English

दैनिक उपभोग्य वस्तुको आयात र ढुवानीमा नयाँ नियम लागू



सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तुहरुको आयात, ढुवानी, सञ्चय र वितरण गर्ने कार्यलाई नियमित बनाउने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्णय गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यो जानकारी गराएको हो ।

देशभर कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि विभिन्न जिल्ला प्रशासन कार्यालयहरुबाट निषेधाज्ञा आदेश जारी भएकोले सर्वसाधारणलाई दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरुको आयात, ढुवानी, सञ्चय र वितरण गर्ने कार्यलाई नियमित बनाउन नेपाल सरकारका सम्बन्धित निकाय तथा निजी क्षेत्रमा संगठित छाता संगठनका प्रमुख तथा प्रतिनिधिहरुको संयुक्त छलफल बैठकबाट आपूर्ति प्रणाली सहज बनाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

यस्तो छ नयाँ नियम

१. दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरुको आयात, ढुवानी, सञ्चय र वितरण गर्ने कम्पनी, उद्योग र संस्थाहरुले सो कार्यमा प्रयोग गरिने सवारी साधनको नम्बर, किसिमसहित संलग्न कामदार कर्मचारीको नाम, ठेगाना र मोबाइल नम्बरको विवरण आफ्नो औपचारिक पत्रबाट, प्रमुख जिल्ला अधिकारी र आफ्नो संस्था दर्ता भएको प्रमुखलाई विद्युतीय माध्यमबाट जानकारी गराउने ।

२. प्रमुख जिल्ला अधिकारी र आफने संस्था दर्ता भएको संस्थाको प्रमुखलाई सम्बोधन गरी पठाएको पत्रको एक एक प्रति चालक र कामदार कर्मचारीले आफ्नो परिचय पत्रसहित साथमा राख्नुको साथै उक्त कार्यका लागि प्रयोग गरिएको सवारी साधनमा सबैले देख्ने गरी अगाडि ढुवानी सेवा भनिएको ब्यानर राख्ने, जस्तै खाद्यान्न, फलफूल, तरकारी, दुग्ध इत्यादि ।

३. दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरुको ढुवानी सेवाहरुका लागि उपयोग गरिएको सवारीमा चालक र कामदार कर्मचारी बाहेक अन्य व्यक्ति नराख्ने ।

No description available.



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested