English

विनोद र राज गुरुङ वी विल राइज फाउण्डेसनको बोर्ड निर्देशक नियुक्त



वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको छ।

हङकङलाई आधार बनाएर सामाजिक गतिविधिहरू विस्तार र सुदृढ गर्ने उद्देश्यसहित विनोद र राजलाई बोर्डमा समावेश गरिएको फाउण्डेसनले जनाएको छ। हङकङस्थित व्यवसायी दुबै सामाजिक अभियानमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। विनोद हङकङमा क्रियाशील सामाजिक संस्था सिद्धार्थ परिवारका अध्यक्ष समेत हुन्।

फाउण्डेसनका संस्थापक अध्यक्ष तुलसी गुरुङले सोमबार दुईलाई हङकङमा आयोजित एक समारोहबीच नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्। उक्त कार्यक्रममा बोर्डका निर्देशक निर्मल श्रेष्ठ र सुरज गुरुङसहित हङकङस्थित पत्रकारहरूको उपस्थिति रहेको थियो।

फाउण्डेसनका अनुसार विनोद र राजको उद्यमशीलता, व्यावसायिक अनुभव तथा नेपाल र हङकङ दुवै स्थानमा सामाजिक सक्रियताप्रतिको प्रतिबद्धताले वी विल राइजको दृष्टिकोण र अभियानलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त राजले गत वर्ष विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए। उनको यो उपलब्धिलाई साहस, अनुशासन र नेतृत्व क्षमताको प्रतीकका रूपमा हेरिएको फाउण्डेसनले जनाएको छ।

भूकम्पपछि स्थापित वी विल राइज फाउण्डेसन विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ।



सम्बन्धित खबरहरु

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

साउन १९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिमा आउँदो साउनको अन्तिम सातादेखि जग्गाधनी पुर्जा वितरण गरिने भएको छ । लामो समयदेखि

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

Latest










Popular
Suggested