English

घरभित्र पूजा कोठा बनाउँदा हुन्छ सधैँ फलिफाप



घर जतिसुकै ठूलो वा सानो किन नहोस्, त्यसमा एउटा सानो पूजा कोठा अवश्य बनाउनुपर्छ । घरभित्र पूजा कोठा हुनु धेरै महत्त्पूर्ण कुरा हो । किनकि, यसले घरमा सकारात्मक ऊर्जा दिन्छ । त्यसैले, मन्दिरसँग सम्बन्धित केही यस्ता तथ्य छन्, जसलाई यहाँ प्रस्तुत गरिएको छ ।

– घरमा मन्दिर पूर्व अथवा उत्तर दिशाको (उत्तर–पूर्व) मा बनाउनुपर्छ ।
– वास्तुशास्त्रअनुसार ईश्वरीय शक्ति ईशान कोणबाट प्रवेश गरी नैऋत्य कोण (पश्चिम–दक्षिण) बाट बाहिर निस्कन्छ । यदि, यो सम्भव भएन भने पश्चिम दिशामा पनि तपाईंले मन्दिर बनाउन सक्नुहुनेछ । तर, दक्षिण दिशामा मन्दिर बनाउनु फलदायी हुँदैन ।
– पूजा गर्ने व्यक्तिको मुहार पश्चिम दिशातर्फ फर्किएको छ भने शुभ हुनेछ । यसका लागि मन्दिरको ढोका पूर्व दिशातर्फ हुनुपर्छ ।
– घरको मन्दिरमा हरेक दिन बिहान तथा साँझ अगरबत्ती तथा दियो बाल्नुहोला । दियो अर्थात् दीप बाल्नाले घरका थुप्रै वास्तु दोष काटिनेछन् ।
– तपाईंको घरमा शौचालय र पूजा गर्ने मन्दिर नजिक–नजिक हुनुहुँदैन ।
– पूजास्थलको छेउमा थोरै स्थान खुल्ला पनि हुनुपर्छ । पूजा सकेपछि पनि केही बेर ध्यान गर्न आवश्यक छ ।
– मन्दिरसँगै त्यसको छेउमा पूजा सामग्री, धार्मिक पुस्तक, शुभ वस्तुहरू राख्नु पर्दछ । घरका अन्य सामान भने मन्दिर रहेको स्थानमा नराख्नु होला ।

यो पनि
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested