English

किन तान्छ गाजा दहको सौन्दर्यले ?



प्रकृतिको भव्यतामा रमाउने जो कोहीका लागि यो एक अनुपम थलो हो गाजा दह। पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत गाजा दह बागलुङस्थित जैमिनी नगरपालिका–३ दमेकमा पर्छ ।

सदरमुकामदेखि नजिकै रहेको गाजाको सौन्दर्य दहमा मात्र सीमित छैन । पर्यावरण र संस्कृति पनि त्यहाँका चिनारी हुन् । हरेक ऋतुकालमा भिन्न विशेषतामा खुल्छ, गाजा दह । कहिले हिउँ फूल्छ गाजामा, कहिले लालीगुराँस ।

प्रकृतिले दिएका देनमध्यको एउटा हो, गाजा दह । दुई हजार ४८० मिटर उचाइमा रहेको गाजाले सजिलै पर्यटकलाई लोभ्याउँछ । एकपटक घुमेर धित मर्दैन । त्यहाँ पुग्न बागलुङ बजारदेखि मोटरमा २४ किमी, पैदल चार/पाँच घण्टाको यात्रा तय गरे पुग्छ ।

पदयात्रा रोजे गाजासम्मको घुमफिर अझ रोमाञ्चक लाग्छ । गाउँ, पाखा र वन चहार्दै गाजा पुग्न सकिन्छ । बाटोमा हिमाल हेर्दै हिँड्नुको मज्जै बेग्लै । सिगानाको बौँडेचौर, रेशको चापखर्कलगायत आसपासका लोभलाग्दा ठाउँ पनि यही बाटोमा पर्छन् ।

उस्तै गाउँको रहनसहन, खेती प्रणाली र सांस्कृतिक वैभव । स्थानीय छविलाल पुनका अनुसार गाजा दहलाई पहिलेपहिले रुद्रताल पनि भनिन्थ्यो । सो दहको पुरानो स्वरुप खल्बलिएको छैन । सौन्दर्य बिग्रन नदिन संरक्षण गरिएको छ ।

ग्रामीण जनजीवन नियाल्दै पदयात्रा गाजातिर सोझिन्छ । गाजा पुग्दा नपुग्दै प्रकृति घडा लिएर मानिसको स्वागतमा उभिए झैँ लाग्छ । वनको माझ दह, माथिपट्टि गाउँ । दहछेउ देखिने सेताम्मे हिमाल । बाह्रैमास चल्ने चिसो सिरेठो ।

उस्तै गाउँको रहनसहन, खेती प्रणाली र सांस्कृतिक वैभव । स्थानीय छविलाल पुनका अनुसार गाजा दहलाई पहिलेपहिले रुद्रताल पनि भनिन्थ्यो । सो दहको पुरानो स्वरुप खल्बलिएको छैन । सौन्दर्य बिग्रन नदिन संरक्षण गरिएको छ ।

हिउँदका घमाइला दिनमा दहमा छचल्किने हिमालका दृश्य कैद गर्न आगन्तुक लालयित हुन्छन् । त्यहाँबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमशृङ्खलाको दृश्यापान गर्न सकिन्छ । दह परिसरमा बराह थान छ । गाउँलेको धार्मिक आस्था त्यसमा गाँसिएको छ ।

‘वर्षेनी वैकुण्ठ चर्तुदशीमा यहाँ ठूलो मेला लाग्छ, यो परम्परादेखि नै चल्दै आएको हो’, ६६ वर्षीय पुनले भने, ‘गाजाको पहिचान प्रकृति र संस्कृतिसँग जोडिएको छ ।’ खेती किसानी गरेर जीविका चलाउँछन्, गाजावासी । त्यहाँको मुख्य बाली आलु र भाँगो हो । पर्यटन गतिविधि हुन थालेपछि गाउँलेमा व्यावसायिक चेत पसेको छ ।

व्यवसायी मिलेर पर्यटकलक्षित ‘सिद्धबराह सामुदायिक होमस्टे’ खोलेका छन् । घरबासमा आउने पाहुनालाई उनीहरु स्थानीय परिकार चखाउँछन् । लेकाली परिवेशमा खानपान र बासको मेसो मिलाउँछन् । मौलिक संस्कृति पस्कन्छन् । ‘अहिले तीन घरमा मात्र होमस्टे सेवा छ, दैनिक २० जना जति पाहुना हामी राख्न सक्छौँ, ’ सञ्चालक प्रेम छन्त्यालले भने ।

पाहुना बढी हुँदा छरछिमेकमा व्यवस्था गर्ने गरिएको उनको भनाइ छ । कोदो, मकै, भट्टमास, आलु, गुन्द्रुकलगायत स्थानीय परिकार घरबासका भान्छामा पाक्छन् । मासुमा गाउँकै रैथाने कुखुरा प्रयोग हुन्छ । ‘पाहुनाको रोजाइअनुसार नै परिकार तयार पार्छौं, मूल्य पनि चल्तीअनुसारको छ, धेरै महँगो छैन,’ सञ्चालक छन्त्यालले भने ।

सडकको पहुँच, प्रचारप्रसार, घरबासलगायत सुविधा पाइन थालेपछि पछिल्लो समय गाजा दहमा पर्यटकीय आकर्षण बढेको छ । घुम्ने याममा आन्तरिक पर्यटक बाक्लै पुग्ने गरेका छन् । विद्यालय र विभिन्न सङ्घसंस्थाले अवलोकन भ्रमणका लागि गाजा दह रोज्छन् । विदेशी पर्यटक भने अझै त्यहाँ भित्रन सकेका छैनन् ।

गाजा दह संरक्षण समितिका अध्यक्ष गोपाल छन्त्यालले पूर्वाधार विकास गर्नसके गाजामा उल्लेख्य पर्यटक भित्र्याउन सकिने बताए । ‘सोचेजसरी काम हुन सकेको छैन, बजेट, स्रोतसाधनको कमी छ, ’ उनले भने, ‘राज्यका निकायले लगानी बढाए हामी यहाँको विकासमा खटिन तयार छौँ ।’

चार वर्षअघि पर्यटन कार्यालय पोखराको सहयोगमा दह वरिपरि तारजाली र पर्खाल लगाउने काम भएको थियो । त्यसयता पूर्वाधारमा खास काम भएको छैन । घरबास कार्यक्रमका लागि प्रदेश सरकारबाट आएको रु १० लाख बजेटबाट सांस्कृतिक भवन बनाइएको छ । नगरपालिकाबाट आएको रु एक लाख पनि त्यहीँको फर्निचरमा खर्च भएको जनाइएको छ ।

प्राकृतिक ‘भ्यू टावर’का रुपमा त्यसलाई चिनिन्छ । घना जङ्गलले घरेको त्यस क्षेत्र जडीबुटीका लागिसमेत प्रख्यात छ । दुर्लभ वन्यजन्तु र पन्छीको बासस्थान छ, त्यहाँ ।

देशी विदेशी पर्यटक तान्न स्तरीय सडक, पदमार्ग र सुविधायुक्त होटलको खाँचो रहेको अध्यक्ष छन्त्यालले बताए । समितिले दहदेखि माथि गाजाको धुरीसम्म पुग्ने पदमार्ग निर्माणको योजना अघि सारे पनि बजेट नहुँदा कामले गति लिन सकेको छैन । गाजाको धुरी दहभन्दा तीन सय २० मिटर माथि पर्छ ।

प्राकृतिक ‘भ्यू टावर’का रुपमा त्यसलाई चिनिन्छ । घना जङ्गलले घरेको त्यस क्षेत्र जडीबुटीका लागिसमेत प्रख्यात छ । दुर्लभ वन्यजन्तु र पन्छीको बासस्थान छ, त्यहाँ । गाजा क्षेत्रको समग्र विकासका लागि गुरुयोजना बनाइए पनि त्यो कार्यान्वयनमा आएको छैन । गुरुयोजनामा ‘भ्यू टावर’, पदमार्ग, सामुदायिक लज जस्ता पूर्वाधार बनाउने उल्लेख छ । प्रकृतिले सजिएको गाजा जैमिनी, बागलुङ, गलकोट नगरपालिका र बरेङ गाउँपालिकाको सङ्गमस्थल हो ।

याे पनि…
सयपत्री सप्रिदा किसान मख्ख : चितवनमा ३५ बिघामा फूलखेती, तिहारलाई साढे दुई लाख माला

पर्यटकको पर्खाइमा शङ्ख बज्ने पहरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested