English

घरमा प्राकृतिक प्रकाश भित्र्याउने तरिका



घरमा कृत्रिम प्रकाशभन्दा प्राकृतिक प्रकाश धेरै राम्रो हुन्छ । यसले कोठालाई सुन्दर लुक्स दिने मात्र नभएर शरीरको ऊर्जा पनि बढाउँछ ।

यति मात्र नभई यसले घरको बिजुलीको खर्चसमेत बचाउँछ । त्यसैले, तपाईंलाई आज घर उज्यालो बनाउनका लागि केही उपाय बताउँदै छौँ ।

सिसाको झ्यालको प्रयोग

प्राकृतिक प्रकाश तथा सूर्यको प्रकाश ल्याउन घरमा सिसाको झयाल राख्नुहोस् । यसले घरलाई फराकिलो र थप नयाँ ऊर्जा पनि ल्याउनेछ ।

हल्का रङ्गको प्रयोग

सेतो रङ्गको प्रयोगले घरमा प्राकृतिक प्रकाश ल्याउन सकिन्छ । सेतो रङ्गले कोठालाई उज्यालो मात्र नभई शितलतासमेत प्रदान गर्दछ । तर, भित्तामा भने चम्किलो सेतो रङ्गको प्रयोग नगरी हल्का किसिमको रङ्ग लगाउनुपर्छ ।

घरको वरपर हरियाली

घरबाहिर हुने हरियालीले घरमा आउने प्राकृतिक प्रकाशमा पनि प्रभाव पार्छ । तसर्थ, अधिक प्रकाशका लागि बगैँचामा पनि केही ध्यान दिनुहोस् । बेला–बेलामा बिरुवालाई छाँट्नुहोस् ।

हल्का रङ्गका फर्निचर

घरमा राम्रो प्रकाशका ल्याउनका लागि हल्का रङ्गका फर्निचरहरूको प्रयोग गर्नुपर्छ । साथै, झ्याल, ढोका ब्लाइन्ड र पर्दाहरूमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । भारी र गाढा रङको झ्यालले घरमा आउने प्रकाशलाई रोक्न सक्छ ।

स्काइलाइटको प्रयोग

स्काइलाइटको प्रयोग घरमा प्रकाश तान्ने एक प्रभावकारी तरिका हो । वास्तवमा स्काइलाइटहरूले घरमा कुनै छायाँ नल्याई लगातार सूर्यको किरण घरमा ल्याउँछ ।

यो पनि…
घर सजाउने यस्ता छन् सरल उपाय
वास्तुअनुसार कुन ठाउँमा के राख्दा शुभ हुन्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

यमपञ्चकको दोस्रो दिन आज कुकुरको पूजा गरी कुकुर तिहार मनाइएको छ। वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ ।

जीवनमा समय धेरै महत्त्वपूर्ण छ । जीवनमा समयले मात्र सही बाटो देखाउँछ तर यसका लागि समयको सही दिशा हुनु आवश्यक

सोफाले हाम्रो बैठक कोठालाई आकर्षक बनाउने काम गर्छ। पाहुनाहरू घरभित्र पस्दा सबैभन्दा पहिले बैठक कोठाको सोफालाई ध्यान दिन्छन् । साथै,