English

घरमा सकारात्मक ऊर्जा ल्याउन यसो गर्नुहोस्



हरेक व्यक्ति घरमा शान्ति, सकारात्मक ऊर्जा र आर्थिक लाभ होस् भन्ने चाहन्छन् । तर, त्यसका लागि निम्न कुरामा ध्यान दिनुपर्छ ।

– घरलाई सफा–सुग्घर राख्नुहोस् । फोहोरले घरमा नकारात्मक ऊर्जा पैदा गर्छ ।
– घरमा फोहोर । डस्टबिनलाई ढोकाको नजिक नराख्नुहोस्, किनकि, यसले नकारात्मक ऊर्जा उत्पन्न गर्छ ।
– विभिन्न तथा ताजा रंगहरूको प्रयोग गर्नुहोस्, हरियो, निलो, बैजनी, पहेँलो, सुन्तला आदि रंगहरूको प्रयोग गर्नुहोस् जसले घरलाई सकारात्मक ऊर्जा दिन्छ । साथै, गाढा रंगहरूबाट बच्नुहोस् ।
– सुन्दर प्रकाशका लागि क्रिस्टल राखी उचित भेन्टिलेसन दिनुहोस् ।
– घरमा विभिन्न इन्डोर प्लान्टहरू राख्नुहोस् ।
– दराज भएमा जथाभावी कपडालाई पट्याएर राखेर त्यसलाई भर्नुहोस् ।
– खुसीको सम्झनामा, पारिवारिक तस्वीरले वा मुस्कुराएको तस्वीरले घरका भित्ताहरूलाई सजाउनुहोस् ।
–र्याकमा पुस्तकहरू, सजावटी समान तथा किताबहरूलाई राख्नुहोस् ।
– घरमा प्रकाशका लागि प्राकृतिक सूर्यको किरण ल्याउन झ्याल खुल्ला राख्नुहोस् ।
– घरमा एक्युरियम राख्नुहोस् जसले घरमा समृद्धि ल्याउँछ ।
– मुख्य ढोकातिर फर्केर कुनै रुख, पोल वा स्तम्भ राख्नु हुँदैन, साथै भान्सामा पनि औषधि नराख्नुहोस् ।
– घरमा फुटेको भाँडाकुँडा, बिग्रिएको घडी वा खराब इलेक्ट्रोनिक सामानहरू नराख्नुहोस् ।
– बाथरुमको ढोका बन्द राख्नुहोस् । भान्सातर्फ मुख फर्किएको शौचालय हुनुहुँदैन ।
– भित्तामा क्रोध, झगडा, एक्लोपन वा निराशजस्ता चित्रहरू नराख्नुहोस् ।
– फर्निरको कुना धेरै तिखो हुनुहँुदैन भन्ने कुरामा ध्यान दिनुहोस् ।
– घरलाई सही लुक्स दिन चाहनुहुन्छ भने सेतो र क्रिम रंगको प्रयोग गर्नुहोस् । यो रंग सुखदायी, र सकरात्मक हुन्छ जसले दिमाग र मुड शान्त पार्नसमेत मद्दत गर्छ ।

यो पनि…
घर सजाउने यस्ता छन् सरल उपाय
वास्तुअनुसार कुन ठाउँमा के राख्दा शुभ हुन्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested