English

यसरी सुन्दर बनाउनुहोस् आफ्नो बेडरुम



हामीले आफूलाई शान्तरूपमा पाउनको लागि घर शान्त हुनुपर्छ । आफ्नो सुत्ने कोठाबाट सबभन्दा बढी आराम पाउँछौं र कोठाको सजावट आफैँले गरेको भए अझ राम्रो र खुसीको महशुस हुन्छ ।

तपाईंको दिमागमा तपाईंको सुत्ने कोठाको सजावटका लागि धेरै आइडियाहरू आउनेछन् र कहिलेकाहीँ तपाईं भ्रममा पनि पर्नुहुनेछ । तर, अब तपाईं कम बजेटमा पनि आफ्नो बेडरुमको लुक्स परिर्वतन गर्न सक्नुहुन्छ ।

सबै सामान र्याकमा राख्नुहोस्

तपाईं सुत्ने कोठाको सजावटका लागि, एउटा र्याक राख्नुहोस् जसमा तपाईंको पुस्तकहरू, सौन्दर्य प्रशाधनहरू, सामानहरू, सबै कुरा सजिलै फिट हुनेछ । आजकल तिनीहरू बजारमा धेरै रंग र डिजाइनहरूमा उपलब्ध छन् र तिनीहरूले कोठाको लुक पूर्णरूपमा परिवर्तन गर्दछ ।

बुलेटिन बोर्डमा सम्झनाहरू

आफ्नो ओछ्यान पछाडि वा आफ्नो टेबुलमाथि एउटा बोर्ड राख्नुहोस् जसमा तपाईं आफ्नो चित्र राख्न सक्नुहुन्छ । यो बोर्ड बनाउन धेरै सजिलो छ । तपाईं गत्ता वा थर्माेकोल पानाहरू प्रयोग गर्न सक्नुहुन्छ । तिनीहरूलाई विभिन्न साइजमा काट्नुहोस् । तिनीहरूलाई रंग लगाएर भित्तामा राख्नुहोस र सुन्दर कोठा तयार हुनेछ ।

फेयरीलाइटहरूबाट कोठा सुन्दर बनाउनुहोस्

तपाईंहरूले यी लाइटहरूलाई विभिन्न तरिकामा प्रयोग गर्न सक्नुहुन्छ । ओछयान पछाडि वा पर्दामा झुन्डिएको होस्, जुनसुकै कोठाको सजावटका लागि यी लाइटहरू उपयुक्त हुन्छ ।

सेतो भित्ताले पनि तुल्याउँछ खुसी

यदि, तपाईं कोठाको रगं परिर्वतन नगरी बेडरुमको सजावट परिर्वतन गर्न चाहनुहुन्छ भने, यो एक राम्रो विकल्प हो । तपाईंले गर्नुपर्ने भनेको रंगीन कागजहरूलाई विभिन्न आकारमा काटेर भित्तामा टाँस्नुहोस् ।

पुरानो टायरको नयाँ संस्करण

पुराना टायरहरू कबाडीबाट सजिलै पाउन सकिन्छ । यी पेट गरेर कुर्सीमा रूपान्तरण गर्न सक्नुहुन्छ वा बीचमा पुरानो तकियाहरू भर्न सकिन्छ । र यसलाई बस्नका लागि पनि प्रयोग गर्न सकिन्छ ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार



सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested