English

हङकङकी एदाले मनास्लुमा बनाइन् नयाँ स्पिड कीर्तिमान



हङकङकी प्रथम महिला सगरमाथा आरोही साङ यिङ हङ (एदा) ले मनास्लु हिमालमा महिलातर्फको स्पिड रेकर्ड कायम गरेकी छन्। ५० वर्षीया एदाले ८१६३ मिटर अग्लो मनास्लु हिमाल आधार शिविरदेखि चुचुरोसम्म १८ घण्टा ५३ मिनेटमै पुगेर यो कीर्तिमान कायम गरेकी हुन्।

पायोनिर एडभेन्चरका आरोही डुक्पा शेर्पाका अनुसार, एदा सेप्टेम्बर २२ सोमबार साँझ ६ः०३ बजे आधार शिविरबाट हिँडेर मंगलबार दिउँसो १२ः५६ बजे चुचुरोमा पुगेकी थिइन्।

‘यो आरोहण रेकर्डका लागि मात्र थिएन। मलाई चुनौती मन पर्छ र यसले मेरो क्षमता अझ प्रष्ट बुझ्न र निखार्न मद्दत गर्छ।” एदाले आधार शिविर झरेपछि भनिन्, ‘फुर्वा र निमा मलाई असाध्यै मनपर्ने आरोही हुन्, उनीहरुसँग केही चुनौतीपूर्ण काम गरौं भन्ने थियो, उनले थपिन,‘स्पिड आरोहणले मलाई आफ्नो सिमाना फराकिलो बनाउन मद्दत गर्छ’

एदा सन् २०१७ मा सगरमाथा आरोहण गर्ने पहिलो हङकङेली बनेकी थिइन्। सन् २०२१ मा उनले २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण गरी महिलातर्फको स्पिड रेकर्ड कायम गरेकी थिइन्, जुन रेकर्ड २०२४ मा नेपालकी फुन्जो जाङ्बो लामाले १४ घण्टा ३१ मिनेटमा तोडेकी थिइन्।

एदाको मनास्लु अभियान ड्रिमर्स डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशन र पायोनिर एण्डभेन्चर्सको सहकार्यमा सम्पन्न भएको हो। अभियानमा गिनिज रेकर्डधारी निमा ग्याल्जेन शेर्पा, फुर्वा तेन्जिङ शेर्पा र तेन्जी शेर्पा सहभागी थिए। फुर्वा तेन्जिङले बिना कृत्रिम अक्सिजन नै मनास्लु स्पिड आरोहण सफलतापूर्वक सम्पन्न गरेका थिए।

यस अभियानमा इटालीका दाभिदे पेलुज्जी र बेलायतकी रोजिता बुद्धाचार्यले मौसम सम्बन्धी जानकारी संकलनमा सहयोग गरेका थिए। यसअघि २०२२ मा ताइवानकी ग्रेस चेङले १३ घण्टामा मनास्लु आरोहण गरेको दाबी गरेकी थिइन्, तर पर्याप्त प्रमाण प्रस्तुत गर्न नसकेपछि उनको दाबी विवादास्पद बनेको थियो।



सम्बन्धित खबरहरु

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

साउन १९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिमा आउँदो साउनको अन्तिम सातादेखि जग्गाधनी पुर्जा वितरण गरिने भएको छ । लामो समयदेखि

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

Latest










Popular
Suggested