English

सौगातको मन्त्रले ठीक गर्ला त नेपाली सिनेमालाई ?



अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुन अभिनीत फिल्म ‘मन्त्र’ प्रदर्शनमा आएको छ । करीब ४ वर्ष अगाडि निर्माण भएको फिल्मले शुक्रवारबाट प्रदर्शन थालनी गरेको हो । बुधवार साँझ राजधानीमा भएको प्रिमियरमा सुखद् प्रतिक्रिया बटुलेको फिल्मले दर्शकबाट राम्रो साथ पाउनेमा निर्माण टिम विश्वस्त छ । हिमाली प्रेमकथा भनिएको यस फिल्मलाई मनास्लु क्षेत्रमा खिचिएको हो ।

फिल्मले सिंगल थिएटर पर्याप्त पाएको छ । तर, मल्टीप्लेक्समा बलियो उपस्थिति जनाउन सकेको छैन । देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई जम्मा ९ शो बाँडेको छ । शुक्रवारबाट प्रदर्शनमा आएको दुई बलिउड फिल्म ‘हिरोपन्ती २’ र ‘रनवे ३४’ र दुई हप्ता अगाडिका ‘केजीएफ २’ र ‘ए मेरो हजुर ४’का कारण फिल्मले मल्टीप्लेक्समा कम शो पाएको हो ।

डिभाइन इन्टरटेन्टमेन्ट र डिएस प्रोडक्सनले सहकार्य गरेको फिल्मलाई खिल बहादुर गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा सौगात र दीयाका अलावा बुद्दि तामाङ, नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठ निर्मातामा छन् ।

फिल्ममा सह-निर्माताको रुपमा भिमसेन केसी र विशेष सहयोगी अमृत थापा रहेका छन् । साम्तेन भुटिया, सुनिल नेउरे, परिच्छेद सेनले मिलेर लेखेको फिल्ममा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ । फिल्म ‘मन्त्र’लाई काठमाडौं बाहिर एफडि कम्पनी र उपत्यकामा काफिया फिल्म्सले वितरण गरेको छ ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested