English

अदालती सुनुवाईमा सयौँ साङ्ला छोडिएपछि…



अमेरिकाको न्युयोर्क राज्यमा एउटा अदालती सुनुवाईका क्रममा अकस्मात सयौँ साङ्ला छोडिएका छन् । बहसका क्रममा छोडिएका साङ्ला धपाउन किटनाशक औषधिको प्रयोगपछि अदालतको सुनुवाई समेत स्थगित भएको थियो । प्राप्त विवरणहरू अनुसार ल्बानी सिटी कोर्टमा सुनुवाईको क्रममा विवादपछि साङ्ला छोडिएको थियो ।

अदालतको कार्यवाहीको भिडियो खिच्न खोज्ने व्यक्तिलाई रोक्न थालेपछि विवाद बढेको थियो । अदालतका अनुसार विवादपछि प्लास्टिक कन्टेनरहरूमा अदालतमा ल्याइएका सयौं साङ्लाहरू छोडिएका थिए ।

साङ्ला फालिएको विषयमा अनुसन्धान भइरहेको छ । साङ्ला धपाउन किटनाशक औषधि छर्किएकाले अदालत बन्द गरिएको थियो । अदालतका अधिकारीहरूले खराब आँचरण, सरकारी प्रशासनमा बाधा पुर्याएको र भौतिक प्रमाणमा अवरोध गरेको आरोपमा ३४ वर्षीया एक महिलालाई पक्राउ गरेका थिए । तर, पक्राउको केही समयपछि उनी रिहा भएकी थिइन् ।

सुनुवाइको समयमा अदालतममा भएको हर्कत त्यहाँको कारवाहीमा बाधा र क्षति पुर्याउने उद्देश्यले गरिएको आपराधिक व्यवहार भएको अदालत प्रशासनको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो पनि…
औँठाको छापजस्तै देखिने टापु
एउटा टापुमा एउटा मात्र घर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested