यो हो संसारको सबैभन्दा अचम्मको मन्दिर



संसारमा रहस्यको कमी छैन। प्राय रहस्यहरू मन्दिरहरूमा अवस्थित छन्। आज हामी तपाईँलाई एउटा यस्तो मन्दिरको बारेमा बताउन गइरहेका छौँ, जसको बारेमा तपाईँले आजसम्म सुन्नु भएको छैन । यस मन्दिरको विशेष कुरा यो हो कि यस मन्दिरको ढुङ्गालाई ठक्कर दिँदा त्यहाँबाट ड्रम जस्तो आवाज निस्कन्छ।

भगवान् शिवलाई समर्पित यो मन्दिर भारतस्थित हिमाचल प्रदेशको सोलन जिल्लामा अवस्थित छ। यस मन्दिरको बारेमा यो दाबी गरिएको छ कि यो एसियाको सबैभन्दा अग्लो शिव मन्दिर हो। हिमाचल प्रदेशलाई देवभूमि भनिन्छ। यहाँ सयौँ मन्दिरहरू छन् र सबै मन्दिरहरू रहस्यले भरिएका छन्। सोलन जिल्लामा अवस्थित यस मन्दिरको नाम जटोली शिव मन्दिर हो। दक्षिण द्रविड शैलीमा बनेको यस मन्दिरको उचाइ करिब १११ फिट रहेको छ ।

मन्दिरको भवन निर्माण कलाको एक अद्वितीय नमुना हो। यस मन्दिरको बारेमा यो विश्वास छ कि भगवान् शिव पौराणिक समयमा यहाँ आएका थिए र केही समय यहाँ बसेका थिए। पछि सन् १९५० को दशकमा स्वामी कृष्णानन्द परमहंस नामका बाबा यहाँ आएका थिए, जसको निर्देशनमा मात्रै जटोली शिव मन्दिरको निर्माण कार्य सुरु भएको थियो।

त्यसपछि सन् १९७४ मा उनले यस मन्दिरको शिलान्यास गरेका थिए । तर, सन् १९८३ मा उनले समाधि लिएका थिए तर मन्दिर निर्माणको काम रोकिएन, बरु मन्दिर व्यवस्थापन समितिले काम गर्न थाल्यो । जटोली शिव मन्दिर पूर्ण रूपमा तयार हुन करिब ३९ वर्ष लागेको थियो । करोडौँ रुपैयाँको लागतमा बनेको यस मन्दिरको सबैभन्दा विशेष कुरा यो हो कि यो भारत तथा विदेशका भक्तजनहरूको चन्दाबाट बनाइएको हो।

यही कारणले यसलाई निर्माण गर्न तीन दशकभन्दा बढी समय लाग्यो । यस मन्दिरमा विभिन्न देवी–देवताका मूर्तिहरू स्थापना गरिएको छ भने मन्दिरभित्र क्रिस्टल ढुङ्गाको शिवलिंग स्थापना गरिएको छ। यसका साथै यहाँ भगवान् शिव र माता पार्वतीको मूर्ति पनि स्थापना गरिएको छ । साथै, मन्दिरको माथिल्लो छेउमा ११ फिट अग्लो सुनको कलश पनि राखिएको छ, जसले यसलाई विशेष बनाउँछ। हरेक वर्ष भारत र अन्य देशबाट हजारौँ भक्तजनहरू यहाँ पुग्छन् र आफ्नो कामना गर्छन्।

यो पनि…
११ नम्बर लाई किन यति धेरै माया ?
एलियन जस्तै देखिने जङ्गल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

तपाईँले संसारका सबै तालहरूको बारेमा सुन्नु भएको होला। कोही धेरै ठुला छन् र कोही धेरै साना र गहिरो आकारका छन्।

जमिनमा नै घर बनाएको देख्नु भएको छ, तर एउटा यस्तो ठाउँ छ जहाँ जमिनमुनि घर बनाएर बस्छन् । यी घरहरू

जो कोही सधैँ जवान र सुन्दर रहन चाहन्छन्। तर यो गाह्रो मात्र होइन असम्भव पनि छ। आज हामी तपाईँलाई एउटा

कहिलेकाहीँ आकाशमा अद्भुत र अनौठो खगोलीय घटनाहरू देखिएका छन्। केही दिनअघि आकाशमा चन्द्रमासँगै शुक्र ग्रह पनि देखिएको थियो । यो