English

उस्तै गन्ध भएका मानिस प्राकृतिक रूपमा मिलनसार : अध्ययन



साइन्स एडभान्सेस जर्नलमा प्रकाशित एउटा नयाँ अध्ययनले शरीरको गन्ध उस्तै भएका मानिस साथीको रूपमा प्राकृतिकरूपमा मिलनसार र साथी बन्न सक्ने देखाएको छ ।

शरिरको गन्धको समानता अनुमान गर्न र साथीत्वको मूल्यांकन गर्न मानिस स्वंयमले ‘स्मेल’ गर्न सक्ने इजरायलको वेइजम्यान इन्स्टिच्युट अफ साइन्सका वैज्ञानिकहरूले परिकल्पना गरेका छन् । अध्ययनका प्रमुख लेखक इनबल राभ्रेबीका अनुसार मानिस बाहेकका स्थलीय स्तनधारी प्राणीले निरन्तर आफैं र एकअर्कालाई सुँघ्छन् र यसैको आधारमा को मित्र वा शत्रु पत्ता लगाउँछन् ।

अनुसन्धानकर्ताहरूले २२ देखि ३९ वर्षका गैर–रोमान्टिक र समलिंगी साथीहरूको २० जोडी (जसले आफूलाई पहिलो नजरमा साथी बनेको बताएका थिए)बाट नमूनाहरू संकलन गरेका थिए । सबै सहभागीहरूले उनीहरूको नमूनाहरूलाई प्रभाव पार्ने प्रदूषण वा बाहिरी कारकहरूलाई रोक्नको लागि कडा नियम पालना गर्नुपथ्र्यो ।

उनीहरूले आफूलाई दिइएको एउटा सफा कटनको टिसर्ट लगाउनु पथ्र्यो । त्यस्तै उनीहरूले स्पाइसी खानेकुरा त्याग्नुपथ्र्यो भने आफ्ना साथीसँग सुत्न पाउँदैनथे ।

वैज्ञानिकहरूले ‘इलेक्ट्रोनिक नोज’ले परीक्षण गर्दा ‘क्लिक फ्रेन्ड्स’ वा पहिलो नजरमा बनेका साथीको गन्ध गैर–मित्रबीचको गन्धको तुलनामा तथ्यांकीय रूपमा धेरै मिल्दो पाइएको थियो ।

यो पनि…
इन्टरनेटमा सर्वाधिक खोजिने गाउँ
एउटा रहस्यमय रुख



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,