English

नयाँ वर्षमा यसरी दिनुहोस् नयाँ लुक्स



नयाँ वर्षको तयारी कस्तो भइरहेको छ त ? सबै तयारीको बीचमा तपाईंले घरलाई कसरी नयाँ लुक्स दिनेबारे सोच्नुभएको छ ?

घरका लागि केही यस्ता चिजहरू छन, जुन मेकअपको लागि धेरै उपयोगी हुन्छ । आउनुहोस्, जानांैँ ।

रंगीन कुशन

हिजोआज कलरफुल कुशनको प्रचलन धेरै छ । कुशनलाई सोफामा राख्दा धेरै आकर्षक देखिन्छ । कुशनको साथसाथै, तपाईं तकियाहरू भुइँमा मेट राखेर घरलाई सजाउन पनि सक्नुहुन्छ ।

फेयरी लाइट

सुत्ने कोठाबाहेक, फेयरी लाइटहरू किचेन तथा डाइनिङ सजाउन सक्नुहुन्छ । साथै, फोटो फेयरी लाइटहरू प्रयोग पनि प्रयोग सकिन्छ । अर्थात् यहाँ फोटोसुट पनि गर्न सकिन्छ । यदि, तपाईं सेल्फी खिच्ने शौखिन हुनुहुन्छ भने, तपाईं यहाँ फोटो क्लिक गर्न सक्नुहुन्छ ।

ह्याङ्गिङ लाइट

तपाईं ह्याङ्गिङ लाइटमार्फत् पनि आफ्नो घरलाई नयाँ र सुन्दर लुक दिन सक्नुहुन्छ । यसलाई कोठा भित्र झुण्ड्याउन सक्नुहुन्छ । यी ह्याङ्गिङ लाइटहरू साँझमा राम्रो देखिन्छन् ।


आजकल अनलाइन वेबसाइटहरूमा पनि धेरै स्टाइलिस ह्याङ्गिङ लाइटहरू उपलब्ध छन् ।

बिरुवा

सजावटको लागि कृत्रिम फुलका बिरुवाहरू राख्न सक्नुहुन्छ । कोठाको कुनामा धेरै इन्डोर बिरुवाहरू राख्नुहोस् । बार्दली खुला र ठूलो छ भने, त्यहाँ मनी प्लान्ट बेलीलगायत बिरुवाहरू पनि रोप्न सक्नुहुन्छ ।

चित्रहरू

तपाईंले विभिन्न चित्रले आफ्नो घर सजाउन सक्नुहुन्छ । रंगीन संसारलाई आफ्नो घरमा भित्र्याउन यस्ता चित्रहरू उपयुक्त हुन्छ जसलाई भित्तामा राखेर घरलाई सुन्दर बनाउन सक्नुहुन्छ ।

यो पनि
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested