English

मनोजको बाँसुरी धुनमा स्रोता मुग्ध



पशुपतिनाथस्थित किरातेश्वर मन्दिरमा १५ बर्षको युवाको प्रवेश हुन्छ । त्यहाँ प्रस्तुत भैरहेको शास्त्रीय संगीतको धुन सुन्छ । निकै प्रभावित हुन्छ । बाँसुरीवादक बन्ने निश्चय गर्छ । त्यहि ठाँउमा नियमित रुपमा बाँसुरी बादनको अभ्यासलाई निरन्तरता दिन्छ । यो झण्डै तीनदशक अघिको कुरा ।

ती युवा थिए,मनोज सिंह नेवा । मनोज अहिले विश्व विख्यात बाँसुरीबादकका रुपमा चिनिन्छन् ।

बुधबार बेलुकी गुरु पुर्णिमाको साँझ उही किरातेश्वरको प्राङ्गणमा फेरि भेटिए, मनोज । उनले आफ्नो बाँसुरी बादनको संगीतले उपस्थित स्रोतागणलाई यति मुग्ध बनाएकी भारी बर्षा हुँदा पानीमै रुझेर भएपनि संगीतको आनन्द लिइराखे ।

धेरै बर्षपछि मनोजले आफुले तपस्या र मेहनत गरि गरि सिकेको उही प्राङ्गणमा प्रस्तुती दिने मौका पाए । उनलाई तबलामा सरिता मिश्र र अन्य कलाकारहरुले साथ दिए ।

मनोज अहिलेसम्म एक मात्र नेपाली हुन जसले प्रख्यात ग्रामी संगीत पुरस्कारमा मनोनयन हुने अवसर प्राप्त गरे ।


मनोज हाल अमेरिकाको क्यालिफोर्नियामा बसेर आफ्नो सांगीतिक कार्यहरु गरिराखेका छन् । उनले करिब २० देशमा नेपाली शास्त्रीय सांगीतिक प्रस्तुती दिएर नेपालको संगीतलाई बिश्वब्यापी गर्ने काममा निरन्तर सक्रिय छन् ।

शब्द / तस्विरहरु : विकास रौनियार

यो पनि…
नेपाली रंगमञ्चमा अनुराधा मजुमदार (फोटोफिचर)
मुगुको विद्यालयका लागि हाँसोको सहकार्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested