English

तराईमा चैती छठ पर्व सम्पन्न



उदाउँदो सूर्यलाई अघ्र्य दिँदै श्रद्धा, निष्ठा र लोकआस्थाको वासन्ती छठ पर्व आज सम्पन्न भएको छ । चैत शुक्लपक्षकोे षष्ठी तिथिका दिन आइतबार अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका ब्रतालुले सोमबार बिहान उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिँदै पर्व सम्पन्न गरेका हुन् ।
गत शुक्रबार चौथीका दिन ‘नहाय–खाय’ विधिबाट व्रत सङ्कल्प गर्दै पर्व शुरु गरेका ब्रतालुले शनिबार पञ्चमी तिथिमा दिनभरि निराहार व्रत बसी राति सक्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए ।

ब्रतालुले शनिबार पञ्चमी तिथिमा दिनभरि निराहार व्रत बसी राति सक्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए ।

चार दिनको यो पर्वको पहिलो दिन पवित्र स्नान गरेर चोखोनितो खाई व्रत सङ्कल्प गरिन्छ । यो विधिलाई ‘नहाय–खाय’ भन्ने चलन छ । यस्तै दोस्रो दिन पञ्चमीमा दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र चामलको खिर पकाई केराको पातमा राखेर आदिशक्ति छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन्, यो विधिलाई ‘खरना’ भनिन्छ ।

त्यसैगरी षष्ठी तिथिमा निराहार व्रत बसेर साँझ पवित्र घाटमा गएर अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ । यो विधिलाई बोलीचालीमा ‘सझुका अरख’ भनिन्छ । पर्वको अन्तिम दिन सप्तमीका बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै पर्व सम्पन्न गरिने परम्परा छ । यो अन्तिम विधिलाई ‘भोरका अरख’ भनिन्छ ।

केही वर्ष पहिलेसम्म मधेशी मूलका हिन्दूले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्बीले समेत मनाउन थालेपछि छठ पर्व साझा पर्व बन्दै गएको मिथिला क्षेत्रका बुद्धिजीवी बताउँछन् ।

छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्त नातेदारकहाँ पु¥याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा चित्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।

केही वर्ष पहिलेसम्म मधेशी मूलका हिन्दूले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्बीले समेत मनाउन थालेपछि छठ पर्व साझा पर्व बन्दै गएको मिथिला क्षेत्रका बुद्धिजीवी बताउँछन् । पर्वमा सबै धर्म, संस्कृति र वर्ग तप्का सामेल हुने हुनाले यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको छ ।

तराईमा दीपावली लगत्तै मनाइने शारदीय छठजति वासन्ती छठ अर्थात् चैती छठ मनाउने चलन भने त्यति छैन ।

मिथिलामा शारदीय र वासन्ती गरी वर्षमा दुई पटक छठ पर्व मनाउने परम्परा छ । कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मनाइने शारदीय (कैतकी) र चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने वासन्ती (चैती) छठ पर्वको विधि र आवश्यक सामग्री भने एकै प्रकारका छन् । तराईमा दीपावली लगत्तै मनाइने शारदीय छठजति वासन्ती छठ अर्थात् चैती छठ मनाउने चलन भने त्यति छैन ।

सूर्य उपासनाको यो पर्वले हर मनोकांक्षा पूरा गर्ने विश्वास गरिन्छ । सूर्य र सूर्य पत्नी षष्ठीको उपासना गरिने यो व्रतको प्रभावले सन्तान सुख र आरोग्यता प्राप्त हुने जनविश्वास छ । खासमा व्रतको प्रभावले चर्मरोग नहुने र भएकाहरु चाँडै निको हुने मैथिल जनविश्वास छ । यो पर्व परम्परा द्वापर युगमा श्रीकृष्णका छोरा साम्बले चर्मरोगबाट निको हुन प्रारम्भ गरेका विश्वास गरिन्छ । रासस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested