वर्तमानको गणतन्त्र प्रति मेरो व्यक्तिगत अनुभूति



भर्खरै एउटा विदा मनाउने दिवस विदा भएर गएछ गणतन्त्र । गणतन्त्र २००७ सालमा तत्कालिन राजा त्रिभुवनले पनि गणतन्त्र ल्याउने कुरा गरे । २०४६ को जनआन्दोलन पछि राजनैतिक स्वतन्त्रता प्राप्त भयो संवैधानिक राजतन्त्र सहित । जनताको मनोभावना जनजिविका लगायत सवालमा ध्यान नदिइ सत्ता सुरा सुन्दरी पट्टि दलका नेताहरु लाग्दा राजनैतिक प्रणाली प्रति नै कतै कतै वितृष्णा जाग्न थाल्यो । राजाले सत्ता आफ्नो हातमा लिएर राजकाज गर्न लागे । बहुदल प्रति जनताको निराषा नहुदा नहुदै पनि नेतृत्वको आचरणबाट राजालाई महत्वाकांक्षा जगायो । सिङ्ग बहुदल पक्ष बहुल पक्षधरहरुले राजको कदम विरुद्ध आन्दोलन हुन थाल्यो ।

गणतन्त्र आए पछि जनताको यावत् समस्याहरु समाधान हुन्छन् । नेताहरु सुध्रिन्छन्, दलभित्र आन्तरिक लोकतन्त्र फल्छ फुल्छ । वंश भन्दा आम नेपाली जनता मध्ये कोही राष्ट्रको राष्ट्राध्यक्ष हुँदा जनजिविका सवालहरु र लोकतन्त्र मार्फत् जनता सुखि र सम्पन्न हुनेछन् भन्ने सपना देखाइयो । तर भर्खरै गणतन्त्र दिवस आएर गयो । किन आयो किन गयो पत्तो भएन ।

गणतन्त्र पार्टिहरुका गणहरुका गुटतन्त्रलाई बलियो बनाउने अपिल भएछ । गणतन्त्रका लागि मरेका आमा, श्रीमती, पिता, छोरा, भाईहरु, गणतन्त्रलाई टुलुटुलु हेरेर बसेका छन् । यो कस्तो तन्त्र भन्दै । सपनामा तुषारापात । नेपालीले वंशवादको विरुद्ध गणतन्त्र ल्यायो । फेरी वंशवाद सुरु भयो । पहिले ८–१० जना मात्र वंशवाद भीत्र उपाधी गर्ने हुन्थे भने अहिले हजारौको संख्यामा वंशवादको राजनीति चम्किएको छ । हिजो एउटा सेतो हाती भनिन्थ्यो आज हजारौ सेता हाती राज्यका करबाट पाल्नु पर्ने भएको छ । सत्रहजार र थप अन्य आन्दोलनको शहिदको सपना आजको वर्तमानको गणतन्त्र हो त, यो प्रश्न यक्ष प्रश्नको रुपमा अघी सरेको छ ।

गणतन्त्रले माधव नेपाललाई उप–प्रधानमन्त्री सम्म भएका थिए वहुदलकालमा संवैधानिक र राजतन्त्रमा । गणतन्त्रले प्रधानमन्त्री बनायो । गिरिजा ५ पल्ट जति राजकालमै प्रधानमन्त्री भए गणतन्त्रमा कार्यवाहक राष्ट्राध्यक्ष सम्म भए । १७ हजारको मृत्युको वलिदानले प्रचण्ड र बावुरामलाई गणतन्त्रले प्रधानमन्त्री बनायो ।

राजाको कालकै गृहमन्त्री के.पी. शर्मा ओलीलाई २ पटक प्रधामन्त्री बनायो गणतन्त्रले । काँग्रेसका गिरिजा लविका हर्ताकर्ता शुशील कोइराला र गोरखाका राजाबाट न्याय पाए भनि गर्व गर्ने गरी प्रधानमन्त्री भएकालाई गणतन्त्रले फेरी प्रधानमन्त्री बनायो । राजाकालका मन्त्रीहरु रामवरण यादव र विद्या भण्डारीलाई राष्ट्रपति बनायो । तिनै अनुहारहरु पदोन्नतीको लागि गणतन्त्र आए जस्तो भयो । तात्विक भिन्नता देखिएन । आचार र व्यवहार जे पहिले थियो त्यहि भइ रहेको छ । कोहि सुध्रिएनन् । जसले २०४६ पछि २०६२ सम्म सत्ता सुविधा भोग गरे । आज पनि तिनैले भोग गर्दैछन् । पूनः उहि अनुहारहरु सत्तमा विराजमान भए ।

आधारभूत रुपमा जनजिवनले कुनै विकास, उन्नती र समृद्धि भएन । पार्टि भित्रका आन्तरिक लोकतन्त्र मारिदै गयो । संविधान बन्यो धेरै पल्ट बन्यो – प्रत्येक पल्टको संविधानले उत्कृष्ठ भएको नाम पायो । संविधानले खान दिएन लाउन दिएन तर संविधानको नाममा धेरै नेताहर फस्टाए, जिवनस्तर भारदारी बनाए । पदम समशेरले राणकालमा संविधान बनाए र घोषणा गरे म राष्ट्रको नोकर हु भने ।

तर जिवनशैली राजानीति राणाकालिन तन्त्र नै रह्यो । त्यसको उनका उत्तराधिकारी मोहन समसेर हेर्दा काफि छ । अहिलेको पनि पदम सम्शेर झै भ्रम छर्न सिपालु छन् गणतन्त्रका मसिहाहरु । कतिले त पदम शम्सेरलाई उछिनी सके । हाम्रा बाजे र बाबुहरु दशैंको टिका थाप्न जादा दही, घ्यू, केरा, खसीको साप्रो लिएर मूखिया माझ जान्थे, आज प्रवत्ति उहि घ्यूको सामानको सट्टा नयाँ नयाँ वस्तुहरु स्तुती र नगद लिएर जानु पर्ने गणतन्त्र आएको छ ।

पहिलेको प्राथमिकता आफ्ना छोरा नाती राणाकाल र राजाकालमा जर्नेल कर्णेल बन्ने राणाकालिन नीति झै आज दलहरु भीत्र नाता–गोता, आफन्त, चाकरीवाजहरु नेता, राजदुत, मन्त्री, सांसद, नेता बन्ने रितिथिती नै कायम छ । रुपमा फरक र सारमा राणाकालिन नै छ आजको प्रवृत्ति । सो प्रवृति हामी भित्रै छ । हामी नेपालीको रगरगमा पसेको छ । अछुतो कोही छैन । यो प्रवृत्ति कहिले सम्म ? सातसालकाले प्रवृतिमा सारमा परिवर्तन गरेन ।

पंचायतकालले मलजल गर्यो । संवैधिानक राजतन्त्रमा पालुवा लाग्यो र गणतन्त्रमा फल नै फल्यो । फलको भोगाधिकार जम्मा नेपाल भरिका हिजो का सम्भ्रान्त वर्ग २५०० जति र आज थप गर्दा १०००० जतिले सिङ्गो फल खाएका छन् । उन्नति तिनैको छ । हिजोको सत्ता पनि तिनकै वरीपरी केन्द्रित, आज पनि तिनै १२००० जतिमा केन्द्रित, बाँकि २ करोड ९० लाख जनता अलमलमा छ । मैले पाइन – त्यसले पायो भनेर झोक चलेको होइन । आफै प्रति टिप्पणी गर्ने मन लागेर टिप्पणी गरेको हो । तिनै १२००० हजारको विभिन्न मन्त्रालय, निकाय, आयोगहरु राज्यको अवयवहरुमा पकड छ ।

तिनै वर्गको जनताको लागि जनताको नाममा जनताले तिरेको कर माथि राज छ । दल भित्र अस्प्रश्य छ, विचारको, दर्शनको, लुटखसौटको । सर्वहाराको राजनीतिको ठेक्का लिनेहरु हुने खाने भइ श्रम लट्ने सवर्ण जातिमा रुपान्तरित भएका छन् भने अन्य दलको चिन्तन नै गरिब बर्गलाई छुवाछुत गर्नु हो । मानसिक, सामाजिक आर्थिक, धार्मिक, राजनैतिक, छुवाछुत किन अझै गणतन्त्रकालमा अझ हराभरा भो भन्ने प्रश्न हो ।

हराभारामा मेरो पनि मेरो परिवारको, मेरो नातागोताको पनि कमजोरी होला, त्यस्तै अन्यको पनि होला, हामी मानसिक विमार छौ, लोकतन्त्र भन्छौ, गणतन्त्र भन्छौ सत्ता तिनै १२ हजारको सेवाको लागि जिवन उत्सर्ग गर्न तत्पर हुन्छौ । लुट्न आएकाहरु लुट्छन् उनीहरुलाई लुट्नु नै धर्म भएको छ गणतन्त्रमा । गणतन्त्र प्रति वितृष्णा होइन । गणतन्त्रका संचालक प्रति वितृष्णा हो । यो वितृष्णाले गणतन्त्र भिरबाट लड्ने त होइन ।

संविधान त कागज हो । न्यायलयले के व्याख्या गर्छ त्यसैलाई जिन्दावाद र मूदार्वाद भन्छौ । कागजमा लेखिएका कुरा कार्यान्वयन भएन । कतिले त्यसलाई कालावजारी गरे, कतिले भ्रम छरे, लेख्नेहरु काहाँ काँहा विके त्यसको हिसाव किताव पारदर्शी ढंगले लेखा परिक्षण हुदैन तवसम्म गणतन्त्रको हाल यस्तै हुन्छ । अर्को जुनसुकै तन्त्र आए पनि जनताले घेरा फाटेको टोपी लगाउने मात्र भए सम्म कुनै पनि तन्त्रले केहि नाप्दैन ।

नयाँ तन्त्र आएमा वा यहि गणतन्त्रमा सम्भ्रान्त वर्गको चलखेल कसरी रोक्ने हो त्यो नै अहिले गहन् विषय हो । वितृष्णाको फाइदा, अतितले लिन खोज्छ नै खोजि रहेको छ । जवसम्म गणतन्त्रको परिभाषा, गणतन्त्रको औचित्य, गणतन्त्रको जिवनको एक अंग वन्नकालागि सवै जनता नै चनाखो हुनुपर्छ, गणतन्त्रको नाममा अन्य तन्त्रको नाममा धन्दा चलाउनेहरुले हामीमा राज गर्ने छन् यदि हामी सचेत भएनौ भने । हाती छाप चप्पल किन्ने सामथ्र्य जुन छैन त्यो भन्दा पनि तल पर्नेछौ । गणतन्त्रको व्याख्या, परिभाषा, औचित्य र जिवनपरक गणतन्त्रको लागि पूनः फेरी रगत बगाउनु पर्ने भएको हो कि । यहि चिन्तन आयो, मनमा बसेको छ । यो व्यक्तिगत अनुभुति हो अन्यको नहुन सक्छ ।

यो पनि…
यसैले सत्यम् शिवम् सुन्दरम्
भष्मेश्वर घाट र चिताको आगोको साक्षि मलामी !



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनाको लागि ‘निर्वाचन आचारसंहित, २०७९’ आजबाट लागू

निर्वाचन आयोगले अस्थायी मतदाताको नामावली संकलन गरिरहेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन

नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान नै मिचेको आरोपमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सत्तारुढ दलनिकट विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । संघीय

प्रतिनिधि सभाले पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि अहिले उनको व्यापक आलोचना भएको छ । विभिन्न राजनीतिक दलका

Suggested