हीराभन्दा महँगोमा बिक्छ यो फल, मूल्य सुन्दा पर्नुहुन्छ छक्क



दुनियाँमा धेरै थरिका फलफूलहरू हुन्छन् र मूल्य पनि फरक–फरक हुन्छ । नेपालमा पनि धेरै थरिका फलहरू पाइने गर्छ । जस्तै, स्याउ, अंगुर, अनार, आँप आदि । सामान्यतया फलफूलको मूल्य ४ सय देखि ५ सयसम्म हुने गर्दछ । तर, मान्छेहरूका लागि यो फल भने निकै महँगो लाग्न सक्छ ।

कुनै फल किलोको लाखाैं रुपैयाँमा बिक्छ भन्दा छक्क पर्नु स्वाभाविक नै हो । फल किन्ने त परको कुरा हो, हामी यस विषयमा सोच्न पनि सक्दैनौँ । दुनियाँमा यस्ता फलहरू पाइन्छ जसको मूल्य एकदमै महँगो हुन्छ ।

यो फलको नाम हो ‘युबरी’ । यो खरबुजा जस्तै फल हो । भित्रबाट सुन्तला देखिने यो फल मिठो हुन्छ । जापानमा पाइने यो फल र यसको मूल्य किन यति धेरै महँगो छ त ?

विशेषगरी, यो फलको खेती जापानमा हुन्छ र त्यहीँ नै बिक्छ । यो फलको निर्यात धेरै कम हुन्छ । यो घाममा नफल्ने हुँदा हरितगृहमा हुर्काइएको हुन्छ ।

जापानमा मात्रै पाइने यो ‘युबरी’ फल, जसलाई किन्दा एउटाको मूल्य १० लाख रुपैयाँ पर्दछ । तर, अचम्मको कुरो त के छ भने, २०१९ मा एउटा खरबुजा ३३,००,००० रुपैँयामा लिलाम भएको थियो ।

यो पनि
गाईको दूध बढाउन टाउकोमा हेडसेट
गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विश्वकै सबैभन्दा पाका पुरुष स्पानियार्ड सातुर्निनो डी ला फ्ल्युटी ग्रार्सियाको निधन भएको छ । उनको ११२ वर्ष ३४१ दिनमा मृत्यु

संसारका विभिन्न देशका मानिसहरूको आ–आफ्नै परम्पराहरू हुन्छन् । धेरै देशहरूमा यस्ता अनौठा परम्पराहरू छन् । लाग्छ, मानिसहरूले यस्तो कसरी गर्न

दक्षिण कोरियामा घरपालुवा जीव राख्नेहरूलाई सजग रहन चेतावनी दिइएको छ । गत वर्ष देशभर १०७ घरमा भएका आगलागीका घटना बिरालोका

लामो समयदेखि क्षुद्रग्रहलाई पृथ्वीका लागि खतराका रूपमा व्याख्या गरिँदै आएको छ । यदि, क्षुद्रग्रह पृथ्वीसँग ठोक्किए ठूलो प्रकोप हुन सक्ने

Suggested