English

रंगशालामा भागदौड हुँदा ६ जनाको मृत्यु



क्यामरुनको राजधानी सहर याओन्डेलको रंगशालामा भएको भागदौडमा ६ जनाको मृत्यु हुनुका साथै दर्जन बढी घाइते भएका छन्। सोमबार अफ्रिका कप अफ नेसन्स म्याच हुनु अगाडि सो भागदौड भएको क्यामरुनका सञ्चारमाध्यमले जनाएका छन्।

ओलेम्बी रंगशालको प्रवेशद्वारमा भागदौड हुँदा दुःखद् घटना भएको क्यामरुनको सञ्चारमाध्यमको भनाइ छ। अफ्रिकन फुटबल महासंघले घटनाप्रति चासो देखाएको छ। घटनाबारे क्यामरुन प्रहरीले अनुसन्धान सुरु गरेको छ।

यसैबीच क्यामरुन र गाम्बिया अफ्रिका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। सोमबार राति भएको खेलमा घरेलु टोली क्यामरुनले १० खेलाडीमा सीमित कोमोरोसलाई २-१ ले पराजित गर्‍यो।

खेलअघिको भागदौडमा ठूलो हताहती हुँदा पनि खेललाई जारी राख्न सफल क्यामरुनले क्वाटरफाइनलको यात्रा तय गर्दै पीडामा मल्हम लगाउने प्रयास गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौँः सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजित नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन ३ ऊर्जा, उत्साह र खेलभावनाले भरिपूर्ण रह्यो । डिस्ट्रिक्ट

Latest










Popular
Suggested