English

कोरोना संक्रमितले कस्तो अवस्थामा अस्पताल जाने ?



डा. रविन्द्र पाण्डे (समिर), जनस्वास्थ्यविद् ।

नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालमा बेडको अभाव हुन थालेको छ । यस्तै, होम आइसोलेसनमा बस्नेहरुको संख्या पनि अत्याधिक छ ।

मन्त्रालयको सोमवारसम्मको तथ्यांकअनुसार ५० हजार १ सय ७२ जना संक्रमित होम आइसोलेसनमा छन् । तैपनि कतिपय मानिसहरु कोरोना संक्रमण हुने बित्तिकै आत्तिएर अस्पताल पुग्ने गरेका छन् । यसले अझै संक्रमणको जोखिम निम्त्याउन सक्छ । त्यसैले यहाँ कस्तो अवस्थामा अस्पताल जाने भन्ने विषयमा चर्चा गरिएको छ ।

अस्पतालमा बेड नभएपछि त्यहाँ गइसकेपछि केही न केही व्यवस्था हुन्छ । साथै, अर्को अस्पतालसँग सहकार्य गरेर भएपनि बिरामीलाई सहज हुने काम हुन्छ ।

कस्तो अवस्थामा अस्पताल जाने ?

विशेषगरी, शरीरमा अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा, अत्याधिक खोकी लागेमा, श्वास फेर्न गाह्रो भएमा वा कुनैपनि किसिमको कठीन समस्या भएमा घरमा बस्नु हुँदैन । अहिले फैलिरहेको नयाँ भेरियन्टले एक्कासी कोभिड निमोनिया गराउँछ । त्यसैले संक्रमितलाई माथिका समस्या देखिएमा नजिकैको कोभिड अस्पतालमा गएर जाँच गर्नुपर्छ । छातीको एक्सरे गर्दा वा सिटी स्क्यान गर्दा फोक्सोमा समस्या देखिएमा चिकित्सकको सिफारिस अनुसार औषधि सेवन गर्नुपर्छ । अवस्था अझ जटिल भएमा अस्पताल भर्ना भएर उपचार सुरु गर्नुपर्छ ।

कतिपय मानिसहरुले चिकित्सकको सल्लाह बिना नै घरमा अक्सिजन लगाएर बसेका छन् । यसरी चिकित्सकको सल्लाह बिना घरमा अक्सिजन लिनु हुँदैन । अक्सिजनमात्र उपचार होइन । अक्सिजनको कमी भए वा श्वास फेर्न गाह्रो भएमा तुरुन्त अस्पताल जानुपर्छ ।

अहिलेको दोस्रो लहरले एक रातमै स्वास्थ्य अवस्था नाजुक बनाउन सक्छ । त्यसैले हेलचेक्राइँ गरेर घरमै बस्नु हुँदैन । अस्पतालमा बेड नभएपछि त्यहाँ गइसकेपछि केही न केही व्यवस्था हुन्छ । साथै, अर्को अस्पतालसँग सहकार्य गरेर भएपनि बिरामीलाई सहज हुने काम हुन्छ ।

कस्तो अवस्थामा परीक्षण गर्ने ?

– अचानक १०२ डिग्रीभन्दा धेरै ज्वरो आएमा
– सुख्खा लहरे खोकी लागेमा
– श्वास फेर्न गाह्रो भएमा
– छातीको एक्सरे गर्दा निमोनियाको लक्षण देखिएमा
– एकदम थकाइ लाग्ने
– शरीर दुख्ने समस्या भएमा
– स्वाद तथा गन्ध नआएमा

(डा. पाण्डेसँग गरिएको कुराकानीमा आधारित)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested