English

तेस्रो विश्वयुद्धको चर्चा

के कोरोना जैविक हतियार हो ?



कोरोना भाइरसलाई लिएर चीनको दाबीमाथि अहिलेसम्म कसैले स्वीकारेका छैनन् । हरेकको यही प्रश्न छ कि, चीनमा पहिलो पटक कोरोना भाइरस देखिएको थियो, तर अहिले यति सुरक्षित कसरी छ ? कसरी चीनले ६ देखि ८ महिनामै कोरोनालाई नियन्त्रण गर्यो । जबकी अमेरिका जस्ता शक्तिशाली र विकसित देशले समेत २ वर्ष यता घुँडा टेकीरहेका छन् । ।

हालै एउटा नयाँ रिपोर्ट सार्वजनिक भएको छ । जो कोरोना भाइरससँग सम्बन्धित छ र चीनमाथिको शंकालाई झनै डरलाग्दो बनाएको छ ।
यो रिपोर्ट २०१५ को घटनाक्रमसँग जोडिएको छ । जुन बेला मानिस कोरोनासँग अन्जान थिए । तर चीनले त्यहिबेला कोरोना भाइरसलाई हतियारको रुपमा प्रयोग गर्ने बारेमा परीक्षण गरिरहेको थियो । यति मात्रै होइन, चिनियाँ सैन्य वैज्ञानिकले तेश्रो विश्व युद्ध जैविक हतियारबाट हुने भविष्यवाणी गरेको भन्ने आशंका छ ।

अमेरिकी विदेश विभागले पाएको जासुसी दस्ताबेजको श्रोत दिँदै मिडिया रिपोर्टमा यो दाबी गरिएको हो ।

भाइरस कृत्रिम रुपमा परिवर्तन गर्न मिल्ने र यसले मानवलाई बिरामी बनाउने भाइरस उत्पत्ति गर्न मिल्ने गरी बनाइएको बताइएको छ ।

ब्रिटेनको ‘द सन’ न्यूजपेपरले अष्ट्रेलियाको समाचार पत्र ‘द अष्ट्रेलियन’को श्रोत दिँदै अमेरिकी विदेश विभागले हात पारेको बम्बशेल अर्थात् बिस्फोटक जानकारीको अनुसार चिनियाँ सेना पीएलएका कमाण्डरले यो कुटिल पूर्वानुमान लगाइरहेका छन् ।

अमेरिकी अधिकारीले पाएका यी कथित दस्तावेजमा २०१५ मा सैन्य वैज्ञानिक र चीनका स्वास्थ्य अधिकारीले लेखेका थिए । जो आफैँ कोरोना भाइरसको बारेमा अनुसन्धान गरिरहेका थिए ।

चिनियाँ वैज्ञानिकले ‘सार्स कोरोना’ भाइरसको चर्चा जेनेटिक हतियारको नयाँ युगको रुपमा गरेका छन् । कोरोना यसको एउटा उदाहरण हो । चिनियाँ सैनिकले यसको चर्चा एक जैविक हमलाबाट शत्रुको स्वास्थ्य व्यवस्थालाई ध्वस्त पार्न सकिनेको रुपमा गरेका छन् ।

चिनियाँ सैनिकले यो दस्तावेजमा अमेरिकी वायुसेनाका कर्नल माइकल जेको अध्ययनलाई पनि नियालेको बताएका छन् । जसले तृतीय विश्वयुद्ध जैविक हतियारबाट लड्ने भविष्यवाणी गरेका थिए ।

चीनको सरकारी पत्रिका ‘ग्लोवल टाइम्स’ले यो लेख प्रकाशित गरेको भन्दै ‘द अष्ट्रेलियन‘को आलोचना गरेको छ र यसलाई चीनको छवि बिगार्न रचेको षड्यन्त्र बताएको छ ।

यसमा भाइरस कृत्रिम रुपमा परिवर्तन गर्न मिल्ने र यसले मानवलाई बिरामी बनाउने भाइरस उत्पत्ति गर्न मिल्ने गरी बनाइएको बताइएको छ । त्यसपछि एउटा यस्तो हतियारको रुपमा प्रयोग गर्न सकिन्छ, जो संसारमा कसैले देखेको थिएन ।

यो दस्तावेजमा चीनको प्रमुख स्वास्थ्यअधिकारीहरुको लेख रहेको बताइएको छ । कोरोनाको पहिलो केस २०१९ मा फेला परेको थियो । त्यसपछि यो वैश्विक रुपमा फैलिएको थियो ।

यो खुलासापछि अष्ट्रेलियन राजनेता जेम्स पेटरसनले यो दस्तावेजले कोरोनाको उत्पत्तिलाई लिएर चीनमाथि थप शंका पैदा गरेको बताएका छन् । तर चीनको सरकारी पत्रिका ‘ग्लोवल टाइम्स’ले यो लेख प्रकाशित गरेको भन्दै द अष्ट्रेलियन‘को आलोचना गरेको छ र यसलाई चीनको छवि बिगार्न रचेको षड्यन्त्र बताएको छ ।

यो पनि पढ्नुहोस्

महामारीमा झनै बढे लैङ्गिक हिंसा
‘नेपालमा स्वास्थ्य संकटकाल घोषणा गर्न ढिलो भइसक्यो’
गाउँका डाक्टर : पुछारे माइला
निषेधाज्ञामा घर बस्दा के खाने, के नखाने ?
होम आइसोलेसनमा बस्दा के गर्ने, के नगर्ने ?
कोरोना संक्रमितले कस्तो अवस्थामा अस्पताल जाने ?
अन्योलमा राष्ट्रिय जनगणना
कोरोनासँग जोडिएका १० भ्रम र सत्य
काठमाडौं उपत्यकाका कुन अस्पतालमा कति छन् आईसीयू र भेन्टिलेटर ?



सम्बन्धित खबरहरु

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

मंसिर २८, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ। ‘टु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

Latest










Popular
Suggested