English

धेरै रोगमा उपयोगी छन् यी जडीबुटी



उचित आहारको अभावले शरीरमा पोषक तत्त्वको कमी हुन्छ । जसले गर्दा रोग कमजोर व्यक्तिहरू प्रतिरोधात्मक क्षमता कमजोर भई बारम्बार बिरामी भइरहन्छन् । यदि, प्रतिरक्षा प्रणाली स्वस्थ र बलियो छ भने, रोगहरूको जोखिम कम हुन्छ । तर, पोषक तत्त्वहरूको कमी भएमा शरीर कमजोर हुँदै जाँछ । यस्तो अवस्थामा यी जडीबुटीहरूको प्रयोग गर्न सकिन्छ ।

अमला

अमलाका धेरै फाइदाहरू छन्, जसले धेरै स्वास्थ्य समस्याहरूमा राहत दिन्छ । हाम्रो शरीरका आवश्यक अंगहरू जस्तै कलेजो, मुटु, मस्तिष्क र फोक्सोको उचित तथा नियमित कार्यमा अमला धेरै प्रभावकारी साबित हुन्छ ।

अमलामा भिटामिन ‘सी’, एमिनो एसिड, पेक्टिन र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । त्यसका साथै यसमा एन्टी इन्फ्लेमेटरी, एन्टी माइक्रोबियल गुण पनि हुन्छ, जसले प्रतिरक्षा प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

तुलसी

तुलसीको प्रयोग इम्युनिटी बढाउनका लागि गरिन्छ । यसमा पाइने एन्टी-माइक्रोबियल गुणले श्वासप्रश्वासको समस्याबाट छुटकारा पाउन निकै प्रभावकारी साबित हुन्छ । यति मात्र होइन, तुलसीले विभिन्न संक्रमणबाट बचाउनुका साथै चिन्ता, डिप्रेसन र थकान जस्ता अवस्थामा पनि फाइदा गर्दछ ।

छातीमा जमेको कफ हटाउन र खोकीलाई कम गर्न पनि तुलसीले सहयोग गर्छ । यस जडीबुटीमा रहेको एन्टी-अक्सिडेन्टले शरीरलाई डिटोक्स गर्ने काम गर्छ ।

अश्वगन्धा

यो जडीबुटी लामो समयको दुखाइका लागि परम्परागत चिकित्सामा प्रयोग गरिन्थ्यो । अश्वगन्धाले दुखाइ कम गर्न मात्र काम गर्दैन, नशा र हड्डीलाई बलियो बनाउन पनि सहयोग गर्छ । राति निन्द्रा नलागेर वा तनावबाट ग्रसित भएमा यसलाई प्रयोग गरेर आराम पाउन सकिन्छ ।

यो पनि
केरा खेतीले पाखोबारी हराभरा, उकासियो जीवनस्तर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र