तराईमा चैती छठ पर्व सम्पन्न



उदाउँदो सूर्यलाई अघ्र्य दिँदै श्रद्धा, निष्ठा र लोकआस्थाको वासन्ती छठ पर्व आज सम्पन्न भएको छ । चैत शुक्लपक्षकोे षष्ठी तिथिका दिन आइतबार अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका ब्रतालुले सोमबार बिहान उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिँदै पर्व सम्पन्न गरेका हुन् ।
गत शुक्रबार चौथीका दिन ‘नहाय–खाय’ विधिबाट व्रत सङ्कल्प गर्दै पर्व शुरु गरेका ब्रतालुले शनिबार पञ्चमी तिथिमा दिनभरि निराहार व्रत बसी राति सक्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए ।

ब्रतालुले शनिबार पञ्चमी तिथिमा दिनभरि निराहार व्रत बसी राति सक्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए ।

चार दिनको यो पर्वको पहिलो दिन पवित्र स्नान गरेर चोखोनितो खाई व्रत सङ्कल्प गरिन्छ । यो विधिलाई ‘नहाय–खाय’ भन्ने चलन छ । यस्तै दोस्रो दिन पञ्चमीमा दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र चामलको खिर पकाई केराको पातमा राखेर आदिशक्ति छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन्, यो विधिलाई ‘खरना’ भनिन्छ ।

त्यसैगरी षष्ठी तिथिमा निराहार व्रत बसेर साँझ पवित्र घाटमा गएर अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ । यो विधिलाई बोलीचालीमा ‘सझुका अरख’ भनिन्छ । पर्वको अन्तिम दिन सप्तमीका बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै पर्व सम्पन्न गरिने परम्परा छ । यो अन्तिम विधिलाई ‘भोरका अरख’ भनिन्छ ।

केही वर्ष पहिलेसम्म मधेशी मूलका हिन्दूले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्बीले समेत मनाउन थालेपछि छठ पर्व साझा पर्व बन्दै गएको मिथिला क्षेत्रका बुद्धिजीवी बताउँछन् ।

छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्त नातेदारकहाँ पु¥याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा चित्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।

केही वर्ष पहिलेसम्म मधेशी मूलका हिन्दूले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्बीले समेत मनाउन थालेपछि छठ पर्व साझा पर्व बन्दै गएको मिथिला क्षेत्रका बुद्धिजीवी बताउँछन् । पर्वमा सबै धर्म, संस्कृति र वर्ग तप्का सामेल हुने हुनाले यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको छ ।

तराईमा दीपावली लगत्तै मनाइने शारदीय छठजति वासन्ती छठ अर्थात् चैती छठ मनाउने चलन भने त्यति छैन ।

मिथिलामा शारदीय र वासन्ती गरी वर्षमा दुई पटक छठ पर्व मनाउने परम्परा छ । कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मनाइने शारदीय (कैतकी) र चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने वासन्ती (चैती) छठ पर्वको विधि र आवश्यक सामग्री भने एकै प्रकारका छन् । तराईमा दीपावली लगत्तै मनाइने शारदीय छठजति वासन्ती छठ अर्थात् चैती छठ मनाउने चलन भने त्यति छैन ।

सूर्य उपासनाको यो पर्वले हर मनोकांक्षा पूरा गर्ने विश्वास गरिन्छ । सूर्य र सूर्य पत्नी षष्ठीको उपासना गरिने यो व्रतको प्रभावले सन्तान सुख र आरोग्यता प्राप्त हुने जनविश्वास छ । खासमा व्रतको प्रभावले चर्मरोग नहुने र भएकाहरु चाँडै निको हुने मैथिल जनविश्वास छ । यो पर्व परम्परा द्वापर युगमा श्रीकृष्णका छोरा साम्बले चर्मरोगबाट निको हुन प्रारम्भ गरेका विश्वास गरिन्छ । रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जब वर्षामास सुरु हुन्छ । तब, राजमार्गमा यात्रा गर्नेहरुको मन अतालिन्छ । अझै सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सिद्धबाबाको फेदी छिचोल्न

कोरोनाको दोस्रो लहरको निषेधाज्ञा अहिले जारी छ । केही खुकुलो गरिएपनि पूर्ण रुपमा सबै कुरा सञ्चालनमा आउन सकेका छैनन् ।

आकर्षण केवल मेनिकेयर, पेडिक्योरहरू, मोइस्चराइजरहरू प्रयोग गर्ने, महँगो लुगा लगाउनु होइन । व्यक्तिगत सौन्दर्यता पनि आकर्षण हो । त्यहि व्यक्तिगत

काठमाडौं उपत्यकामा थप एक हप्ताका लागि निषेधाज्ञा बढाइएको छ । उपत्यकाका तीन जिल्ला, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको