English

औषधिमा आत्मनिर्भरको बाटो : उत्पादन बढाऔं आयातको साटो



नेपाल, कृषि र जडीबुटीमा धनी देश । संसारभर पाइने जडीबुटी यही पाइन्छ । तर, कुनै गम्भीर रोग लागेमा बाहिरकै औषधि सेवन गर्नुपर्ने बाध्यता छ । आवश्यक औषधि नेपालमै उत्पादन गर्न सकिने भए पनि कच्चा पदार्थ उत्पादन गर्ने प्रविधि नभएकाले आयात गरिएको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसी बताउँछन् ।

नेपालमा भारत, चीन, बेल्जियमलगायत राष्ट्रबाट वर्षेनी अर्बौ रुपियाँ बराबरको औषधि आयात हुन्छ । गत वर्ष मात्रै ३६ अर्ब ३७ करोड रुपैयाँ औषधिका लागि बाहिरिएको व्यापार तथा प्रवद्र्धन केन्द्रले जनाएको छ ।

सन्तोष केसी
प्रवक्ता, औषधि व्यवस्था विभाग

औषधि उत्पादनका लागि कच्चापदार्थ तयार गर्ने प्रविधिको खाँचो छ, यसका लागि विशेष प्रविधि ल्याउनुपर्ने हुन्छ, जसमा बढी खर्च लाग्छ सोहीअनुसार हामी अझ बढी सक्षम हुन आवश्यक छ ।

यसरी अर्बौ रुपैयाँ औषधि आयातमा फाल्नुभन्दा यहाँको औषधि उत्पादनलाई प्रोत्साहन र व्यवस्थापन गर्न आवश्यक रहेको नेपाल औषधि उत्पादन संघका महासचिव विप्लव अधिकारी बताउँछन् ।

५० प्रतिशत औषधि आयातित

नेपालमा वर्षेनी ६५ अर्ब बराबरको औषधि खपत हुने प्रवक्ता केसीले जनाए । यसबाट विगतमा ४५ प्रतिशत स्वदेशीे र ५५ प्रतिशत आयातित औषधि खपत हुन्थ्यो । ‘हाल आएर ५०–५० प्रतिशत स्वदेशी र विदेशी खपत भएको छ ’ उनले भने, ‘विशेषगरी, भ्याक्सिनबाहेक स्लाइन पानी, मल्हम, क्याप्सुल, झोलिलो औषधिहरू यहीँ उत्पादन हुन्छ ।’

विदेशीमध्ये झन्डै आधा (४७ प्रतिशत) औषधि भारतबाट आयात हुन्छ । कोरोना महामारीका कारण यस वर्ष खपत अझै बढ्न सक्ने बताउँदै भने, ‘२८ अर्ब जति बढीको भ्याक्सिन मात्रै आयात भएको छ ।’

आत्मनिर्भरको बाटो

नेपालमा उत्पादन हुने सबै औषधिको कच्चापदार्थ बाहिरबाट आयात गरिएको विभागले जनाएको छ । औषधि उत्पादनका लागि प्राविधिक रहे पनि कच्चापदार्थ उत्पादन गर्ने प्रविधि नरहेको केसी जनाउँछन् । ‘औषधि उत्पादनका लागि कच्चापदार्थ तयार गर्ने प्रविधिको खाँचो छ,’ उनले भने, ‘यसका लागि विशेष प्रविधि ल्याउनुपर्ने हुन्छ, जसमा बढी खर्च लाग्छ सोहीअनुसार हामी अझ बढी सक्षम हुन आवश्यक छ ।’

सरकारले नेपालमा उत्पादन हुने औषधि विदेशबाट हुने आयातमा रोक लगाउनुपर्छ, दुई वर्षमा ९० देखि ९५ प्रतिशत औषधि आफैँ उत्पादन गर्न सक्छौँ । विस्तारै औषधिमा आत्मनिर्भर हुन सकेमा औषधिको कच्चापदार्थमा जान सक्छाैँ ।

विप्लव अधिकारी
महासचिव, नेपाल औषधि उत्पादन संघ

डेढ वर्ष अगाडि उद्योग महासंघले नेपालमा के–कस्ता औषधि उत्पादन गर्न सकिन्छ भनेर अध्ययन गरिसकेको छ । २०७४ मा स्वास्थ्य मन्त्रालयले पनि ३० वटा विदेशबाट आयात गरिने औषधि यही उत्पादन गर्न सकिने मन्त्रालयले निक्र्योल गरेर नीतिगत निर्णय पनि गरिसकेको प्रवक्ता केसीले जनाए । ‘झन्डै ७० प्रतिशत औषधि यही उत्पादन हुन्छ तर बजारका हिसाबले ५० प्रतिशत मात्रै आपूर्ति गरेका छाैँ’ उनले भने, ‘भारत, बंगलादेशलगायत अरू देशले गर्दा नेपाली औषधि प्रतिस्पर्धामा झन्डै ६० अर्बको व्यापारमा हामी २० प्रतिशतको पहुँचमा छौँ । नेपाली बजारमा समेत ५० प्रतिशत मात्रै पहुँच छ ।’

आफूले उत्पादन गर्न सकिने क्षमताको औषधि पनि आयात गरिएको गुनासो गर्दै अधिकारीले भने, ‘सरकारले नेपालमा उत्पादन हुने औषधि विदेशबाट हुने आयातमा रोक लगाउनुपर्छ, दुई वर्षमा ९० देखि ९५ प्रतिशत औषधि आफैँ उत्पादन गर्न सक्छौँ ।’ उनले थपे, ‘विस्तारै औषधिमा आत्मनिर्भर हुन सकेमा औषधिको कच्चापदार्थमा जान सक्छाैँ ।’

लगानीको खाँचो पनि पर्दैन हामी आन्तरिक लगानी गर्न सक्षम छौँ । विदेशी लगानीकर्ता पनि उत्साहित छन् ।हामीले उत्पादन गरेको औषधिमा २०३४ सम्म पेट्रेन पनि लाग्दैन ।

सरकारले औषधि उत्पादनको कच्चा पदार्थमा आर्थिक सुरक्षा दिने हो भने वर्ष दिन नभएर केही समय लाग्छ, तर आत्मनिर्भर हुन सकिने अधिकारीले ठोकुवा गरे । ‘लगानीको खाँचो पनि पर्दैन हामी आन्तरिक लगानी गर्न सक्षम छौँ । विदेशी लगानीकर्ता पनि उत्साहित छन् ।’ उनले भने, ‘हामीले उत्पादन गरेको औषधिमा २०३४ सम्म पेट्रेन पनि लाग्दैन ।’

औषधि बनाउने चौथो नम्बरमा भारत पर्छ । भारतमा पनि ८० प्रतिशत चीनलगायत अन्य ठाउँबाट औषधिको कच्चा पदार्थ आयात हुन्छ । तर, भारतले २–३ महिना अगाडिबाट देशमै कच्चा पदार्थ उत्पादन गर्ने उद्योग सञ्चालन गरेको छ । त्यहाँको सरकारले लगभग कर छुट, ब्याज अनुदानलगायत ३२ वटा शीर्षकमा सहुलियत दिएको अधिकारीले जनाए ।

हामीसँग औषधि विज्ञहरूको कमी छैन । हामीसँग कच्चापदार्थ उत्पादन गर्ने प्रविधि छैन । यसलाई पनि भित्र्याउन सकिन्छ तर त्यसको लागि सरकारले सुरक्षा दिन आवश्यक छ ।

औषधि उत्पादनका लागि जनशक्तिको कमी नरहेको उनले बताए । ‘हामीसँग औषधि विज्ञहरूको कमी छैन । हामीसँग कच्चापदार्थ उत्पादन गर्ने प्रविधि छैन । यसलाई पनि भित्र्याउन सकिन्छ तर त्यसको लागि सरकारले सुरक्षा दिन आवश्यक छ ।’ उनले थपे, ‘कच्चा पदार्थ उत्पादन गर्दा भारत र चीनसँग बजारमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । अरू देशको सरकारले सहुलियत दिएर उत्पादन भएका औषधि सस्तो हुन्छ ।’

उनका अनुसार औषधिको बजारीकरणको व्यवस्था गर्न नसकिए कम्पनी डुब्ने परिस्थित आउन सक्छ । जसका लागि सरकारबाट आर्थिक सुरक्षा हुन आवश्यक छ ।

मोहम्मद सफिउल्लाह
महाप्रबन्धक, नेपाल औषधि लिमिटेड

निजी क्षेत्रलाई पार्ट–पार्ट गरेर छुट्याएर लैजान सकिन्छ, जसमा उत्पादन भएका औषधिलाई निर्यात गर्नका लागि निजी कम्पनीलाई वर्गीकरण गर्नुपर्छ, नेपाल औषधिलाई एउटा मोडल बनाएर राष्ट्रियस्तरका अत्यावश्यक मुद्दालाई उत्थान गर्नुपर्छ ।

उत्पादन बढाउनु भनेको बिरामीको ग्राफ पनि उकालो लाग्नु हो । आयात नै बढाउने कि चेतना अभिवृद्धिमा ध्यान दिने ? यो विषय आवश्यक रहेको नेपाल औषधि लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाह बताउँछन् । ‘एउटा औषधिको साइट इफेक्ट कम हुने, मूल्य कम पर्ने जस्ता औषधि र बालकदेखि वृद्धलाई एउटै औषधि हुनेगरी सरकारले छनोट नीति वैज्ञानिक ढंगले बनाउन आवश्यक छ ।’
कुनै पनि वस्तु पर्याप्तता हुन हरेक क्षेत्रको भूमिका रहन्छ । यसैगरी, आत्मनिर्भर बन्नका लागि सरकारी, निजी, लगानीकर्ता, संघसंस्था लगायतलाई एकबद्ध गरी दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिनुपर्ने महाप्रबन्धक सफिउल्लाह भनाइको छ ।

औषधिको अन्तर्राष्ट्रिय बजारको अनुसन्धान गरी तथ्यांकको आधारमा योजना बनाई औषधि उत्पादनका लागि गरे आत्मनिर्भर हुन ७ देखि १० वर्ष मात्रै लाग्छ ।

‘निजी क्षेत्रलाई पार्ट–पार्ट गरेर छुट्याएर लैजान सकिन्छ, जसमा उत्पादन भएका औषधिलाई निर्यात गर्नका लागि निजी कम्पनीलाई वर्गीकरण गर्नुपर्छ, नेपाल औषधिलाई एउटा मोडल बनाएर राष्ट्रियस्तरका अत्यावश्यक मुद्दालाई उत्थान गर्नुपर्छ ।’ उनले भने, ‘अति आवश्यक औषधिको जिम्मा नेपाल औषधि कम्पनी लिमिडेटलाई र अन्य औषधि जिनी कम्पनीलाई जिम्मा दिएमा राम्रै हुनेछ ।’

यस्तै, भ्याक्सिनको लागि छुट्टै संस्थामा बनाएर वा नेपाल औषधिलाई उत्पादनको जिम्मा दिनुपर्ने उनको सुझाव छ । ‘Gantt chart’ मोडलको योजना बनाउनुपर्छ, यसमा कति दिनमा, कति लगानी, कुन–कुन संस्थाले के–के गर्ने, कुन–कुन राष्ट्रलाई कति देशमा पठाउने योजना हुनुपर्छ,’ उनले भन्दै थिए, ‘औषधिको अन्तर्राष्ट्रिय बजारको अनुसन्धान गरी तथ्यांकको आधारमा योजना बनाई औषधि उत्पादनका लागि गरे आत्मनिर्भर हुन ७ देखि १० वर्ष मात्रै लाग्छ ।’

फार्मेसीमा एकै प्रकार औषधि भेटिन्छन्, आयात घटाउनका लागि कम्पनीले फरक–फरक औषधि उत्पादन गर्न आवश्यक छ । यसका साथै नेपाललाई अति आवश्यक पर्ने औषधि नेपालमै उत्पादन गर्न मिल्ने नीति ल्याउनु आवश्यक छ ।

डा. अनिल पोखरेल
मिर्गौला रोग विशेषज्ञ

नेपालमा उत्पादन हुने औषधि एकै प्रकार छन् । एकै प्रकारको औषधि भएकाले आयात गर्नुपरेको मिर्गौला रोग विशेषज्ञ डा. अनिल पोखरेल बताउँछन् । ‘फार्मेसीमा एकै प्रकार औषधि भेटिन्छन्, आयात घटाउनका लागि कम्पनीले फरक–फरक औषधि उत्पादन गर्न आवश्यक छ ।’ उनले भने, ‘यसका साथै नेपाललाई अति आवश्यक पर्ने औषधि नेपालमै उत्पादन गर्न मिल्ने नीति ल्याउनु आवश्यक छ ।’

महाप्रबन्धक सफिउल्लाहले भनेजस्तै औषधिको आयात र उत्पादन बढ्नु भनेको स्वास्थ्य समस्या बढ्नु हो । यसलाई कम गर्न व्यक्तिगत स्वास्थ्य अभिवृद्धि र चेतनामा ध्यान दिनु आवश्यक छ । औषधि खपत घट्नु स्वास्थ्य सुधार हुन हो । यसलाई व्यक्तिगतरूपमा ध्यान दिए अवश्य आयात घटाउन सकिन्छ । दीर्घकालीन नीति बनाएर यस क्षेत्रमा कार्य गरे अवश्य पनि आत्मनिर्भर हुन सकिन्छ ।

संघका महासचिव अधिकारी र प्रवक्ता केसीले भनेजस्तै नेपालमा उत्पादित औषधिको आयात हटाएमा तथा यहाँ उत्पादित औषधिलाई प्राथमिकता र कच्चापदार्थ बन्ने कम्पनीलाई सहुलियत दिएमा समय लाग्ला तर अवश्य आत्मनिर्भर बन्न सकिन्छ ।

नेपालमा आवश्यक पर्ने आयुर्वेदिक औषधिमध्ये ५० प्रतिशत मात्रै पूुर्ति गर्न सकेको छ हाम्रो संघले ३० करोड रुपैयाँको मार्केट छ ।

के छ आयुर्वेदिक औषधिमा ?

नेपालमा आयुर्वेदिक औषधिको प्रचुर सम्भावना छ । तर, नेपालले आफ्नो माग पूर्ति गर्न नसकेको नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्षमा डा. श्याम बाबु यादव बताउँछन् । ‘केही वर्ष अगाडि सिंहदरबार वैद्यखानाले आयुर्वेदिक औषधि नेपाली माग पूर्ति गर्थ्याे र बाहिर पनि निर्यात गर्ने क्षमता थियो । कच्चा पदार्थ यहीबाट संकलन गरी उत्पादन गर्थ्याे ।’ उनले भने, ‘तर, विभिन्न कारणले वैद्यखाना उत्पादन क्षमता कम भइसकेको छ, पहिला एक सयभन्दा माथिको संख्यामा औषधि उत्पादन गथ्र्यो भने अहिले हाल एक–दुई आइटममा मात्रै सीमित छ ।’

नेपाली उत्पादन कम्पनीलाई व्यवस्थापन, सरकारबाट लगानी नभएकाले आयुर्वेदिक औषधि उत्पादन कम्पनीहरू बन्द हुने अवस्थामा रहेका छन् । यहाँका वितरकहरू बाहिरको कम्पनीमा आश्रित रहेको पनि उनले बताए । ‘नेपालमा आवश्यक पर्ने आयुर्वेदिक औषधिमध्ये ५० प्रतिशत मात्रै पूुर्ति गर्न सकेको छ’ उनले भने, ‘हाम्रो संघले ३० करोड रुपैयाँको मार्केट छ । यसैगरी, स्थानीय सरकारले ३० करोड रुपैयाँ लगानी गरेको छ, लागभाग ५० देखि ६० करोड रुपैयाँको औषधि बहिरबाट वर्षेनि खरिद गरेका छौँ ।’

डा. प्रकाश ज्ञवाली
निवर्तमान अध्यक्ष, नेपाल चिकित्सक संघ

सिंहदरबार वैद्यखानालाई प्रदेश स्तरमा विस्तार गरी उत्पादन बढाउन सकिन्छ । जडीबुटी कच्चा पदार्थ हामीसँग छ, यहीलाई प्रयोग गरी उत्पादन गरियो भने अवश्य पनि आत्मनिर्भर बन्न सक्छौँ ।

नेपालमा आयुर्वेदिक औषधिको खपत ६ अर्ब रुपैयाँ बराबरको छ । नेपालमा साढे एक अर्बको औषधिको उत्पादन हुन्छ, बाँकी भारतबाट आयात गरिने नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. प्रकाश ज्ञवाली बताउँछन् । ‘नेपालमा १० अर्ब रुपैयाँ बराबरको माग तत्कालै हुन सक्ने छ, ४ अर्ब रुपैयाँ बराबरको आयुर्वेदिक औषधि अपुग छ ।’ उनले भने ।

यी माग पूर्ति र आत्मनिर्भर हुनका लागि सिंहदरबार वैद्यखानालगायत यहाँका औषधि उत्पादन उद्योगलाई वृद्धि र विकास गर्न गर्नुपर्ने आवश्यक छ । ‘सिंहदरबार वैद्यखानालाई प्रदेश स्तरमा विस्तार गरी उत्पादन बढाउन सकिन्छ ।’ उनले भने, ‘जडीबुटी कच्चा पदार्थ हामीसँग छ, यहीलाई प्रयोग गरी उत्पादन गरियो भने अवश्य पनि आत्मनिर्भर बन्न सक्छौँ ।’

आयुर्वेदिक औषधि उत्पादनका लागि कम्पनीलाई व्यवस्थित गर्न सकिएमा अवश्य पनि ‘नेपाल जडीबुटीको धनी देश’ कथन सार्थक हुन्छ र नेपाल आयुर्वेदिक औषधिमा आत्मनिर्भर बन्न सक्छ ।

यो पनि…
एलोपेथिकमात्र होइन आयुर्वेदिक औषधी पनि उत्तिकै महँगो
आयुर्वेदिकभन्दा एलोपेथिक औषधिको आकर्षण किन ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,