पुरानो घरलाई यसरी नयाँ बनाउनुहोस्



घर भनेको घरजस्तै हुनुपर्छ । घर त्यो ठाउँ हो, जहाँ बसेर हामी अनेकौं सपना बुन्छौँ । सुख–दुःख बाँड्छौँ, रमाइलो गर्छौं । दिनभरको थकान घरमा गएर मेटाउँछौं ।आफ्नोपनसँग जोडिएको घर सुन्दर राख्ने इच्छा सबैलाई हुन्छ । सबैभन्दा बढी समय घरमै बिताइने भएकाले घरको वातावरण आफ्नो स्वभाव सुहाउँदो हुनु आवश्यक छ ।

बजेट कति छ भन्ने कुराले पनि डिजाइनको रूप र स्तर निर्धारण गर्छ । घरमै भएका पुराना फर्निचरलाई रि–पोलिस गरेर घरलाई नयाँ लुक्समा परिवर्तन गर्न सकिन्छ ।

घरैका अनावश्यक सामानहरूलाई रंगरोगन गरेर वा रिसाइकल गरेर पनि सजावटका सामान बनाउन सकिन्छ । त्यसैले घरमा रहेका पुरा वस्तु तथा घरलाई कसरी नविकरण यसरी गर्न सकिन्छ त जान्नुहोस् ।

पेन्ट्स

साँघुरो कोठालाई अझ ठूलो देखाउन सफ्टर र हल्का रंग छनोट गर्नुपर्छ । कोठालाई ठूलो र उज्यालो देखाउन रंगले महत्वपूर्ण भूमिका खेल्छ । उज्यालो भित्ता अधिक रिफ्लेक्टिभ हुन्छ, जसले कोठा खुल्ला हुन्छ र हावा ओहोर–दोहोर भइरहेको महशुस गराउँछ ।

इन्डोर प्लान्ट

हरेक कोठामा बिरुवाहरू आकर्षक गमलामा सजाएर राख्न सकिन्छ । बोटबिरुवा राख्दा कोठाको सुन्दरता मात्र बढ्दैन, घरमा स्वच्छ हावाको सन्तुलनसमेत कायम हुन्छ ।

कलर कम्बिनेसन

अहिले भित्तालाई अलग–अलग सेडमा रंगाउन सकिन्छ । यसले कोठा आकर्षक र फरक देखिन्छ ।

भान्सा कोठा

घरलाई फरक लुक दिन डिजाइर मोड्युलर किचनको ट्रेन्ड छ । भान्सालाई नयाँ लुक दिन डिजाइनर भाँडा वा सेटहरू प्रयोग गर्न सकिन्छ । भान्सालाई आकर्षक देखाउन गाढा रंग प्रयोग गर्नुपर्छ ।

क्रिएटिभ फर्निचर

घरका हरेक कोठा तथा डाइनिङ रुमलाई आकर्षक देखाउन क्रिएटिभ फर्निचर प्रयोग गनुपर्छ । बजारमा उपलब्ध विभिन्न डिजाइनका फर्निचरले घरलाई आकर्षक देखाउनुका साथै तिनले स्पेस पनि कम ओगट्छन् ।

लाइटिङ

घरको लक्जरी लुकका लागि हेंगिङ पेन्डेट, स्याडलेयर तथा वाल लाइट्सहरू लगाउन सकिन्छ । वाल लाइट्स धेरै सेडमा पाइन्छ । घरमा भित्ताको रङ्गसँग मिल्ने लाइट्स लगाउनुपर्छ । यसले घरलाई आकर्षक देखाउनुका साथै विशेष लुक दिन सकिन्छ ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरभित्र पूजा कोठा बनाउँदा हुन्छ सधैँ फलिफाप



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

तपाईँ भित्री सजावटको सोखिन हुनुहुन्छ र तपाईँको घरलाई धेरै सुन्दर तरिकाले सजाउन चाहनुहुन्छ वा तपाईँ आफ्नो नयाँ घरमा सर्दै हुनुहुन्छ

अक्सर हामी घर कसरी सजाउने र कुन चीजहरू कहाँ राख्ने भन्ने चिन्ता लिन्छौँ। घरको इन्टेरियर डेकोरेसन गर्दा के नगर्ने भन्ने

सबै जना आफ्नो घर सबैभन्दा सुन्दर होस् भन्ने चाहन्छन् । यदि तपाईँले घर सजाउन काँचको प्रयोग गर्नुहुन्छ भने यसको मद्दतले

सबैले घर सजाउन विभिन्न तरिका अपनाउने गर्छन् । सुत्ने कोठादेखि भित्ताको सजावटसम्म, हरेक ठाउँलाई अनौठो तरिकाले सजाइएको हुन्छ। विशेषगरी महिलाहरू