English

यी रंगले बढाउँछ बेडरुमको सौन्दर्य



घर सजाउनको लागि मानिसहरूले विभिन्न तरिका अपनाउने गर्छन् । तर, बाहिरी सौन्दर्य जति देखिए तापनि भित्री भागलाई सबैभन्दा बढी प्रभाव रंगले पार्दछ ।

हरेक रंगको आ–आफ्नै सौन्दर्य हुन्छ । उचित रंगको प्रयोगले घरलाई आकर्षक बनाउँछ । आज बेडरुमको भित्तामा प्रयोग गर्ने रंगबारे तपाईंलाई बताइरहेका छौँ ।

निलो रंग

तपाईंले आफ्नो सुत्ने कोठाका भित्ताहरूमा नीलो रंग लगाउन सक्नुहुन्छ । निलो रंगले तपाईंको रुमलाई रिच लुक्स दिन्छ । नीलो रंग बेडरुमको भित्ताका लागि उत्कृट रंग हो । यसको सट्टामा नेभी ब्लु कलर पनि लगाउन सक्नुहुन्छ ।

पियर ग्रिन

पियर ग्रिन (नासपाती हरियो) एउटा यस्तो रंग हो जसले तुरुन्तै तपाईंको मुड बढाउँछ । यसमा हरियो र पहेंलो रंग मिसिएको हुन्छ । बेडरुममा यो कलर लगाएमा कोठामा प्रवेश गर्नेबित्तिकै तपाईं धेरै खुसी महशुस गराउँदछ ।

बैजनी

भायोलेटलाई स्टाइलिस र लक्जरी कलर मानिन्छ । आधुनिक लुक्सका लागि यो रंगलाई लिएर कोठा सजाउन सकिन्छ । तपार्इंले बेडरुमलाई सही लुक दिन बैजनी रंगको प्रयोग गर्न सक्नुहुन्छ ।

एम्बर एलो

पहेँलो एक उज्यालो रंग हो । यो रंगलाई बेडरुममा प्रयोग गर्दा यसले कोठालाई सुन्दर मात्र होइन मुडलाई पनि उज्यालो बनाउँछ । यो रंगलाई विभिन्न अन्य रंगहरू जस्तै, नेभी ब्लु, ब्राउन, डल पिंक आदि रंगसँग मिलाएर पनि लगाउन सक्नुहुन्छ ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार

इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested