English

सजावटकाे विकल्प बन्दै वालपेपर



तपाई घरको भित्री कोठामा रङ्ग लगाउदैं हुनुहुन्छ ? रङ्ग लगाउँदा घर भित्रका सामानहरूमा लाग्छ की भनेर चिन्ता त हुनुहुन्न । तपाईँको घर भित्रको कोठालाई आकर्षक बनाउन सजिलो तथा सस्तो उपाय हुन सक्छ वालपेपर ।

आजभोलि कोठाको आकर्षण बढाउन वालपेपर लोकप्रिय बन्दै आइरहेको छ । वाटर प्रुफ र टिकाउ मानिने वालपेपर रङ्ग लगाउनु र निकाल्नु भन्दा सजिलो मानिन्छ ।

वालपेपरको प्रयोग घर भित्रको कोठामा मात्र नभएर अफिस, होटेल, रेस्टुरेन्ट लगायतका ठाउँहरूमा पनि प्रयोग गर्न सकिन्छ । वालपेपरको मुख्य विशेषता भनेको कोठाको भित्तालाई आकर्षक बनाउनु नै हो एभ्रि घरका निर्देशक राजेश ढकाल बत्ताउँछन् । बिशेषगरी लिभिङ रुम, बालबालिकाको कोठा, प्यासेज जस्ता ठाउँलाई आकर्षक देखाउन वालपेपरको प्रयोग हुने गरेको छ ।

नेपालमा अहिले चीनमा निर्मित वाल पेपर नै धेरै रुचाइएको छ । युरोपियन वालपेपरहरू पनि नेपाली बजारमा पाइन्छ । तर त्यसको मूल्य दोब्बर बढी रहेको छ ।

वालपेपरको मुख्य विशेषता भनेकै यो विभिन्न कलर र डिजाइनमा पाउनु नै हो । लिभिङ रुम र बेड रुमको भित्तालाई आकर्षक बनाउन विभिन्न फुल, प्राकृतिक दृश्यहरू रहेको डिजाइनमा वालपेपर पाउन सकिन्छ । यो बाहेक आफ्नो इच्छा अनुसारका वालपेपरहरूको पनि बजारमा छनोट गर्न सकिन्छ । रङ्ग लगाएर भित्ताको आकर्षण वालपेपर लगाएको जस्तो किसिमको निकाल्न नसक्ने हुनाले पनि वालपेपरको आकर्षण बढेको देखिन्छ । अहिले बजारमा वालपेपर रङ्ग, बुट्टा र गुणस्तर अनुसार फरक फरक मूल्यमा रहेको छ ।

कति पर्छ ?

बजारमा वालपेपर रोलको हिसाबले किन्न पाइन्छ । एक रोल वालपेपर ५७ वर्ग फिटको हुन्छ । यो सबैभन्दा चल्तीमा रहेको आकार हो । एक रोल वालपेपर सात फिट लम्बाई र सात फिट चौडाइको कोठामा लगाउन पुग्छ । कोठा ठुलो भएमा रोल थप्नु पर्छ ।

वालपेपर एक पटक राम्ररी टाँसेपछि हतपत उप्किँदैन । राम्रो हेरचाह गर्न सकियो भने यो दस वर्षसम्म फेर्नु पर्दैन । यसमा सामान्य दाग धब्बा लाग्दा सजिलै पुछेर हटाउन सकिन्छ ।

ढकालका अनुसार अहिले नेपाली उपभोक्ताले रुचाएको वालपेपर ५७ वर्ग फिटकै हो । यसको ‘फिटिङ चार्ज’ सहित २२ सयदेखि २५ सयसम्ममा एक रोल वाल पेपर पाइन्छ । नेपालमा अहिले चीनमा निर्मित वाल पेपर नै धेरै रुचाइएको छ । युरोपियन वालपेपरहरू पनि नेपाली बजारमा पाइन्छ । तर त्यसको मूल्य दोब्बर बढी रहेको छ । त्यसैले कमैले मात्र युरोपियन वालपेपर प्रयोग गर्छन् ।

कसरी लगाउने ?

पुटिन गरेर छोडिएको भित्तामा वालपेपर लगाउनु उपयुक्त हुन्छ । यसलाई फेबिकोलको सहायताले भित्तामा सजिलै टाँस्न सकिन्छ । तर वालपेपर लगाउँदा दक्ष व्यक्तिकै आवश्यकता पर्छ । वालपेपर एक पटक राम्ररी टाँसेपछि हतपत उप्किँदैन । राम्रो हेरचाह गर्न सकियो भने यो दस वर्षसम्म फेर्नु पर्दैन । यसमा सामान्य दाग धब्बा लाग्दा सजिलै पुछेर हटाउन सकिन्छ ।

फम वालपेपर पानी रसाएको भित्तामा लगाउन एकदमै उपयुक्त हुन्छ । यसले भित्ता छोप्छ र पानी आउन समेत रोक्छ । यसले कोठाको सजावट र सुरक्षा दुवै गर्छ ।

वालपेपर फम

काठमाडौँको धेरैजसो घरको कोठामा पानी रसाउने समस्या हुन्छ । भित्तामा पानी रसाएको छ भने त्यस्तो स्थानमा वालपेपर लगाउनु हुँदैन । पानी रसाउने कोठामा रङ्ग लगाउँदा रङ्ग पनि उप्किने समस्या हुन्छ । त्यस्तो भित्तामा वालपेपर जस्तै देखिने फम वालपेपर लगाउन सकिन्छ । फम वालपेपर पानी रसाएको भित्तामा लगाउन एकदमै उपयुक्त हुन्छ । यसले भित्ता छोप्छ र पानी आउन समेत रोक्छ । यसले कोठाको सजावट र सुरक्षा दुवै गर्छ ।

इच्छा अनुसार बनाउन सकिन्छ ?

वालपेपरको अर्को विशेषता भनेको ग्राहकले आफ्नो इच्छा अनुसार परिवारको तस्बिर अथवा कुनै पनि दृश्य राखेर वालपेपर बनाउन सक्छन् । फर्निचर, कार्पेट सुहाउँदो वालपेपरले घरको कोठाहरूलाई प्राकृतिक जस्तै देखाउँछ । यस किसिमको वालपेपर प्रति वर्ग फिट एक सय पचास रूपैंया पर्ने ढकाल बत्ताउँछन् ।



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested