English

सुपरिवेक्षक र गणकको तलव कति ?

अन्योलमा राष्ट्रिय जनगणना



‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ राष्ट्रिय जनगणना २०७८ को तयारी भइरहेको छ । जेठ २५ बाट असार ८ गतेसम्म गरिने जनगणनाका लागि हाल सुपरिवेक्षकलाई तालिम दिने काम भइरहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

सुपरिवेक्षकलाई सात दिनको तालिम दिइन्छ, सोमवार यसको पाचौँ दिन हो । तर कोरोना भाइरसका कारण तोकिएको जनगणनाका लागि मिति सार्ने तयारी भइरहेको विभागका निर्देशक ढुण्डिराज लामिछाने बताउँछन् ।

उनका अनुसार आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले जनगणनाको मिति अनिश्चित कालका लागि सार्ने निर्णय गरिसकेको छ । ‘मन्त्रीपरिषद्मा निर्णय भइसकेको भन्ने जानकारी आएको छ,’ उनले भने, ‘तर, निर्णय सार्वजनिक गरिएको छैन, सम्भवतः आज पत्र आउँछ होला ।’

तपाईको परिवारले प्रयोग गरिरहेको चर्पी कस्तो छ ? बैंक खाता खोल्नुभएको छ वा छैन ? इन्टरनेटको सुविधा के छ ? मोबाइलको प्रयोग गर्नुहुन्छ कि हुँदैन ? महिला प्रजननको अवस्था कस्तो छ ? कसको घर हो ? खानेपानीको सुविधा के छ ? बसाईंसराई र जन्ममृत्यु लगायतका जम्मा ८० वटा प्रश्न गणकले सोध्नेछन् । गणकले उक्त प्रश्नको उत्तर भने कोडमा लेख्छन् ।

यसपटक देशभर ७० लाख परिवारको ३ करोड जनसंख्याको गणना गरिने निर्देशक लामिछानेले जानकारी दिए ।

यो १२ औँ राष्ट्रिय जनगणना हो । देशमा बसोवास गर्ने सम्पूर्ण व्यक्तिहरुको घरदैलोमा पुगेर गणकले जनसंख्या, सामाजिक तथा आर्थिक विवरण जम्मा गर्नेछन् ।

विदेशमा बसेका र भविष्यमा फेरि फर्किएर आउने सुनिश्चित भएका व्यक्तिहरुको संख्या परिवारमा अनुपस्थित (विदेश गएका) अन्तर्गत समेटिन्छ । तर विदेशी नागरिकता लिइसकेकाहरुको भने गणना नगरिने विभागले जनाएको छ ।

जनगणनाको मुख्य प्रश्नावली घरमुलीलाई सोधिन्छ । जसमा नाम, लिङ्ग, जाती, पेशा, धर्म, उमेर, मातृभाषा आदि रहेका छन् ।

थापाथलीस्थित केन्द्रीय तथ्यांक विभागले सबै जिल्लामा आवश्यक सामग्री पुर्याइसकेको छ । राष्ट्रिय जनगणनाका लागि भन्दै सबै जिल्लामा वैशाख १ गतेबाटै कार्यालय खुलेका थिए ।

जनगणनामा खटिने प्रत्येक कर्मचारीलाई ५ लाख रुपैयाँको जीवन बिमा गरिएको निर्देशक लामिछानेले बताए ।

विवरण सार्वजनिक गरे के हुन्छ ?

संकलित यो तथ्यांक अनुमति बिना कसैलाई देखाउन पाइदैन । यदि देखाएमा तथ्यांक ऐन २०१५ तथा राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेशअनुसार न्यूनतम १ सय रुपैयाँदेखि अधिकतम ३ सय रुपैयाँसम्म जरिवाना वा एक महिनादेखि ६ महिनासम्म कैद सजाय वा दुवै हुनसक्ने प्रावधान छ ।

जनगणनामा गणकलाई १ महिना र सुपरिवेक्षकलाई २ महिनाका लागि करारमा लिइनेछ । गणकले खरदार सरह मासिक २६ हजार र सुपरिवेक्षले नायब सुब्बा सरह २८ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

विदेशमा भएका नेपालीलाई गणनामा कसरी समेटिन्छ ?

विदेशमा बसेका र भविष्यमा फेरि फर्किएर आउने सुनिश्चित भएका व्यक्तिहरुको संख्या परिवारमा अनुपस्थित (विदेश गएका) अन्तर्गत समेटिन्छ । तर विदेशी नागरिकता लिइसकेकाहरुको भने गणना नगरिने विभागले जनाएको छ । यसैगरी, कोहि विदेशी नागरिक अधिकांश समय नेपालमै बसोवास गरिरहेको छ भने उसलाई गणनामा समावेश गराइन्छ । यद्यपि, पर्यटक, घुमघामका लागि आएको र शरणार्थी शिविरमा बसोबास गर्नेको भने गणना हुँदैन ।

गणक तथा सुपरिवेक्षकहरुले तलब कति ?

जनगणनामा गणकलाई १ महिना र सुपरिवेक्षकलाई २ महिनाका लागि करारमा लिइनेछ । गणकले खरदार सरह मासिक २६ हजार र सुपरिवेक्षले नायब सुब्बा सरह २८ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

नेपालमा १९६८ सालदेखि हरेक १० वर्षमा र जनगणना हुँदै आएको छ । २०६८ को जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ । जसमध्ये ५१ दशमलव ५ प्रतिशत महिला र ४८ दशमलव ५ प्रतिशत पुरुष छन् । जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत छ । विदेशमा १९ लाख २१ हजार ४ सय ९४ जना रहेका छन् भने देशभर १ सय ३५ जातजाती, १ सय २३ भाषा, १० धर्म मान्ने समुदाय छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,