English

तालमेलमा एकात्मकता रहन सत्तारूढ गठबन्धनको निर्देशन



सत्तारूढ गठबन्धनले तालमेल नभएका ठाउँमा बुधबारै छलफल गरी समझदारीको वातावरण बनाउन निर्देशन दिएको छ । साथै, गठबन्धन दलबाहेक अन्य दलसँग कहीँ कतै तालमेल भएको भए त्यस्तो तालमेलसमेत तत्काल खारेज गर्न निर्देशन गरेका हुन् ।

‘गठबन्धनका दलहरुका बीचमा सिट बाँडफाँटको समझदारी हुन नसकेका नगरपालिका, गाउँपालिका र तिनका वडाहरुमा समेत आजै स्थानीय र प्रदेश संयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने, र त्यसका निमित्त स्थानीय, जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीय संयन्त्रसँग आवश्यक परामर्श र सहयोग लिने,’ गठबन्धनले निर्देशन गरेको छ ।

बैठकपछि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त हस्ताक्षरमा विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन गरेका हुन् ।

‘गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने,’ पाँच दलका प्रमुखहरूले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

गठबन्धनको बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यसअघि प्रमुख पदमा तालमेल गर्ने निर्णय भइसकेका छ महानगर र ११ उपमहानगरका वडा तहमा समेत सिट बाँडफाँट गरी तालमेल गरेर अघि बढ्न निर्देशन गरेको छ ।

नगरपालिका र गाउँपालिकाहरुमा गठबन्धनका दलहरूका बिचमा भइसकेको सिट बाँडफाँट समझदारीविपरीत गठबन्धनभित्रका दलहरुवाट दर्ता भएका उम्मेदवारीहरू समेत फिर्ता गर्ने निर्णय गरेको छ । स्वतन्त्र उम्मेदवारी जुन दलका कार्यकर्ताले दिएका छन्, सम्बन्धित दलले नै पहल गरेर त्यस्तो उम्मेदवारी फिर्ता गराउने गठबन्धनको सहमति छ ।

यो पनि
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहको उम्मेदवारी (प्रतिबद्धता पत्रसहित )
निर्वाचनको तयारी : के गर्न पाइने, के गर्न नपाइने ?




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested