English

पहिलो नेपाली अनि वैदिक सनातनी हिन्दु



हिन्दुको सम्बन्धमा ‘असली हिन्दुस्तान नेपाल हो’ भनेर भनेका थिए राजा पृथ्वीनारायण शाहले । क्रिस्चियनको बिउ जयप्रकाश मल्लले धेर थोर उपत्यकामा राज्य सत्ता टिकाउन र पृथ्वीनारायण शाहको एकीकरण अभियानलाई कमजोर पार्नका लागि भित्रयाएका थिए ।

इतिहासकारहरुका अनुसार, रत्न मल्लको पालादेखि मुसलमानहरु नेपाल भित्रिन थाले । त्यसबेला कौल धर्म (स्थानीय ज्यापू समुदायको) बौद्धधर्म, हिन्दुको शैव, सौर्य, गणपत्य, वैष्णव धर्म, किरातीहरु मन्धुम, प्राकृतिक पूजक स्थानीय रैथानेहरुले मान्दै आएका थिए भनेर अनुमान गर्न सकिन्छ । पृथ्वीनारायण शाहको एकीकरणपछि हिन्दु धर्मावलम्वीहरु तत्कालिन मुस्लीमहरुको इस्लाम, बौद्ध धर्मावलम्वीहरुले राज्य सत्ताको तत्कालिन बनोट अनुरुप अभ्यास गर्दै आए । प्रतापसिंह शाह राजा भएपछि दरवारभित्रको अन्तरकलह बिस्तारै सुरु हुन थाल्यो । यही मौकामा भारतमा रहेका अंग्रेजहरुले नेपालभित्र विस्तारै सुँढ पसार्न थाले । क्रिश्चियनहरुले विस्तारै गुपचुपरुपमा आफ्ना गतिविधि गर्न थाले ।

भारतमा लाखौ संख्यामा हिन्दुहरु मुस्लिमिकरण भए । त्यसबेलाको अवस्थामा जिउ ज्यानको सुरक्षाको लागि, सम्पत्तीको सुरक्षाको लागि र पद र प्रतिष्ठाको लागि पनि मुस्लिम भए भन्ने पनि छन् । अंगे्रजको भारत प्रवासपछि झन् हिन्दुत्वको सन्दर्भमा नयाँ धर्मले प्रवेश पायो । हिन्दुहरु क्षयिकरण र दासको अवस्थामा रहन पुगे । नेपालमा मल्लकालमा मुस्लिमको बेला बेलामा आक्रमण भएता पनि कब्जा गर्न सकेको थिएन मुगल साम्राज्यले नेपाललाई । अंग्रेजसंगको बेला बेलाको युद्धले सुगौली सन्धीमा गएर नेपालको धेरै भूभाग इष्ट इण्डिया कम्पनीको मातहतमा गए । तर शासक चाँहि बाहिरी रुपमा नेपाली नै रहे । अझ राणाकालमा चलखेल भन्दा पनि अंग्रेज रिझाउने, युद्धमा सहयोग गरेवापत मस्लिम समूदायहरु समेत रहेको बाँके, बर्दिया, कैलाली, कन्चनपुर (४ मुलुक) नेपालले अंग्रेजबाट सार्वभौम नेपाल कै क्षेत्रमा रहने गरी प्राप्त भयो ।

नेपालको संवैधानिक इतिहासलाई केलाउँदा २००४ को संविधानले नेपाललाई हिन्दु राष्ट्र भनेन । २०४७ सालको क्रान्तिपछिको अन्तरिम विधानले पनि हिन्दुको सम्बन्धमा केही बोलेन । भलै राजालाई विष्णुको अवतार मान्ने परम्परागत संस्कृतिलाई कुनै बाधा पु¥याएन । २०१९ को संविधानपछि नेपाललाई हिन्दु अधिराज्य घोषणा गरियो । २०४७ को संविधानले पनि त्यसलाई कायम नै राख्यो । २०६२-०६३ को आन्दोलन लोकतन्त्रको लागि थियो । लोकतन्त्र प्राप्तीपछिको पुनस्र्थापित संसदले कसको इसारामा हो बिना माग, एजेण्डा विहिन अवस्थामा नेपाललाई धर्म निरपेक्ष राष्ट्रको रुपमा घोष्णा गर्यो । २०७२ को संविधानले त्यसलाई निरन्तरता दियो ।

विश्वमा एकमात्र हिन्दु राष्ट्रको रुपमा चिनिने नेपाल र धार्मिक पर्यटनको असिम सम्भावना बोकेको नेपाललाई किन धार्मिक निरपेक्षता घोषणा गरियो ? त्यसको सन्दर्भमा २०६२–०६३ को जनआन्दोलनका सुप्रिम कमाण्डर गिरिजाप्रसाद कोइरालाले त धर्ति छाडिसके । बाँकि अझै यहि धर्तिमा छन् । तिनले अझै प्रष्टरुपमा किन गरियो भनेर आजसम्म सत्य तथ्य जनता सामु ल्याएका छैनन् ।

धर्म जस्तो संवेदनशिल विषयमा जनमत यसकारण गरिएन कि बहुमत हिन्दुहरुको हुनाले जनमत संग्रहमा हिन्दुहरुले जित्ने संभावना भएकोले वेष्टमोडेल प्रजातन्त्रमा कहि कतै पहिचानहरु हावि त भएन भन्ने चर्चा गाउँघरमा अझै सेलाएका छैनन् । किन हटाइयो ? जानकारी त राख्न पाइन्छ नी नेपाली नागरिकको नाताले । हिन्दु राष्ट्र बन्छ वा बन्दैन, यो भविष्यको कुरो हो । नेपालको संविधान लामो समयसम्म टिकेको त पञ्चायतको कालरात्रीमा मात्र हो । त्यसपछी २०४७ को सम्बन्धमा १५वर्ष टिक्न मुस्कील भयो । अहिलेको मौजुदा संविधान कति सम्म टिक्छ त्यो परम्पराको हिसावको आधारमा भन्ने हो भने आयू २० वर्ष नै होला ।

अहिले एकथरी राजा सहितको हिन्दु धर्म घोषणाको माग गरेका छन् । त्यो झुण्डको पनि नेपालमा आफ्नै अस्तित्वमा छ । राजतन्त्र विरुद्ध गणतन्त्र आएकोले गणतन्त्र पक्ष पनि पुर्ण हावी छ नेपालमा । अर्को थरि गणतन्त्रभित्र हिन्दु धर्मको स्थापनाको लागि एउटा समूह प्रयासरत छन् । गणतन्त्रमा पनि धार्मिक राष्ट्र घोषणा भएको थुप्रै मुलुकहरु छन् । राजा र हिन्दु धर्म एक आपसमा अन्तर घुलन गरिएको पूरोहितवादको कारणबाट लोकतन्त्रवादी भन्नेहरु फेरी राजतन्त्र व्यूतिने सम्भावना भएकोले धर्म निरपेक्षता घोषणा गरिएको तर्क दिने पनि छन् । झिनो स्वरमा हिन्दू धर्मको सम्बन्धमा ठूला राजनैतिक दलहरुमा पनि यसले प्रवेश पाइरहेको छ ।

मैले जनसंख्या विवरण भर्न आउनेलाई धर्म के हो भन्ने विषयमा हिन्दु लेखाएको छु । यस्तै–यस्तै भएकाले शायद कुल जनसंख्याको ८० प्रतिशतले हिन्दु लेखाएका छन् । लेखाउनु र लेखिनु मात्र को यो कुरा हो । ८० प्रतिशतकै मान्छे राष्ट्रपति, प्रधानमन्त्री राज्यका अवयवहरुमा पुग्नु पर्छ भन्न खोजिएको होइन । ८० प्रतिशत बाहेक जोसूकै धर्माम्वलम्वीहरु पनि राज्यको नीतिगत निर्णय गर्ने तहमा पुग्नु पर्छ । कुनै पनि प्रचलित धर्मको नास हुनु हँुदैन र अर्कैको धर्मलाई लोभ लालच, पद, प्रतिष्ठा दिएर आफ्नो धर्ममा धर्मान्तरण गर्नु पनि महाअपराध नै हो । मूल धर्मले मनुष्य बन्न सिकाउछ, बाँकी पछि थपथाप भएका विभिन्न धर्मका कर्मकाण्डले मनुष्यलाई जड बनाउदै अन्धविश्वासी, रुढिबादी बनाएको यथार्थ पनि विश्व सामू नै छ ।

आज भारतमा भारतीय जनतापार्टीको वहुमतको सरकार आए पछि २०४६ मा चन्द्रशेखर लगायतले आदोलनमा समर्थन, २०६२–०६३ मा सितारम यचुरी लगायतको समर्थन भैm हिन्दु धर्मको लागि मोदी, अमित शाह र योगी, आदित्यनाथ जस्ता नेतारु विभिन्न धार्मिक गुरुहरुले हिन्दु धर्म नेपाल ल्याउने सन्दर्भमा सबै किसिमको शक्ति प्रयोग गरिदिए हुन्थ्यो भनेर याचना गर्ने पनि छन् । नेपालमा यहि मेसोमा राजतन्त्र पुर्नस्थापना हुन्छ कि भनेर परम्परागत शक्ति पनि आफ्नै अभ्यासमा छ । ओलीको राममन्दिर एजेण्डा, शेरवहादुरको ज्योतिषतन्त्रप्रतिको विश्वास, शसांक र शेखर कोइरालाहरुको हिन्दू धर्म सम्बन्धी धारणा, प्रचण्डहरु भित्र भित्र विभिन्न साधु सन्त धार्मिक अयोजनामा पुग्नु पनि हिन्दु मानसिकतालाई छुन खोजेका मात्र छन् भोटका लागि ।

डलरले धर्मान्तरण, रियादहरुको चलखेल, आइसीबाट प्राप्त हुने हिन्दु एजेण्डाको चलखेलले हिन्दु, बौद्ध, मुन्धुमवादी प्रकृतिपरक कसैलाई भारतको राष्ट्रिय स्वयंसेवक संघले जनसंघ देखि भारतीय जनता पार्टी हुदै आज नरेन्द्र मोदीलाई हिन्दुकार्डको आधारमा सत्तामा पु¥याएको छ । फणिस्वर रेणुको ‘मैला आँचल’ किताबमा आरएसएसको गतिविधि साहित्यिक तवरबाट उल्लेख भएको छ । भलै उनी जयप्रकाश नारायण नजिकका भारतका प्रशिद्ध साहित्यकार हुन् ।

वितृष्णा, आक्रोश, अराजकता, लुटतन्त्र लगायत नेताहरु, दलहरुको आचरण व्यवहारले भोली कुन संविधान ल्याँउछ त्यसले हिन्दु राष्ट्र बनाउछ बनाउदैन, त्यो भविष्यलाई छोडिदिऊ या यहि नै निरन्तरता हुन्छ । मनुस्मृति नयाँ ढाँचामा पुर्नलेखन या त्यसको रुढतालाई आजको सन्दर्भमा व्याख्या गरिन्छ,त्यो बेग्लै बहसको विषय होला । भारतमा भारतीय जनता पार्टी सरकारमा आउनुमा आएसएसको एजेण्डमा भारतीयहरुको बहुमत समर्थनकै कारणले सम्भव भएको हो । विकासको दौर नेहरु कालदेखि सन् २०१४ सम्म पनि निरन्तरता, तिव्रता, ढिलासुस्तीको रुपमा भैरहेको थियो र आज पनि त्यहि भैरहेको छ । धर्म भावनासंग जोडिन्छ । भारतका नेहरुको आरएसएस प्रतिको दृष्टिकोण पनि समय सान्दर्भिक भएकोले राख्ने प्रयत्न गरेको छु । उनी सत्य हुन या आरएसएसको भावना सत्य हो ? भारतीय जनताले छुट्याउने कुरो हो ।

सन् १९४७ मै नेहरुले आरएसएसलाई फासिष्ट संगठन भनेका छन् । सन् १९४७ मा नै मुख्य मन्त्रीहरुलाई लेखेको चिठ्ठीमा भनेका छन् । उनले राष्ट्रिय स्वयंसेवक संघको चरित्र एक नीजि सेनाको झंै नाजी लाइनमा चलिरहेको आरोप लगाएका छन् । सरदार बल्लभ भाइ पटेलले सन् १९४८ को कांग्रेसको जयपुर अधिवेशनमा बोलेका थिए–सरकार र काँग्रेस भारतलाई एक सच्चा धर्मनिरपेक्ष देश बनाउन कटीबद्ध छ । आरएसएस प्रतिबन्धित पनि भयो । हिन्दुको भावनालाई संगठित गर्दे भाई संगठन भारतीय जनता पार्टी मार्फत् गठबन्धको अटल विहारी बाजपेयी हुदै सरकार बनायो ।

भारतमा मुगल र अंग्रेजकालमा हिन्दुहरुप्रति विभेदकै कारण, अंग्रेजको ‘फुटाउ र राज गर’ भन्ने नीतिकै कारण त्यो भावभंगिलाई राजनैतिक दिशा दिन सफल भएको कुरालाई इन्कार गर्न सकिदैन । आरएसएसले छत्रपति महाराजका सन्तान भारतको राजा हुनुपर्छ भनेर भनेको छैन । कोही भन्छन्,आरएसएस नेपालमा हिन्दु राष्ट्र घोषणा होस् भन्ने चाहन्छ,संविधान निर्माणको कालदेखि आज सम्म नै ।

पहिला हिन्दु राष्ट्र भारतलाई हिन्दू राष्ट्रको रुपमा घोषणा गरियोस् अनि छिमेकीमा चासो राख्न उपयुक्त हुन्छ भन्नेहरु पनि छन् । आरएसएसले महात्मा गान्धी र नेहरुलाई मुस्लिम समर्थक र हिन्दू धर्म विरोधीको रुपमा चित्रित गरेको पाइन्छ । हिन्दु राष्ट्र नेपालमा आजै चाहिने,अहिल्यै चाहियो भनेर माग गरेको होइन किन हटाइयो भनेर सचेत नागरिकको चासो हो । संविधान बनेर संविधान बमोजिम चूनाव भएर स्वार्थको वाम सरकार, अदालती सरकार हुदै चूनावको सन्मुख आएका छौ । दंगा, हिंसा, राज्य विप्लवको लागि होइन वर्तमान राष्ट्रिय दलहरु भोट माग्न आँउदा किन हिन्दु राष्ट्र हटाइयो, धर्मनिरपेक्षताले कति पर्यटहरु बस्यो ? फेरी स्थानीय सरकारको मठ मन्दिर गुम्बा चैत्यमा खर्च गर्ने कार्य किन उत्साहित भइरहेका छन् ? मुलुक अझ समुन्नत हुनुपर्ने ठाँउमा वर्तमान राजनैतिक चरित्रका कारणले हुन नसेकेको सन्दर्भमा धर्मनिरपेक्षताले के कति विकास दर बढायो, यो त सोध्नै पर्छ जस्तो लागेको छ ।

म हिन्दु हँु गर्वले भन्छु अन्य धर्मावलम्वीले पनि गर्वकासाथ भन्न पाउनु पर्छ । आफ्नो धर्मका सम्बन्धमा । म हिन्दु मिसनको अभियन्ता पनि होइन । तर मनमा सामाजिक धर्मका प्रश्नहरु आगोको ज्वाला झै उठेपछि सार्वजनिक रुपमा सोध्ने साहस गरेको हुँ । मूर्त चेतनामा म लोकतन्त्र पक्षपाति हुँ तर अमुर्त चेतनामा हिन्दू राष्ट्रले घर गरेको जस्तो लागेको छ । मूर्त र अमूर्तको मिलनको खोजीमा छु । यही जिवनमा या छोरा नातिको पालामा या हातमा लाग्यो सून्य हुन्छ । वेदान्ती र अद्घेत दर्शन सून्य, नागार्जुनको बुद्ध दर्शनमाथि सुन्यको व्याख्या, सून्य हुदैमा पनि आकाश खसी हाल्दैन र आकाश खस्दैन । म पहिले नेपाली त्यसपछी हिन्दु भएवापत वर्तमान संविधानमा यति पनि बोल्न, लेख्न पाइदैन भने के–को बहुलवाद र लोकतन्त्र ?

यो पनि…
मान्छेले बाँचेको आजको परिवेश
म र मेरो मध्यमवर्गीय भ्रमको आलाप



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको नदी किनारका सरकारी जग्गामा बसोबास गरिरहेका सुकुम्बासीहरुलाई विभिन्न विकल्प दिएर हटाउन आदेश दिएको छ । न्यायाधीश

बाढी–पहिरोले देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । जसका कारण सामान ढुवानीमा समेत ठूलो असर परेको छ । अविरल वर्षा

नव गायक राज सापकोटा र गायिका समिक्षा अधिकारीको युगल स्वरमा रहेको लोक शैलीको ‘चट्ट रुमालमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको

Latest










Popular
Suggested