्रयोग गरिएको सवारी साधनमा सबैले देख्ने गरी अगाडि ढुवानी सेवा भनिएको ब्यानर राख्ने, जस्तै खाद्यान्न, फलफूल, तरकारी, दुग्ध इत्यादि ।

३. दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरुको ढुवानी सेवाहरुका लागि उपयोग गरिएको सवारीमा चालक र कामदार कर्मचारी बाहेक अन्य व्यक्ति नराख्ने ।

No description available.



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested