English

होम आइसोलेसनमा बस्दा के गर्ने, के नगर्ने ?



डा. रविन्द्र पाण्डे, जनस्वास्थ्यविद् ।

कोरोना भाइरसको संख्या दिनप्रतिदिन बढीरहेको छ । बुधवारसम्मको तथ्यांक अनुसार नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ६ सय १० पुगेको छ । त्यस्तै हालसम्म ३ हजार ४ सय ७५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरि नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ६६ हजार ३ सय ५२ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ६१ हजार ५ सय ८८ छन् भने ४ हजार ७ सय ६४ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांकले बताउँछ । होम आइसोलेसनमा रहनेको संख्या अत्याधिक भएकोले, घरमा बसेका संक्रमितले के गर्ने र के नगर्ने भन्नेबारे जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे (समीर) को सुझाव यस्तो छ ।

के गर्ने / के नगर्ने ?

– शरीरको तापक्रम समय–समयमा जाँचिरहने । १०० डिग्री भन्दा माथि ज्वरो छ भने पारासिटामोल खानुपर्छ । शरीर दुख्ने, टाउको दुख्ने जस्ता समस्या भएमा पनि पारासिटामोल खान सकिन्छ ।

– कोठाभित्र बस्दा संक्रमण अरुमा नफैलियोस् भनेर ढोका बन्द गर्नुपर्छ । तर, कोठामा हावा आवतजावत गर्नका लागि भेन्टिलेसन भएको कोठामा बस्नुपर्छ ।

– अक्सिमिटरबाट बेला–बेलामा अक्सिजनको लेभल नापिरहनुपर्छ । अक्सिजन लेभल ९४ भन्दा कम भयो भने केही बेर घोप्टो परेर सुत्नुपर्छ ।

– भिटामिन सी दिनमा २ पटक, जिंक २ पटक र भिटामिन डी हप्ताको १ पटक खानुपर्छ । लक्षणअनुसार पारासिटामोल, कफ सिरप पनि खान सकिन्छ ।

– अक्सिजनको स्तर जाँच नगरी अक्सिजन लिएर बस्नुहुँदैन । किनभने अक्सिजनले मात्र संक्रमण मुक्त भइने होइन ।

– घरमा एकजना संक्रमित भएमा सबैले परीक्षण गर्नुपर्छ । किनभने कसैलाई लक्षण नदेखिन पनि सक्छ ।

– खानाका साथै फलफूल, दूध, गेडागुडी, अण्डा, झोलिलो खानेकुराहरु प्रशस्त मात्रामा खानुपर्छ ।

– हल्का व्यायाम, योग र ध्यान गर्ने । पर्याप्त निन्द्रा तथा बिहानको घाम ताप्नुपर्छ ।

– मानसिक रुपमा स्वस्थ रहने । अनावश्यक आत्तिने तथा डराउने गर्नुहुँदैन ।

– पानीको बाफ लिँदा आराम महशुस हुनसक्छ । त्यसैले बिहान बेलुका तातो पानीको बाफ लिने ।

– मरिच, बेसार, अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, पिपला तथा कागतीको रस राखेको चिया पटक–पटक खानुपर्छ ।

– एक रातमै स्वास्थ्य अवस्था गम्भीर हुन सक्छ । त्यसैले गाह्रो भएपनि भोलि अस्पताल जान्छु भनेर बस्नुहुँदैन ।

(डा.पाण्डेसँग गरिएको कुराकानीमा आधारित)
यो पनि पढ्नुहोस्
कमेडीमा नयाँ पुस्ता
कोरोना संक्रमितले कस्तो अवस्थामा अस्पताल जाने ?
चार्टर तथा उद्धार उडान सञ्चालन हुने
निषेधाज्ञामा घरमै समय कसरी बिताउने ?

अन्योलमा राष्ट्रिय जनगणना

कोरोनासँग जोडिएका १० भ्रम र सत्य

दैनिक उपभोग्य वस्तुको आयात र ढुवानीमा नयाँ नियम लागू

यी हुन् निषेधाज्ञा जारी भएका ४१ जिल्ला

काठमाडौं उपत्यकाका कुन अस्पतालमा कति छन् आईसीयू र भेन्टिलेटर ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested