एउटा टापुमा एउटा मात्र घर



कतिपय मानिस एक्लै बस्न रुचाउँछन् तर कोही त्यस्ता पनि मानिस हुन्छन् जसलाई भीडको बिस्न मन पर्छ । सबै जना आफ्नो इच्छा अनुसारको घर होस् भन्ने चाहन्छन्, तर कल्पना गर्नुहोस् कि यदि पुरै टापुमा एउटा मात्र घर छ भने, त्यहाँ को बस्न चाहन्छ ?

संसारमा एउटा यस्तो घर छ, जसलाई सबैभन्दा सुनसान घर भनिन्छ । किनभने सम्पूर्ण टापुमा यो घर एउटा मात्र छ । यो Duck Ledges Island अमेरिकाको Wahooa खाडीमा छ । यहाँ यसको क्षेत्रफल १.५ एकड छ ।

यो घरलाई संसारकै सबैभन्दा एकान्त घर मानिन्छ । यो घरका मालिक बोल्ड कोस्ट प्रोपर्टीजको एजेन्ट बिली मिलिकेन हुन् । उनी यो घर बेच्न चाहन्छन् ।

यो एक कोठाको भव्य घर सन् २००९ मा बनेको हो । ५४० स्क्वायर फिटमा बनेको यो घरमा चाहिने सबै कुरा छ । यस घरको पर्खाल काठले बनेको छ । यसको झ्यालहरूमा काठको फ्रेमहरूले सुन्दर सजावट गरिएको छ ।

समुद्रको बिचमा बनेको यो घरमा बाढीको डर छैन । यद्यपि घरमा भने समस्या छ । भित्र बाथरूम छैन र यहाँ राती समुद्री जीव र गिद्धको आवाज आउँछ ।

यो एक बेडरूम घरको लागत करिब २.५८ करोड रुपैयाँ तोकिएको छ । यो ठाउँ अन्तर्मुखीहरूको लागि स्वर्ग मानिन्छ ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
एलियन्ससँग यौन सम्बन्ध राखेको अचम्मको दाबी



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

एउटा अनौठो घटनामा दक्षिण सुडानमा एउटा भेडालाई एक महिलाको हत्या गरेको अभियोगमा तीन वर्ष जेल सजाय सुनाइएको छ । सुडानको

भारतको बिहारमा रहेको पूर्णिया जिल्लामा दुलहीको घरमा गएको जन्तीलाई खाना पस्किन ढिलो भएपछि रिसाएका दुलाहा विवाह समारोह छोडेर भागेका छन्

संसारमा हरेक दिन एलियन्सको बारेमा धेरै अनौठो दाबी गरिन्छ, जसको बारेमा थाहा पाउँदा अचम्म लाग्छ । संसारभरका धेरै मानिसहरूले एलियन

तीन जना किशोरीले पुरुषको यौनांग जस्तो विरुवाको फूल टिपेको भिडियो भाइरल भएपछि कम्बोडिया सरकारले यो लोप हुने डरले सर्वसाधारणलाई त्यस्ता

Suggested