English

बालकोनीलाई फरक ढङ्गबाट सजाउनुहोस्



सुन्दर घरलाई त्यहा भएको सुन्दर बगैँचाले अझ धेरै राम्रो बनाउँछ । कतिको घरमा ठाउँको अभावले बगैँचा बनाउने रहर अपूरै हुन्छ । तर, यसका लागि विभिन्न विकल्प अपनाउन सकिन्छ र त्यसका लागि हैङगिङ गार्डेन उपयुक्त हुन्छ ।

सुन्दर बास्केटले बगैँचाको रहर मात्र नभएर घरलाई पनि सुन्दर बनाउँछ । बालकोनीलाई फरक ढङ्गबाट सिधा अथवा तल माथि गरेर रंगीविरंगी फूल रोप्न सकिन्छ । यसो गर्दा घर नै आकर्षक देखिन्छ । योभन्दा पहिले ह्याङ्गिङ गार्डेन निर्माण गर्ने तरिकाका बारेमा जानकारी राख्नु भने आवश्यक हुन्छ ।

ठाउँको छनोट

सूर्यको किरण र हावा आउने ठाउँ छनोट गर्नु उपयुक्त हुन्छ । यो बाल्कोनी छेउको भित्ता, झ्याल लगायतका ठाउँहरू रोज्न सक्नुहुन्छ र यसको उचाइमा पानी ध्यान दिनुपर्छ ताकि उभिँदा टाउकोमा नठोकियोस् हुन हुँदैन । यसका साथै यसलाई बलियो गरी झुन्ड्याउनुपर्छ ताकि हावा चल्दा खस्ने सम्भावना नहोस् ।

घरको चारैतिर

टोकरीमा राखेर घरको सौन्दर्य बढाउन सकिन्छ । यसको सट्टा, एकल वा दोहोरो टोकरीको प्रयोग गरी घरको थारैतिर लगाउन सकिन्छ ।

मुख्य ढोका

घरको मुख्य ढोकाको दुवैतिर ह्याङ्गिङ बास्केट राखेर आफ्नो घरको सुन्दरता बढाउन सकिन्छ । यसले अतिथिको स्वागतको आभाषसमेत प्रदान गर्छ । यसका लागि सानो खालको बिरुवा रोप्नु उपयुक्त हुन्छ ।

बाल्कोनी

बास्केट गार्डेनिङको लागि बाल्कोनी उपयुक्त हुन्छ । यसका लागि तपाईंले सुन्दर र साना विरुवाहरुको छनोट गर्न सक्नुहुन्छ । यसले घरलाई नयाँ र फरक लुक्स दिन्छ ।

ह्याङ्गिङ बगैँचाका लागि उपयुक्त बिरुवाहरू

– मनि प्लान्ट
– पोथोस
– स्पाइडर बिरुवा
– क्याक्टस
– बेगोनिया

यो पनि
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक



सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य