English

घर कसरी सफा राख्ने ?



आफू बस्ने घर सधैं सफा राख्नुपर्छ । सुन्दरताले सबैलाई आकर्षित गर्छ । लोभ्याउँछ । सफासुग्घर गर्ने बानीले स्वास्थ्यलाई पनि फाइदा पुर्‍याउँछ । सकारात्म ऊर्जा प्राप्त हुन्छ । घरमा छरपस्ट सामानहरू हुन्छन् । कार्यव्यस्तताले ती सामानहरूलाई मिलाएर राख्न नसकिएको हुन सक्छ । जतिसुकै व्यस्त भए पनि सामानहरू मिलाएर जहाँ राख्नुपर्ने हो त्यर्ही राख्नुहोस् ।

घर सफा गर्ने धेरै गाह्रो काम हो । मेहनत धेरै गर्नुपर्छ । सोफा, फ्यान, भाँडा, भुइँ, भर्‍याङ, भान्सा, बैठक कोठा, बेड पटक-पटक सफा गर्नुपर्ने हुन्छ । आज हामी तपाईंलाई क्रमशः घर सफा गर्ने तरिका बताउँछौं ।

-पुरानो सामान हटाउने
सबैभन्दा पहिले घरबाट अनावश्यक सामानहरू हटाउनु पर्छ । पुराना लुगाहरू हटाउनुहोस् । यस बाहेक टुटेफुटेका सामानहरू आदि हटाउनुहोस् । यस्ता सामानहरू घरमा राख्दा अनावश्यक ठाउँ ओगट्छ र फोहोर देखिन्छ ।

कपडाहरू घाममा सुकाउनुहोस्
कपडाहरू बेला-बेलामा घाममा सुकाउनुहोस् । घाममा सुकाउँदा दराजमा धेरै समयसम्म राखिएका कपडाहरूका ओसिलो गन्ध हट्छ ।

आफू बस्ने घर सधैं सफा राख्नुपर्छ । सुन्दरताले सबैलाई आकर्षित गर्छ । लोभ्याउँछ । सफासुग्घर गर्ने बानीले स्वास्थ्यलाई पनि फाइदा पुर्‍याउँछ । सकारात्म ऊर्जा प्राप्त हुन्छ ।

-जालो हटाउनुहोस्
घरमा प्रायः माकुराको जालो हुन्छ । यी जालोहरू हटाउन आवश्यक छ । अन्यथा पछि फोहोर हुनेछ ।

-भान्साको सफाई
सबैभन्दा गाह्रो काम भान्सा सफा गर्न हो । भान्सा सफा गर्न पहिले भाँडाकुँडा आदि बाहिर निकाल्नुहोस् । भान्साको स्ल्याब र टाइलहरू डिटर्जेन्ट पानीले सफा गर्न सकिन्छ । भेनेगर, बेकिंग सोडा र कागतीले दागहरू सजिलै हट्छ । तर, यसलाई भित्ताहरूमा प्रयोग नगर्नुहोस्, अन्यथा रंग बिग्रन सक्छ । भान्साको स्ल्याब सफा गरेपछि भाँडाको स्ट्यान्ड र डिब्बाहरू सफा गर्नुहोस् र व्यवस्थित गर्नुहोस् । यसपछि सबै भाँडाहरू सफा गर्नुहोस् र तिनीहरूलाई सही ठाउँमा राख्नुहोस् ।

-फ्यान सफा
गर्मीको समयमा शितलताका लागि घरका कोठा-कोठामा फ्यान जोडिएको हुन्छ । फ्यान चाँडै फोहोर हुन्छन् । सफा गर्न जरुरी छ । सबैभन्दा पहिले फ्यानको स्विच अफ छ भनी सुनिश्चित गर्नुहोस् । पहिले सुख्खा कपडाले फ्यान सफा गर्नुहोस् र आवश्यक परे भिजेको कपडाले पुछ्नुहोस् ।

-ढोका र झ्याल
फ्यान सफा गरेपछि घरको ढोका, झ्याल र फर्निचर सफा गर्नुपर्छ । तिनीहरूलाई सफा गर्न डिटर्जेन्ट पानीमा कपडा भिजाउनुहोस् र यसलाई निचोडेर सफा गर्नुहोस् । साथै, घरको सेल्फ आदि सफा गर्नुहोस् र सेल्फका सामानहरू सुक्खा कपडाले पुछेर राख्नुहोस् ।

सबैभन्दा गाह्रो काम भान्सा सफा गर्न हो । भान्सा सफा गर्न पहिले भाँडाकुँडा आदि बाहिर निकाल्नुहोस् । भान्साको स्ल्याब र टाइलहरू डिटर्जेन्ट पानीले सफा गर्न सकिन्छ । भेनेगर, बेकिंग सोडा र कागतीले दागहरू सजिलै हट्छ । तर, यसलाई भित्ताहरूमा प्रयोग नगर्नुहोस्, अन्यथा रंग बिग्रन सक्छ ।

पर्दा र कुशन
पर्दा र कुशनहरू सफा गर्नुहोस् । यदि तपाईंसँग समय कम छ भने यसलाई लुगा धुने ठाउँमा (ड्राइक्लिनर्स) लैजान सकिन्छ । प्रायः मानिसहरूले दीपावलीको अवसरमा नयाँ पर्दा र कुसन कभर लगाउँछन् ।

-बाथरूम स्वच्छता
बाथरूम सफा गर्न बजारमा ट्वाइलेट क्लिनर पाइन्छ । तपाईं तिनीहरूलाई प्रयोग गर्न सक्नुहुन्छ । सोडा पनि प्रयोग गर्न सकिन्छ ।

-भित्ता सफा
भित्ताहरू सुख्खा कपडाले सफा गर्न सकिन्छ । यसले गर्दा रंग बिग्रदैन र धुलो र माटो हट्छ ।

-भुइँ सफा
पूरै घर सफा गरेपछि अन्त्यमा भुइँ सफा गर्नुपर्छ । बाल्टिनमा पानी लिनुहोस् र अलिकति सर्फ र फिनाईल मिलाउनुहोस् । र, सजिलो गरी भुइँ सफा गर्नुहोस् ।

यो पनि
मोटोपना घटाउन सेवन गर्नुहोस् यी जडीबुटी

यसरी टिलिक्क टल्काउन सकिन्छ तामाका भाँडा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,