English

मनोजको बाँसुरी धुनमा स्रोता मुग्ध



पशुपतिनाथस्थित किरातेश्वर मन्दिरमा १५ बर्षको युवाको प्रवेश हुन्छ । त्यहाँ प्रस्तुत भैरहेको शास्त्रीय संगीतको धुन सुन्छ । निकै प्रभावित हुन्छ । बाँसुरीवादक बन्ने निश्चय गर्छ । त्यहि ठाँउमा नियमित रुपमा बाँसुरी बादनको अभ्यासलाई निरन्तरता दिन्छ । यो झण्डै तीनदशक अघिको कुरा ।

ती युवा थिए,मनोज सिंह नेवा । मनोज अहिले विश्व विख्यात बाँसुरीबादकका रुपमा चिनिन्छन् ।

बुधबार बेलुकी गुरु पुर्णिमाको साँझ उही किरातेश्वरको प्राङ्गणमा फेरि भेटिए, मनोज । उनले आफ्नो बाँसुरी बादनको संगीतले उपस्थित स्रोतागणलाई यति मुग्ध बनाएकी भारी बर्षा हुँदा पानीमै रुझेर भएपनि संगीतको आनन्द लिइराखे ।

धेरै बर्षपछि मनोजले आफुले तपस्या र मेहनत गरि गरि सिकेको उही प्राङ्गणमा प्रस्तुती दिने मौका पाए । उनलाई तबलामा सरिता मिश्र र अन्य कलाकारहरुले साथ दिए ।

मनोज अहिलेसम्म एक मात्र नेपाली हुन जसले प्रख्यात ग्रामी संगीत पुरस्कारमा मनोनयन हुने अवसर प्राप्त गरे ।


मनोज हाल अमेरिकाको क्यालिफोर्नियामा बसेर आफ्नो सांगीतिक कार्यहरु गरिराखेका छन् । उनले करिब २० देशमा नेपाली शास्त्रीय सांगीतिक प्रस्तुती दिएर नेपालको संगीतलाई बिश्वब्यापी गर्ने काममा निरन्तर सक्रिय छन् ।

शब्द / तस्विरहरु : विकास रौनियार

यो पनि…
नेपाली रंगमञ्चमा अनुराधा मजुमदार (फोटोफिचर)
मुगुको विद्यालयका लागि हाँसोको सहकार्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य