English

अन्तर्वार्ता

‘नेपालमा स्वास्थ्य संकटकाल घोषणा गर्न ढिलो भइसक्यो’



कोरोना भाइरसको दोस्रो लहर तीव्र गतिमा बढेसँगै सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेको छ । तैपनि, कोरोना संक्रमितको संख्यामा भने उल्लेख्य गिरावट आएको छैन । त्यसो त विज्ञहरु स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने सुझाव सरकारलाई दिइरहेका छन् ।

तर, स्वास्थ्य संकटकाल लगाउने कि नलगाउने भन्ने बारे सरकारले कुनै धारणा नबनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम बताउँछन् । ‘अहिलेसम्म सरकारले स्वास्थ्य संकटकाल लगाउने विषयमा केही सोचेको छैन,’ उनले भने, ‘बाहिर आएका हल्ला मात्रै हुन् ।’

यद्यपि, स्वास्थ्य संकटकाल लागिहाल्यो भने के हुन्छ भन्ने बारे आममानिसको जिज्ञासा छ । यही जिज्ञासा मेट्न चीनको वुहानस्थित थोङ्ची मेडिकल कलेजका, कन्सल्टेन्ट फिजिसियन तथा अनुसन्धानकर्ता डा. रमेश आचार्यसँग मेरोलाइफस्टाइलले गरेको कुराकानी:

स्वास्थ्य संकटकाल भनेको के हो ? आम मानिसले बुझ्ने गरी बताइदिनुस् न ।

स्वास्थ्य संकटकाल भनेको महामारीका बेला नागरिकको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखि राज्यका सबै संयन्त्रलाई परिचालन गर्नु हो । जसमा स्वास्थ्यकर्मीको टिम परिचलन गर्नु, नीति नियम र योजना बनाउन, सम्भावित असरको व्यवस्थापन, शिक्षा र तालिमको व्यवस्थापन गरी महामारी रोकथाममा एकिकृत हुनु भन्ने बुझिन्छ ।

देशमा जब महामारीका रुपमा कुनै भयानक रोगहरु आउँछन्, भने त्यस्तो अवस्थामा सम्बन्धित सरकारले संकटकाल लगाउन सक्छ ।

नेपालले हालसम्म स्वास्थ्य संकटकाल गरेको रेकर्ड छैन । यद्यपि, विश्वका थुप्रै देशहरुले संकटकाल लगाएका उदाहरण छन् । जस्तै, स्पेनिस फ्लूका बेला स्पेन, यूके, चीनमा संकटकाल लागू गरिएको थियो । यसैगरी, एचवान एनवान, जीका भाइरस, इबोला, सार्स फैलिएको बेला केही देशहरुमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले स्वास्थ्य संकटकाल लगाएको थियो ।

कस्तो बेला लगाइन्छ स्वास्थ्य संकटकाल ?

देशमा जब महामारीका रुपमा कुनै भयानक रोगहरु आउँछन्, भने त्यस्तो अवस्थामा सम्बन्धित सरकारले संकटकाल लगाउन सक्छ । नागरिकले प्राथमिक उपचारबाट समेत वञ्चित हुनुपरेको र स्वास्थ्यकर्मीको अभाव भइ देशको स्वास्थ्य संरचनाले काम गर्न नसकेको, नियन्त्रण बाहिर गइ रोकथाम गर्न नसकेको अवस्थामा स्वास्थ्य संकटकालको घोषणा गरिन्छ । यसका साथै, समुदायमा परीक्षणकोे दायरा बढाउन, रोकथाम, आपत्कालिन व्यवस्थापन गर्न स्वास्थ्यका संरचना निर्माण गरी थप क्षति हुनबाट नागरिकलाई बचाउनका लागि यसको सहयोग लिइन्छ ।

स्वास्थ्य संकटकाल लगाइसकेपछि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सक्रिय रुपमा परिचालित हुन्छन् । त्यसपछि सबै सिस्टममा चल्छ । स्वास्थ्यकर्मी, अस्पताल, बजार, निजी संघसंस्था सबै सेनाको निगरानीमा हुन्छन् । नियम नमान्ने व्यक्तिलाई कानूनी कारवाही गरिन्छ । अहिलेको भन्दा विल्कुलै फरक हुन्छ ।

यतिबेला नेपालमा दिनदिनै संक्रमित र मृतकको संख्या बढीरहेको छ । धेरै मानिसहरु घरबाहिर बिना पीपीई, बिना स्वास्थ्य मापदण्ड हिँडिरहेका छन् । त्यसकारण सरकारले स्वास्थ्य संकटकाल घोषणा गरेन भने यो भाइरसले सखाप पार्छ ।

नेपालमा स्वास्थ्य संकटकाल आवश्यक छ ?

