English

यसरी बनाउन सकिन्छ आफ्नो घरलाई सुन्दर



सबैले आफ्नो घर सुन्दर होस् भन्ने चाहन्छन् । कहिलेकाही हामी आफ्नो आर्थिक स्थितिले गर्दा घरलाई सजाउन सक्दैनौँ । त्यसैले, आज हामी, सजिलो र सस्तो तरिकाले घर सजाउने उपायहरू लिएर आएका छौँ ।

ऐना

बजारमा तपाईंले आफ्नो बजेटमा डिजाइनर ऐना र भित्तामा लगाउने चित्रहरू पाउनुहुनेछ । जसलाई बेडरुम वा बस्ने ठाउँमा लगाउन सक्नुहुन्छ । यसरी नै सुत्ने कोठा पनि सजाउन सकिन्छ ।

इनडोर बिरुवा

इन्डोर बिरुवाहरूलाई ह्याङ्गिङ भाँडोमा झुन्डयाउनुहोस् । यसले घरलाई नयाँ लुक्स दिन्छ । इन्डोर बिरुवाहरू सस्तो पनि हुने भएकोले यसको प्रयोग गर्न सकिन्छ ।

डोरमेट

जब हाम्रो घरमा कोही आउँछ, उसको आँखा सबैभन्दा पहिले ढोकामा जान्छ । त्यसैले, घरको ढोकामा सधैँ डोरमेट राख्नुहोस् । यसले घरलाई सुन्दर बनाउन थप मद्दत गर्छ ।

भित्तामा चित्रकला

तपाईंले आफ्नो घरको भित्तालाई चित्र र पोस्टरले सजाउन सक्नुहुन्छ । यसले घरलाई सुन्दर अलग लुक्स दिनेछ । पोस्टरहरू बजारमा निकै सस्तोमा पाइने भएकाले घर सजाउने यो उत्तम उपाय हो ।

सोफा

डाइनिङ रुममा सबैभन्दा महत्वपर्ण कुरा सोफा हो । त्यसैले, आफ्नो हलको आकार अनुसार सोफा किन्नुहोस् । तपाईले राम्रो, उज्यालो र सस्तो सोफाले आफ्नो घरलाई सजाउन सक्नुहुन्छ ।

भित्तामा लाइटिंग

भित्तामा लाइट्स लगाउनले घरलाई उज्यालो बनाउछ । यिनीहरु बजारमा विभिन्न डिजाईन र सस्तो मुल्यमा उपलब्ध छन । यदि चाहानुहुन्छ भने अनलाइनमा आफुलाई मनपर्ने डिजाइन हेरि अडर पनि गर्न सक्नुहुन्छ ।

यो पनि…
घर सजाउने यस्ता छन् सरल उपाय
वास्तुअनुसार कुन ठाउँमा के राख्दा शुभ हुन्छ ?



सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested