English

समान्थाले किनिन् पूर्व पति नागाको घर



साउथ फिल्म स्टार समान्था रुथ प्रभुको नाम पूर्व पति तथा अभिनेता नागा चैतन्यलाई लिएर प्रायः जोडिने गरेको छ । यिनै समान्थाले हालैमात्र नागाको हैदाराबादस्थित एक पुरानो घर किनेकी छन् । यो घर किन्न उनले दुई गुना बढी पैसा तिर्नु परेको छ ।

सन् २०२१ मा समान्था र नागाले सामाजिक सञ्जालमार्फत सम्बन्धविच्छेदको घोषणा गरेका थिए । त्यसपछि उनीहरुको बाटो सदाका लागि अलग–अलग रह्यो ।

तर हैदराबादस्थित नागाको यो घर समान्थाले किनेपछि पुनः यो जोडी चर्चामा छन् । उनले किनेको यो घरमा कुनै समय उनी नागासँग बस्थिइन् । तर सम्बन्धविच्छेदपछि दुवैको सहमतिमा यो घर बेचिएको थियो । अहिले पुनः यो आलिशान घरलाई समान्थाले दुई गुना मूल्यमा किनेकी छन् ।

लामो समयदेखि ठूलो पर्दामा नदेखिएकी समान्था चाँडै नै फिल्म ‘यशोदा’मार्फत दर्शकमाझ पुनरागमन गर्दैछिन् । यो तमिल फिल्म अगष्ट १२ मा रिलिज हुँदैछ ।

याे पनि…
मनोजको बाँसुरी धुनमा स्रोता मुग्ध
सात दशकको क्यानभासमा एक कर्मयोगी (भिडियो पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested