English

संसारकै सबैभन्दा महँगो भेडा



नेदरल्याण्डमा एउटा भेडा ५ करोड ७३ लाख रुपियाँमा बिक्रि भएको छ । ‘डबल डाइमन्ड’ नाम दिइएको टेक्सेलको भेडा हालै संसारको सबैभन्दा महँगो भेडा बन्न सफल भएको छ । आनुवंशिक रुपमा उत्कृष्ट मानिएको यो भेडा स्कटमा आयोजित लिलामीमा ४ लाख ९० हजार डलर (५ करोड ७३ लाख रुपियाँ) मा बिक्रि भएको हो ।

नेदरल्याण्डस्थित टेक्सल नामको सानो द्वीपको यो टेक्सल भेडा उत्कृष्ट जेनेटिक्सका कारण पनि सर्वाधिक महँगो भएको हो । बेलायतमा भेडाको प्रजनन गराउनेहरु (ब्रिडर) यो भेडालाई आफ्नो हातमा पार्न अत्यधिक कोसिस गरिरहेका थिए ।

‘यो उत्साहभन्दा पनि तनावमा पार्ने किसिमको थियो,’ डबल डायमण्ड खरिद गर्नका लागि सहकार्य गरेका तीन बिडरमध्येका एक जेफ ऐकेनले भने । ‘हामीलाई थाहा थियो यो निकै विशेष हुनेछ । यो निकै उत्कृष्ट जनावर हो जसको पूरा जेनेटिक्स उत्कृष्ट छ ।

यो भेडालाई आफ्नो पोल्टोमा पार्नका लागि ७–८ व्यक्ति अत्यन्त लालायित थिए ।’ लिलामीअघि ऐकेन र अर्का एक ब्रिडर मिलेर उक्त भेडा किन्न चाहन्थे तर प्रतिस्पर्धा अत्यधिक कडा भएपछि तेस्रो ब्रिडर पनि सहभागी भए । तसर्थ यी तीनजना मिलेर सबैलाई उछिन्न सके ।

यसअघि सन् २००९ मा एउटा भेडा ३ लाख ७ हजार डलर (३ करोड ५९ लाख रुपियाँ) मा बिक्री भएको थियो ।

यो पनि
डेढ लाख फूलहरूबाट तयार हुन्छ केशर
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested