English

दलितहरूको इतिहासमाथि पुनरावलोकन कहिले ?



वाल्मिकी रामायण लेख्ने वाल्मिकी म पाठकलाई अछुत हुन या सर्बण हुन चासो रहदैन । जातले ग्रन्थ लेखेको होइन । बुद्धि विवेक र कला अध्ययन का आधारमा सम्बन्धितले लेखेको हुन्छ । वाल्मिकीलाई व्राह्मणवाद या आम्वेडेकरवाद वाट हेर्न जरुरी छैन । त्यसैगरी सन्त रैदास चमारलाई रैदास चमार भन्नेकि व्राह्मणवादले जुराइदिएको सन्त रविदास के भन्ने वहस भन्दा रैदासको विचार, व्यवहार र आचरण मानव जातीको लागि कति महत्वपूर्ण छ भन्ने वहस नै ठिक होला । जाती सम्प्रदाय भन्दा माथी जुनसुकै जातजाति को होस मानव हितका लागि कार्य गरेको छ भने जातिवादको सोचले मूल्यांकन गर्नु गलत हुन्छ ।

रामले शवरीको जुठो वयर खाए भनेर गुणगान गर्न तल्लीन छौ । राम भगवान भन्ने व्राह्मण, क्षेत्री, वैश्य र शुद्र रामको आचरण, व्यवहारलाई हामीले कति अनुशरण गरेका छौ त ? ब्राह्मण–भीत्र तल्लो, उपल्लो जात, क्षेत्री भीत्र ठकुरी–अन्य क्षेत्री वर्गको भीत्रको अन्तरद्वन्द्व, वैश्य भित्र, शुद्र भित्र उपल्लो र तल्लो जात, छोइ, छिटो, भान्सा नचल्ने, पानी नचल्ने पनि तितो यर्थाथ समाज सामु छ । सत्ता सधै उच्च जातिले केन्द्रित गरी रजगज गरे । तल्लो जातकालाई शोषण गरे । शोषणको विरुद्धको समाधान आरक्षणको नीति आधुनिक कालमा बन्न गएको छ । यसले समाधान गर्दैन । भलै टाठावाठा दलित, अन्य जनजाति राज्यको अवयवहरुमा पुग्ने छन् । तर समग्र दलित उत्पीडित विगतकै जिवन बाँच्न बाध्य हुन्छन् । पंचायककालमा हिरालाल विश्वकर्मा देखाउने र समभाव भएको घोषणा गर्ने चलन थियो ।

वहुदलकालमा केही तल्लो भनिने जातलाई राजनैतिक आरक्षण र गणतन्त्रमा पहिचानको नाममा जनजातिको टाठावाठाको उन्नतीले के बताउछ भने राज्यले सहि दिशा लिन नसकेको नै बुझ्न यथेष्ट छ । २००७ सालको क्रान्ति, त्यस भन्दा अघिका आन्दोलन र २०१७, २०३६, २०४६ र २०६२/०६३ को जनआन्दोलनमा सर्बणको मात्र होइन अन्य जातजाती दलितहरुको उल्लेखनिय सहभागिता रह्यो ।

माओवादीको हिंसात्मक क्रान्तीमा पनि दलितहरुको यथोचित सहभागिता थियो । भलै त्यो हिंसात्मक समयको उत्तेजक नाराले दलितलाई लोभ्याएको थियो होला । यसै सन्दर्भमा भारतमा पनि जगजिवनराम प्रधानमन्त्री दलित भएकै कारणले नपाएको तत्कालिन रुपमा हुने गरेको चर्चा, मायावती उत्तरप्रदेशको मुख्य मन्त्री त भइन दलित उत्थानको कार्यक्रम भन्दा सोसल इन्जिनियरिङ्गको नाममा चूनावमा भोट बढाउने कर्म गरीन्, मिराकुमारको सत्ताको गन्धमा दलितको भन्दा काँग्रेसको आर्दश सिपाही भएको महसुस भएको कानेखुशीहरु चलेकै हो भन्ने ठहर गर्ने पनि उत्तिकै होलान् । अम्वेडेकरको विचार दलितहरुमा फैलिदो छ भलै तिनीहरु बौद्धमार्गीको बाटो नअपनाएर पनि ।

भारतको सन् १८५७ को क्रान्ति देखि नै दलित सहभागि सक्रिय रुपमा थियो । इतिहास लेख्नेले पनि भारतमा होस् या नेपालमा दलितको राजनैतिक परिवर्तन साँस्कृतिक परिवर्तन, सामाजिक र आर्थिक परिवर्तनमा दिएका योगदानहरु उल्लेख त्यति छैन । नेपालमा नेपालको एकीकरणको समयमा विसे नगेर्चीको चार लाइन मात्र इतिहासकारले उल्लेख गरेका छन् । तत्कालिन रुपमा घरेलु हतियार कसरी बन्यो के योगदान रह्यो त्यसमा त मौन नै छन् । जातभात मान्छेले मान्छेलाई शोषण गर्नका लागि कल्पना गरी योजनाबद्ध ढंगको प्राचिन नीति हो । वेदमा जात छैन तर पछिल्ला धार्मिक ग्रन्थहरुले जातभातको कल्पना गर्याे । जव विष्णु, महादेव, गणेशको, देवीको जात छैन भने उनलाई आराध्य मान्नेहरुले किन जातभातको कल्पना गरी समाजलाई विभक्त बनाए ? त्यो ईश्वरको कल्पना पनि होइन । यिनै पृष्ठभूमीमा पुराना पत्रपत्रिका वेच्न र छान्ने क्रममा भारतका महान साहित्यकार प्रेमचन्द बाट सम्पादित भै प्रकाशित भएको हंस भन्ने पत्रिका जसको पछि राजेन्द्र यादवले पनि सम्पादन गरेका थिए ।

त्यसको पूर्णाङ्क २५५ वर्ष २२ को अंक ५ दिसम्वर २००७ मा प्रकाशित पत्रिका फेला पर्याे । पूरानो पत्रिका पुनः हेर्ने इच्छा जाग्यो । पाना पल्टाउदै जादा बौद्धचार्य एस्. राव. सजीवन नाथको नागवंशी भंगी मातादिन हेला शिर्षकलाई हेर्दै गए । त्यहाँ जलियावाला वागको घटना र सन् १८५७ को दलितको सहभागितको घटनाको उनको दृष्टिकोणबाट लेखिएको रहेछ । दलित उत्पिडितको इतिहासमा आफ्ना आफ्ना नायक छन् । जसले मूक्तिका लागि संघर्षको प्रेरणा पूञ्ज बनेका छन् । त्यहि लेखलाई आधार बनाएर लेख्ने जमर्को गरेको छु । उनको अनुसार जलियावाला वागको घटनाको सन्दर्भमा व्रिटिस राजशाही विरुद्ध १३ अप्रिल १९१९ मा भेलाको आव्हान गर्ने संर्वण हिन्दू या मुसलमानबाट नभै दलित योद्धा नत्थु धोवीबाट भएको उनको लेखमा छ । जनरल डायरको आदेशमा चलेको गोलीबाट २०० भन्दा बढीको मृत्यु भएकोमा १८५ भन्दा दलितको हत्या भएको थियो । यो घटनाले भारतमा उपनिवेशको विरुद्ध आनदोलन ले तिव्रता लियो ।

१२ अगस्त सन् १९४२ को इलाहावादको कोतवालीमा अंग्रेजको झण्डा झिकी भारतीय तिरंगा फहराउने ननकुलाल हेला (चमार) गोली खाई शहिद भएका थिए । भारत स्वतन्त्रता आन्दोलनमा दलित जातीको महिला महावीरीदेवी भंगिन पनि शहिद भएकी थिइन् । उनको भनाई अनुसार सन् १८५७ को विद्रोहलाई सर्वणहरुले (उपल्लो जाति) ले सो विद्रोहको नायक मातादीन हेलालाई छायामा पारी मंगल पाण्डेलाई नायक बनाएकोमा उनको आपत्ती छ । मंगल पाण्डे सहित मातादीन गिरफ्तार भए पछि पानी पिउनको लागि मंगल पाण्डे संग लोटा माग्दा नीच जातिको भनेर नदिएको भन्ने बौद्धचार्य एस. राव सजीवन नाथको आरोप छ । मातादीन र मंगल पाण्डेलाई फासी दिएको थियो । वन्दुक बनाउने देखि सवै कार्य मातादिनको रेखदेखमा हुन्थ्यो र उनको भनाइलाई आधार मान्ने हो भने सन् १८५७ को विद्रोहको विजारोपण मातादीन थिए । सर्वण इतिहासकारहरुबाट मातादीन प्रति न्याय गरेनन् भन्ने आरोप बौद्धचार्यको छ । जे भएपनि मंगलपाण्डे र मातादिन भारतको गौरवपूर्ण इतिहासका नायकहरु हुन् । को तल माथी हो त्यसको विवेचना गर्ने खोजिएको होइन । एकअर्कालाई तल पार्न पनि खोजेको होइन । केवल सर्वणहरुले किन मातादिनलाई छायाँ मा पारे प्रश्न उठाएको मात्र हो ।

मैले यो आलेख तयार पार्दा उब्जेका प्रश्नहरु लिच्छवीकाल, मल्लकाल, शाहकाल, राणाकाल, २००७ को क्रान्ती, २०१७ सालको घटनाको प्रतिरोध, २०३६ को आन्दोलन, २०४६ को आन्दोलन, २०६२–६३ को जनआन्दोलन र यावत् साहसीपूर्ण ऐतिहासिक घटनाको खोजी गर्दा दलितहरुको सम्बन्धमा विस्तृत अध्ययन किन भएन ? कहि कतै तल्लो जातिप्रतिको तुष त होइन ? हाम्रा इतिहासकारहरु अधिकांस उपल्लो जातीकै भएकै कारणबाट नलेखिएको होकी ? या अध्ययन अनुसन्धान स्वयं दलितहरुबाट हुदैछ ? के अव इतिहास राजामहाराजा सहित सम्पूर्ण जाती जनजातीको नेपालको सन्दर्भमा खोजी गर्ने वेला भएन र ? नेपालकै दलितहरुबाट जोडदार रुपमा ऐतीहासिक तथ्य सहित इतिहासको पुनरावलोकन हने छ र नयाँ इतिहास लेखिने छ भन्ने आशा छ । र जाति जनजाति भन्दा माथि उठि इतिहासकारले सत्य तथ्यको आधारमा नयाँ इतिहास पुनर्लेखन को दिशातर्फ जानेछन् भन्ने आशा पनि लागेको छ ।

यो पनि…
यसैले सत्यम् शिवम् सुन्दरम्
भष्मेश्वर घाट र चिताको आगोको साक्षि मलामी !



...
Alex

Every weekend i used to pay a quick visit this web site, as i wish for enjoyment, since this this site conations really nice funny material too. My web site WebRota.com.tr

...
vavada

Vavada to znane kasyno online, które działa również w Polsce. Strona przyciąga graczy szeroką ofertą gier, przejrzystymi warunkami i obsługą w PLN (zł). Bonus powitalny oraz intuicyjna obsługa sprawiają, że platforma zdobyła popularność wśród polskich użytkowników.

...
gay porn

Slottica Casino to propozycja dla graczy szukających nowoczesnej platformy do gry online i wygodnego dostępu do szerokiej oferty rozrywki. Serwis wyróżnia się intuicyjnym interfejsem, sprawną obsługą płatności oraz atrakcyjnym wyborem gier dopasowanych do różnych preferencji. Na szczególną uwagę zasługują wysokie standardy bezpieczeństwa, w tym szyfrowanie danych i rozwiązania chroniące prywatność użytkowników na każdym etapie korzystania z platformy. Dzięki temu gracze mogą skupić się na zabawie, mając pewność, że ich dane osobowe i finansowe są odpowiednio zabezpieczone. To jeden z ciekawszych wyborów dla osób zastanawiających się, gdzie grać online w bezpieczny i komfortowy sposób.

...
on line pharmacy with no prescriptions

drug store online

...
mexican online pharmacy

trusted canadian pharmacies

...
aarp approved canadian online pharmacies

canada pharmacy online reviews

...
canadian pharmacies online

price prescriptions https://canadianpharmacystar.com/ [url=https://canadianpharmacystar.com/]best internet pharmacies[/url]

...
canadian drug pharmacy

pharmacy express online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

१७ असार, काठमाडौं । काठमाडौंको शहरी जल सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण (Artificial Groundwater

सन्जिव दुलालकाठमाडौं। तामाङ शेलो गीत ‘रोशी त खोला’ एक विशेष कार्यक्रमका बीच काठमाडौंको बौद्धस्थित सेकुवा जक्सनमा सार्वजनिक गरिएको छ। गायक

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

जेठ २४ । केके मानन्धर ।देशकै सामुदायिक तर्फको जेठो संस्था केन्द्रीय मानन्धर संघले नयाँ नेतृत्व चयन गरेको छ । २०१०

Latest










Popular
Suggested