English

बालक मारेको अभियोगमा साँढे हिरासतमा !



उटा अनौठो घटनामा दक्षिण सुडानमा एक १२ वर्षीय बालकलाई मारेको अभियोगमा प्रहरीले साँढे र त्यसको मालिकलाई हिरासतमा लिएको छ ।

इन्डिपेन्डेन्टका अनुसार गत साता साँझको समयमा फार्मबाट फर्किने क्रममा साँढेले बालकलाई हिर्काएको थियो । साँढेको चोटले बालकको घटनास्थलमै मृत्यु भएको थियो । प्राप्त विवरणअनुसार उक्त घटनाअघि सो जनावरले लेक्स स्टेटमा हलो जोतेको थियो ।

प्रहरी प्रवक्ता मेजर एलियाह माबोरले भने, ‘साँढे अहिले रुम्बेक सेन्ट्रल काउन्टीको प्रहरी चौकीमा हिरासतमा छ । किशोरको शव पोस्टमार्टमपछि अस्पतालबाट अन्तिम संस्कारका लागि घर पठाइएको छ । ’

सोही राज्यमा भेडाले ४५ वर्षीया महिलाको हत्या गरेको एक महिना नपुग्दै पछिल्लो घटना भएको हो । भेडाको आक्रमणमा गम्भीर महिलाको उपचारका क्रममा मृत्यु भएको थियो । पछि भेडालाई थुनामा राखिएको थियो ।

भेडाको गिरफ्तारीबारे बोल्दै माबोरले भनेका थिए, ‘मालिक निर्दोष छ । तर, अपराध गर्ने भेडा पक्राउका लागि योग्य छ ।’

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested