English

महिलालाई मारेको अभियोगमा भेडालाई तीन वर्ष जेल



एउटा अनौठो घटनामा दक्षिण सुडानमा एउटा भेडालाई एक महिलाको हत्या गरेको अभियोगमा तीन वर्ष जेल सजाय सुनाइएको छ । सुडानको आई रेडियोका अनुसार यस महिनाको सुरुमा दक्षिण सुडानमा ४५ वर्षीय अधियु चापिङलाई आक्रमण गरेपछि भेडालाई प्रहरी हिरासतमा लिइएको थियो ।

भेडाले चापिङलाई बारम्बार टाउकोमा हानेर उनको करङ भाँचिएको थियो । गम्भीर चोटका कारण ४५ वर्षीया महिलाको तत्काल मृत्यु भएको थियो । रुम्बेक इस्टको अक्युल योलमा भएको सो घटनापछि भेडालाई पक्राउ गरी प्रहरी चौकीमा राखिएको थियो । मेजर एलियाह माबोरले भने, ‘मालिक निर्दोष छन र अपराध गर्ने भेडा नै हो, तसर्थ यो पक्राउ गर्न योग्य छ । ’

स्थानीय मिडिया रिपोर्टलाई उद्धृत गर्दै, लाडबिबलले जनाएको छ कि भेडाले सुडानको लेक राज्यको अडुएल काउन्टी मुख्यालयमा रहेको सैन्य शिविरमा अर्को तीन वर्ष बिताउनेछ । स्थानीय अदालतले भेडाका मालिक दुयोनी मन्याङ धालले पीडित परिवारलाई पाँच वटा गाई बुझाउनुपर्ने आदेश दिएको छ ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,