English

कोरोना संक्रमितले कस्तो अवस्थामा अस्पताल जाने ?



डा. रविन्द्र पाण्डे (समिर), जनस्वास्थ्यविद् ।

नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालमा बेडको अभाव हुन थालेको छ । यस्तै, होम आइसोलेसनमा बस्नेहरुको संख्या पनि अत्याधिक छ ।

मन्त्रालयको सोमवारसम्मको तथ्यांकअनुसार ५० हजार १ सय ७२ जना संक्रमित होम आइसोलेसनमा छन् । तैपनि कतिपय मानिसहरु कोरोना संक्रमण हुने बित्तिकै आत्तिएर अस्पताल पुग्ने गरेका छन् । यसले अझै संक्रमणको जोखिम निम्त्याउन सक्छ । त्यसैले यहाँ कस्तो अवस्थामा अस्पताल जाने भन्ने विषयमा चर्चा गरिएको छ ।

अस्पतालमा बेड नभएपछि त्यहाँ गइसकेपछि केही न केही व्यवस्था हुन्छ । साथै, अर्को अस्पतालसँग सहकार्य गरेर भएपनि बिरामीलाई सहज हुने काम हुन्छ ।

कस्तो अवस्थामा अस्पताल जाने ?

विशेषगरी, शरीरमा अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा, अत्याधिक खोकी लागेमा, श्वास फेर्न गाह्रो भएमा वा कुनैपनि किसिमको कठीन समस्या भएमा घरमा बस्नु हुँदैन । अहिले फैलिरहेको नयाँ भेरियन्टले एक्कासी कोभिड निमोनिया गराउँछ । त्यसैले संक्रमितलाई माथिका समस्या देखिएमा नजिकैको कोभिड अस्पतालमा गएर जाँच गर्नुपर्छ । छातीको एक्सरे गर्दा वा सिटी स्क्यान गर्दा फोक्सोमा समस्या देखिएमा चिकित्सकको सिफारिस अनुसार औषधि सेवन गर्नुपर्छ । अवस्था अझ जटिल भएमा अस्पताल भर्ना भएर उपचार सुरु गर्नुपर्छ ।

कतिपय मानिसहरुले चिकित्सकको सल्लाह बिना नै घरमा अक्सिजन लगाएर बसेका छन् । यसरी चिकित्सकको सल्लाह बिना घरमा अक्सिजन लिनु हुँदैन । अक्सिजनमात्र उपचार होइन । अक्सिजनको कमी भए वा श्वास फेर्न गाह्रो भएमा तुरुन्त अस्पताल जानुपर्छ ।

अहिलेको दोस्रो लहरले एक रातमै स्वास्थ्य अवस्था नाजुक बनाउन सक्छ । त्यसैले हेलचेक्राइँ गरेर घरमै बस्नु हुँदैन । अस्पतालमा बेड नभएपछि त्यहाँ गइसकेपछि केही न केही व्यवस्था हुन्छ । साथै, अर्को अस्पतालसँग सहकार्य गरेर भएपनि बिरामीलाई सहज हुने काम हुन्छ ।

कस्तो अवस्थामा परीक्षण गर्ने ?

– अचानक १०२ डिग्रीभन्दा धेरै ज्वरो आएमा
– सुख्खा लहरे खोकी लागेमा
– श्वास फेर्न गाह्रो भएमा
– छातीको एक्सरे गर्दा निमोनियाको लक्षण देखिएमा
– एकदम थकाइ लाग्ने
– शरीर दुख्ने समस्या भएमा
– स्वाद तथा गन्ध नआएमा

(डा. पाण्डेसँग गरिएको कुराकानीमा आधारित)



सम्बन्धित खबरहरु

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

Latest










Popular
Suggested