English

प्रकाशमान सिंह : सभापतिको दौडधुपसँगै ससुरा पनि बन्ने सुरसार



शुक्रवार नेपाली कांग्रेस आफ्नो १४ औं महाधिवेशनको उद्घाटनमा मग्न थियो । यो महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व छान्दै छ । यही नयाँ नेतृत्वका लागि अहिले कांग्रेसभित्र रस्साकस्सी चल्दै छ । महाधिवेशनको यो चटारोमा अहिले सबैभन्दा कोही यदि ब्यस्त छ भने ती हुन्, प्रकाशमान सिंह

कांग्रेसका सर्वमान्य नेता तथा लौह पुरुष गणेशमान सिंह र नेतृ मंगलादेवी सिंहका छोरा प्रकाशमानले सभापतिमा उम्मेदवारी दिएका छन् ।

कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने माग चल्दै आएको हो । संस्थापन इतर पक्षबाट रामचन्द्र पौडेलदेखि शेखर कोइराला, प्रकाशमान, शंशाक कोइराला, विमलेन्द्र नीधि लगायतले सभापतिमा आफ्नो दावी गरिरहेका छन् ।

संस्थापन इतरबाट सभापति पदका लागि एउटै नेता छान्ने भन्दै प्रकाशमान निवास चाक्सीबारीमा दर्जनौ पटक बैठक पनि बस्यो । यसले पनि प्रकाशमानको ब्यस्तता बढायो ।

कांग्रेसको १४ औं महाधिवेशन प्रारम्भ भएको शुक्रवार साँझ कुपण्डोलस्थित हिमालय होटलमा प्रकाशमान र सिर्जना सिंहका कान्छा छोरा अर्थात गणेशमान र मंगलादेवीका नाती भाष्करमान आफ्नो प्रेमिकासँग ‘इन्गेजमेन्ट’ गरिरहेका थिए ।

प्रकाश राणाकी छोरी आकृर्तिसंग भाष्करले इन्गेजमेन्ट गर्दा होटलमा पारिवारिक सदस्य र नजिकका साथीहरुको उपस्थिति थियो ।

सभापतिका दावेदार प्रकाशमान र उनकी श्रीमती सिर्जनाले चुनावी रन्कोबाट केही फुर्सद निकालेर छोरा र उनले रोजेकी प्रेमिकालाई ‘इन्गेजमेन्ट’ को आशिर्वाद दिइरहेका थिए ।

कान्छा छोरा भाष्करमानले पनि अन्तरजातिय विवाह गर्नका लागि आकृर्तिसंग इन्गेजमेन्ट गरे । काठमाडौंको नेवार परिवारमा अन्तरजातिय घुलनको यो गजबको उदाहरण हो ।


गणेशमान र उनको परिवार अनि चाक्सीबारीको त्यो राणाकालीन घर अहिले पनि धेरैको स्मृर्तिमा लोकतन्त्रको ब्राण्डको रुपमा स्थापित छ ।

प्रकाशमानका जेठा छोरा प्रभाशमानले होटल सांग्रीलाका मालिक प्रसिद्धबहादुर पाण्डेकी छोरी नीकितासँग प्रेम विवाह गरेका थिए ।

कान्छा छोरा भाष्करमानले पनि अन्तरजातिय विवाह गर्नका लागि आकृर्तिसंग इन्गेजमेन्ट गरे । काठमाडौंको नेवार परिवारमा अन्तरजातिय घुलनको यो गजबको उदाहरण हो ।

रमाइलो के छ भने प्रकाशमानकी श्रीमती सिर्जना र जेठा छोरा प्रभाशमानसमेत यसपटकको महाधिवेशनमा महाधिवेशन प्रतिनिधि छन् । प्रकाशमान त सभापतिको दावेदार भइहाले ।

तर यति राजनीतिक ब्यस्तताका बीच पनि कान्छो छोरोको प्रेमलाई प्रकाशमान परिवारले साकार तुल्याए ।

तस्बिरहरु : विकास रौनियार

यो पनि…
शेखरको ब्याक हुने संकेत: अब रामचन्द्र र प्रकाशमान बिच टकराब
प्रकाशमान र गगनकाे साथ पाएका बानियाँ फेरि कांग्रेस काठमाडौं सभापतिमा निर्वाचित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

काठमाडौं । गायक आशिर्वाद सुवेदी र चर्चित गायिका एलिना चौहानको सुमधुर स्वरमा रहेको नयाँ रोमान्टिक गीत ‘मोहनी लगायो कान्छीले’ सार्वजनिक

काठमाडौँ, २७ माघ : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्नो नयाँ स्मार्टफोन Redmi Note 15 नेपाली बजारमा ल्याएको छ। आकर्षक डिजाइन,

Latest










Popular
Suggested