English

हिन्दु राष्ट्रको वकालत गर्ने जिम्मा किराँती नेतामा



रातभर भएको मतगणनाको परिणामले राप्रपा अध्यक्षमा राजेन्द्र लिङदेनलाई बिजयी बनाएपछि परम्परागत रुपमकै राजसंस्था र हिन्दु राष्ट्रको वकालत गर्दै आएको पार्टीको भविश्य के हुन्छ भन्ने विषयमा बहस सुरु भएको छ । 

हिन्दु धर्म र राजसंस्थाका कट्टर पक्षपाती सुर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्द, पशुपति शमशेर जबरा हुँदै कमल थापा जस्ता नेताको नेतृत्वबाट पहिलो पटक राप्रपाको नेतृत्व युवा पुस्तामा हस्तान्तरण भएको छ । 

हिन्दू धर्मको वकालत गर्ने पार्टीका अध्यक्ष लिङ्देन भने किराँत धर्म मान्छन् । ‘हामी धर्मको महलमा किराँत लेख्छौँ,’ राजेन्द्रका भाइ तथा राप्रपा झापा क्षेत्र नम्बर ३ ‘ख’ अध्यक्ष रविन्द्र भन्छन्, ‘राप्रपाले दिएको विषय व्यक्ति र जाति विशेष हैन । पहिचानको कुरा हो । हामीलाई दोधार र अप्ठेरो हुँदैन । मेचीदेखि महाकालीका समग्र नेपालीलाई जोड्ने सनातन हिन्दू धर्म हो ।’

राप्रपाको नेतृत्व युवा पुस्तामा मात्र गएको छैन, पहिलो पटक गैर हिन्दुले राप्रपाको आगामी चार वर्षे विरासत धान्ने छन् । लिङ्देन  किराँत धर्म मान्छन् ।  तर उनले नेतृत्व गरेको पार्टी राप्रपाका निर्वाचित सबै नेता हिन्दु धर्ममा विश्वास गर्छन् । 

पहिलो पटक गैर हिन्दुले नेतृत्व गरेको पार्टीले अब हिन्दु राष्ट्रको वकालत गर्दा लिङ्देनले अर्को एउटा चुनौती पनि सामना गर्दैछन् । प्यानल बनाएर भएको प्रतिस्पर्धामा उपाध्यक्षमा धवलमशेर राणाबाहेक लिङ्देन प्यानलका सवै पराजित भएका छन् । 

निवर्तमान संस्थापनका नेतासँग सहकार्य गरेर अब लिङदेनले राजसंस्था र हिन्दु राष्ट्रको वकालत गर्न कति चुनौती खेप्लान, त्यो हेर्न बाँकी छ  । तर, परम्परागत नेतृत्वलाई युवा पुस्तामा ल्याउन राप्रपाका प्रतिनिधिले पुर्‍यएको विवेकले अन्य दललाई समेत नेतृत्व हस्तान्तरणका लागि दबाब भने अवस्य दिएको छ । 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested