English

वास्तुअनुसार कुन दिशामा बेडरूम राख्दा शुभ ?



वास्तु शास्त्रमा घरको भान्सा, पूजा घर, बेडरूम आदिको विशेष महत्त्व छ । यी स्थान सही दिशामा हुन र यसमा राखिने चीज सही हुनु पर्ने वास्तुको मान्यता छ । यदि, यी चीज सही नभएमा घरमा नकारात्मक ऊर्जा प्रवाह हुने वास्तुको मान्यता छ । यस्तोमा बेडरुममा हुने केही गल्ती सुधार गर्न वास्तुको सुझाव छ ।

– घरको उत्तर दिशामा घरका मुलीको बेडरूम हुनु अशुभ मानिन्छ । उत्तर दिशा कुबेरको दिशा भएकाले घर मुली यस दिशामा सुत्दा घरमा आर्थिक अभाव हुने वास्तुको मान्यता छ ।

– विवाहित जोडीको बेडरूम घरको पूर्व दिशामा हुनु पर्ने वास्तुको मान्यता छ । यसले उनीहरूको सम्बन्धमा र घरमा सकारात्मकता भित्राउने मान्यता छ ।

– घरमा पूर्वजका तस्बिर राख्नु राम्रो हो तर ती तस्बिर उत्तर दिशामा भने हुनु हुँदैन । मृतकका तस्बिर घरको उत्तर दिशामा राखे यसले धनको हानि गर्ने मान्यता छ ।

– पूर्व र दक्षिणको बीचको भागलाई आग्नेय कोण भनिन्छ । यहाँ बेडरूम राख्नु हुँदैन । अन्यथा अनिद्रा र तनावको सिकार हुने वास्तुको मान्यता छ । यस दिशामा सुत्ने व्यक्ति क्रोधी र गलत निर्णय लिने स्वभावको हुने मान्यता छ ।

– वास्तुशास्त्र अनुसार घर मुलीको बेडरूम दक्षिण दिशामा हुनु सबैभन्दा शुभ मानिन्छ । साथै सुत्दा दक्षिण दिशा तर्फ शिर पारेर सुते शुभ मानिन्छ । यसले घरमा शुभ हुने मान्यता छ ।

यो पनि…
घर सजाउने यस्ता छन् सरल उपाय
वास्तुअनुसार कुन ठाउँमा के राख्दा शुभ हुन्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested