English

यसरी सुन्दर बनाउनुहोस् आफ्नो बेडरुम



हामीले आफूलाई शान्तरूपमा पाउनको लागि घर शान्त हुनुपर्छ । आफ्नो सुत्ने कोठाबाट सबभन्दा बढी आराम पाउँछौं र कोठाको सजावट आफैँले गरेको भए अझ राम्रो र खुसीको महशुस हुन्छ ।

तपाईंको दिमागमा तपाईंको सुत्ने कोठाको सजावटका लागि धेरै आइडियाहरू आउनेछन् र कहिलेकाहीँ तपाईं भ्रममा पनि पर्नुहुनेछ । तर, अब तपाईं कम बजेटमा पनि आफ्नो बेडरुमको लुक्स परिर्वतन गर्न सक्नुहुन्छ ।

सबै सामान र्याकमा राख्नुहोस्

तपाईं सुत्ने कोठाको सजावटका लागि, एउटा र्याक राख्नुहोस् जसमा तपाईंको पुस्तकहरू, सौन्दर्य प्रशाधनहरू, सामानहरू, सबै कुरा सजिलै फिट हुनेछ । आजकल तिनीहरू बजारमा धेरै रंग र डिजाइनहरूमा उपलब्ध छन् र तिनीहरूले कोठाको लुक पूर्णरूपमा परिवर्तन गर्दछ ।

बुलेटिन बोर्डमा सम्झनाहरू

आफ्नो ओछ्यान पछाडि वा आफ्नो टेबुलमाथि एउटा बोर्ड राख्नुहोस् जसमा तपाईं आफ्नो चित्र राख्न सक्नुहुन्छ । यो बोर्ड बनाउन धेरै सजिलो छ । तपाईं गत्ता वा थर्माेकोल पानाहरू प्रयोग गर्न सक्नुहुन्छ । तिनीहरूलाई विभिन्न साइजमा काट्नुहोस् । तिनीहरूलाई रंग लगाएर भित्तामा राख्नुहोस र सुन्दर कोठा तयार हुनेछ ।

फेयरीलाइटहरूबाट कोठा सुन्दर बनाउनुहोस्

तपाईंहरूले यी लाइटहरूलाई विभिन्न तरिकामा प्रयोग गर्न सक्नुहुन्छ । ओछयान पछाडि वा पर्दामा झुन्डिएको होस्, जुनसुकै कोठाको सजावटका लागि यी लाइटहरू उपयुक्त हुन्छ ।

सेतो भित्ताले पनि तुल्याउँछ खुसी

यदि, तपाईं कोठाको रगं परिर्वतन नगरी बेडरुमको सजावट परिर्वतन गर्न चाहनुहुन्छ भने, यो एक राम्रो विकल्प हो । तपाईंले गर्नुपर्ने भनेको रंगीन कागजहरूलाई विभिन्न आकारमा काटेर भित्तामा टाँस्नुहोस् ।

पुरानो टायरको नयाँ संस्करण

पुराना टायरहरू कबाडीबाट सजिलै पाउन सकिन्छ । यी पेट गरेर कुर्सीमा रूपान्तरण गर्न सक्नुहुन्छ वा बीचमा पुरानो तकियाहरू भर्न सकिन्छ । र यसलाई बस्नका लागि पनि प्रयोग गर्न सकिन्छ ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार



...
binance

Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://www.binance.com/ka-GE/register?ref=IQY5TET4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

यमपञ्चकको दोस्रो दिन आज कुकुरको पूजा गरी कुकुर तिहार मनाइएको छ। वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ ।

जीवनमा समय धेरै महत्त्वपूर्ण छ । जीवनमा समयले मात्र सही बाटो देखाउँछ तर यसका लागि समयको सही दिशा हुनु आवश्यक

सोफाले हाम्रो बैठक कोठालाई आकर्षक बनाउने काम गर्छ। पाहुनाहरू घरभित्र पस्दा सबैभन्दा पहिले बैठक कोठाको सोफालाई ध्यान दिन्छन् । साथै,