English

भारतको ७३औं गणतन्त्र दिवसमा ‘आजादीका अमृत महोत्सव’



भारतले ७३औं गणतन्त्र दिवस मनाएको छ । यसै अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासले आज (बुधबार) ७३औं गणतन्त्र दिवस मनाएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

लगत्तै उनले कार्यक्रममा भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए । भारतीय राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई ६.३५ करोड रुपियाँ नगद तथा कम्बल वितरण गरी सम्मान गरे ।

मानवीय प्रयासका सबै क्षेत्रहरुमा भारतीयले हासिल गरेका उल्लेखनीय उपलब्धिको र भारतको स्वतन्त्रताको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेकोे ‘आजादीका अमृत महोत्सव’ पहलकदमीकै एक हिस्साको रूपमा यो कार्यक्रमको आयोजना गरिएको हो ।

आजादीका अमृत महोत्सवअन्तर्गत वर्षैभरि र सन् २०२३ को अगस्ट महिनासम्म थुप्रै कार्यक्रमहरुको आयोजना गरिनेछन् । नेपालमा (India@75) माइलस्टोन मनाउनका लागि नेपालका प्रदेश तथा जिल्लामा भारतको सहयोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजनाहरु यसै वर्ष उद्घाटन गर्ने योजना रहेको छ ।

नेपालभरिका विभिन्न संस्था तथा स्थानीय निकायलाई दूतावासले ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरूप प्रदान गर्नेछ । दूतावासका सामाजिक सञ्जाल ह्याण्डलहरूमार्फत उक्त कार्यक्रम लाइभ प्रसारण गरिएको थियो ।

यो पनि
राष्ट्रियसभा निर्वाचन : मतदान जारी
यसरी सुरु भएको थियो, प्रियंका गान्धी र रबर्ट वाड्राको प्रेमकहानी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested