English

नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



नेपाली चलचित्र ‘प्रेमगन्ज‘ भारतमा ले पनि प्रदर्शन हुने भएको छ । चलचित्र चौतारी र ड्रिम्स थिएटर मोशन पिक्चर बीच भएको सम्झौताअनुसार ‘प्रेमगन्ज’ पहिलो चरणमा भारतको कोलकत्ता, देहरादुन, आसाम, गुवाहटी, अरुणाचल, ब्याङ्लोर, मुम्बई, दिल्ली, दार्जिलिङ, सिक्किमलगायतका सहरहरुका एक सयभन्दा धेरै स्क्रिनमा एकसाथ प्रदर्शन हुने भएको छ ।

पहिलो चरणको प्रदर्शन सकारात्मक देखिएमा दोस्रो चरणमा भारतका अन्य ठूला सहरहरुमा पनि प्रदर्शन हुनेछ । प्रेमगन्ज नेपाल–भारत दुवै देशमा एउटै मिति ३ भदौ अर्थात् १९ अगस्टमा एकैसाथ प्रदर्शन हुनेछ । लाखौं नेपालीभाषी बसोबास गर्ने भारतमा ‘प्रेमगन्ज’ चलचित्र नेपाली भाषामै प्रदर्शन हुन लागेको हो ।

प्रेमगन्जलाई ड्रिम्स थिएटर मोसन पिक्चरका सञ्चालक म्याबो ह्यङ्गले अल इन्डिया वितरण गर्न लागेको हो । फिल्म राम्रो बनेको र भारतमा पनि नेपाली चलचित्रको बजारको सम्भावना ठूलो रहेको र यो चलचित्रले राम्रो कमाई गर्नेमा आफू विश्वस्त रहेको म्याबो ह्यङ्गले बताए । नेपाली चलचित्रलाई भारतीय बजारसम्म लैजान कालिङपोङका कलाकार अनुज शर्मा र सिक्किमका कलाकार अमीर मेघीले सहजीकरण गरेका हुन् ।

परिच्छेद सेनको निर्देशनमा बनेको यस चलचित्रमा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ । सञ्जय लामाको छायांकन रहेको चलचित्र डेढ करोडको लगानीमा बनेको हो ।

यो पनि…
मुडुली केकीसँग पुष्प
अभिनेत्री केकी अधिकारीको नजरमा पढ्नै पर्ने ३ पुस्तक



सम्बन्धित खबरहरु

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

काठमाडौं । साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल

भदौ १३ गते । केके मानन्धर ।लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपालरत्न सम्मान प्रदान गरिएको छ । नेवाः साधना कला केन्द्रले

Latest










Popular
Suggested