English

सबै झ्यालबाट हिमाल देखिने अतिथि रिसोर्ट एन्ड स्पाः



पोखराको रमणीय स्थान लेकसाइड, शान्तिपाटनमा अवस्थित अतिथि रिसोर्ट एन्ड स्पाःको आकर्षण स्पाः स्वीमिङ पुल, आकर्षक गार्डेन, बार तथा बालबालिकाहरूका लागि बालउद्यान रहँदै आएको छ । यो रिसोर्टको अर्को विशेषताका हरेक रुमबाट हिमाल हेर्न सकिनु पनि हो । सुन्दर नगरी पोखराको दृश्य फेवाताल पारीको रानीवनको दृश्यले मात्र नभएर चराचुरुङ्गीको मधुर आवाजले मनै प्रफुल्ल तुल्याउँछ जसमा ५० डिलक्स रुम तथा १ स्विट रुम छ । बजारको कोलाहलबाट थोरै भित्र शान्त वातावरणमा स्थापित अतिथि रिसोर्ट १४ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

यो रिसोर्टमा चाइनिज, नेपाली, इन्डियन कन्टिनेन्टल खानेकुराका साथमा ग्राहकको मागअनुसारका खानेकुरा उपलब्ध गराइन्छ भने नेपाली तथा विदेशीका लागि छुट्टाछुट्टै मूल्यमा कोठा उपलब्ध हुन्छ । साइडसिन, प्याराग्लाइडिङ, अल्ट्रालाइट बुकिङ, जिप फ्लावर आदिको टिकटसमेत उपलब्ध हुने यो रिसोर्टमा विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्न सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

हङकङकी प्रथम महिला सगरमाथा आरोही साङ यिङ हङ (एदा) ले मनास्लु हिमालमा महिलातर्फको स्पिड रेकर्ड कायम गरेकी छन्। ५० वर्षीया

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

Latest










Popular
Suggested