नेपालमा यो महामारीलाई नियन्त्रणमा लिने उत्तम उपाय भनेकै स्वास्थ्य संकटकाल हो । यसमा सरकारले ढिलो गर्नुहुँदैन । लकडाउन गर्ने तर परीक्षणको दायरा अझै नबढाउने हो भने अबको एक महिनापछि नेपालको अवस्था के होला ? त्यो हामीले सोचेकै छैनौं ।

अहिलेको नेपालको अवस्था कस्तो हो ?

अहिले नेपालको ग्रामीण क्षेत्र कोरोनाको हटस्पट बनिसकेका छन् । २-३ महिना अघिसम्म राजनीतिक दलका कार्यक्रम भए त्यसपछि काठमाडौंमा लकडाउन हुन्छ भन्ने थाहा पाएसँगै लाखौं मानिस गाउँ छिरे । आज त्यहि कारणले गाउँदेखि काठमाडौंसम्म कोरोना संक्रमित नभएको ठाउँ छैन । त्यसैले अहिले नेपालको अवस्था भयावह छ ।

स्वास्थ्य संकटकाल लगाए के हुन्छ र नलगाए कस्तो असर गर्छ ?

स्वास्थ्य संकटकाल लगाइसकेपछि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सक्रिय रुपमा परिचालित हुन्छन् । त्यसपछि सबै सिस्टममा चल्छ । स्वास्थ्यकर्मी, अस्पताल, बजार, निजी संघसंस्था सबै सेनाको निगरानीमा हुन्छन् । नियम नमान्ने व्यक्तिलाई कानूनी कारवाही गरिन्छ । अहिलेको भन्दा विल्कुलै फरक हुन्छ ।

सरकारले डेडिकेटेड अस्पताल बनाउन, देशको आइसीयू र भेन्टिलेटरको बेड थप्न नसक्नु, भारतीय सीमा नाकामा रोक लगाउन नसक्नु, केही दिन अघिसम्म विदेशबाट आएका नागरिकलाई १४ दिन क्वारेन्टाइनमा नराख्नु जस्ता थुप्रै कुरामा सरकार चुकेको छ ।

जति पनि बाहिरबाट आउने मानिसहरु छन्, उनीहरुको परीक्षण हुन्छ । यसो गर्दा कोरोना फैलिन सक्ने सम्भावना कम हुन्छ । तर, यही अवस्था रहीरहने हो भने, अहिले अस्पतालमा बेड, अक्सिजन नपाएर जसरी तड्पिनुपरेको छ, भोलि त्यो दोब्बर हुनसक्छ । त्यस्तो अवस्थामा राज्य संयन्त्रले नै फेल खान्छ ।

कोरोना नियन्त्रणमा नेपाल सरकार कहाँ–कहाँ चुकेको छ ?

सरकारले डेडिकेटेड अस्पताल बनाउन, देशको आइसीयू र भेन्टिलेटरको बेड थप्न नसक्नु, भारतीय सीमा नाकामा रोक लगाउन नसक्नु, केही दिन अघिसम्म विदेशबाट आएका नागरिकलाई १४ दिन क्वारेन्टाइनमा नराख्नु जस्ता थुप्रै कुरामा सरकार चुकेको छ ।

यो महामारीलाई नियन्त्रणमा ल्याउन आम नागरिकले के–के गर्न सक्छन् ?

अहिलको अवस्थामा घरमै बसेर आम नागरिकले साथ दिए भने पक्कै पनि महामारी नियन्त्रणमा ल्याउन केही हदसम्म सघाउ पुग्छ । यसका साथै थुप्रै नेपाली संक्रमित भइसकेका छन् । उनीहरुले नियमित हात धुने, मास्क लगाउने, अक्सिजन लेभल कस्तो छ बुझिराख्ने, जे पायो त्यही औषधि नखाने, अफवाह खबरको पछि नलाग्ने, चिसो पानी, फ्रिज भित्रको खानेकुरा खान बन्द गर्नुपर्छ । तातोपानी, हरियो सागपात, दूध खानुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,